निर्णय नं. ८७०५ - कर्तव्यज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७०५ - कर्तव्यज्यान । भाग: ५३ साल: २०६८ महिना: माघ अंक: १० फैसला मिति :२०६८/०६/०६ ४५०९ ने.का.प. २०६८, अङ्क १० निर्णय नं. ८७०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास फौजदारी पु.नं.–०६६–CR–०००६, ०००७ र ००१५ फैसला मितिः २०६८।६।६।६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ७ घर भै कारागार कार्यालय, नख्खुमा थुनामा रहेको आदित्य मुखिया समेत विरुद्ध प्रत्यर्थी वादीः दिनेश नगरकोटी (महर्जन) को जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं.७ घर भै कारागार शाखा, नख्खुमा थुनामा रहेको सुशील के.सी. विरुद्ध प्रत्यर्थी वादीः दिनेश नगरकोटी (महर्जन) को जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीः ललितपुर जिल्ला, इमाडोल गा.वि.स., वडा नं. ७ घर भै कारागार शाखा, नख्खुमा थुनामा रहेका श्रीधर खड्का विरुद्ध प्रत्यर्थी वादीः दिनेश नगरकोटीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : ललितपुर जिल्ला अदालत मा.न्या.श्री रमेश पोखरेल पुनरावेदन फैसला गर्ने : पुनरावेदन अदालत, पाटन मा.न्या.श्री हरिराम कोइराला मा.न्या.श्री जगदिश शर्मा पौडेल § प्रतिवादीहरू समूहगतरुपमा रहेको र सबै प्रतिवादीहरू वारदातमा संलग्न भएको अवस्थामा कुन प्रतिवादीले के भन्यो भन्नेतर्फ कसैले चासो दिएको र कसैले नदिएको वा कसले कुन प्रतिवादीबाट के भनेको सुन्यो वा सुनेन भन्ने कुरा कर्तव्य ज्यान मुद्दाको कसूर निर्धारणमा प्रासंगिक हुन आउँदैन । वारदातमा संलग्न भएका प्रतिवादीहरूको क्रियामा फरक नपारी बकपत्र गर्ने अभियोजनपक्षका साक्षीहरूको भनाईलाई कसूर निर्धारणको सम्बन्धमा कुरा बाझिएको भन्न नमिल्ने । (प्रकरण नं.१०) § एउटै समूहमा सँगै हिँडेको अवस्थामा कसैउपर आक्रमण गर्नु पूर्व रिसइवी वा अन्य खास कारण नभए पनि साथीभाइको आग्रह तथा समूहगत मेलको कारण तत्काल मनसाय तत्वको सिर्जना हुनसक्ने । § समूहगतरुपमा हिँडेको अवस्थामा कुनै एक सदस्यको आग्रह वा उक्साहटलाई स्वीकार गरी कानूनले बर्जित गरेको कार्यमा संलग्न हुनुबाटै मनसाय तत्वको सिर्जना हुन्छ । यस्तो अवस्थामा घटना घटेको प्रत्यक्षदर्शी व्यक्तिले देखेको अथवा प्रत्यक्ष प्रमाण भएको अवस्थामा कसूर स्थापित गर्नको लागि मृतकलाई मार्नुपर्ने खास कारण वा मार्न उत्प्रेरित गर्ने तत्व थियो वा थिएन भनी खोजी गरिरहनु आवश्यक नहुने । (प्रकरण नं.११) § सर्वश्वसहित जन्मकैद वा जन्मकैद हुने अपराधको सन्दर्भमा फौजदारी न्याय प्रशासनमा तजविजी अधिकारको प्रयोगमार्फत् प्रतिवादीहरूले अपराध गरेको अवस्था र परिस्थितिलाई विचार गरी कसूर निर्धारणपछि सजाय गर्दा न्यायिक सन्तुलन कायम राख्ने तजविजी अवधारणा हुन् । सजाय निर्धारणमा अ.वं.१८८ नं. को व्यवस्थाले न्यायकर्तालाई सजाय कम गर्न तजविजी अधिकार दिएको कानूनी व्यवस्थालाई प्रयोग गरी सजाय घटाउन अधिकारस्वरुप जिकीर लिन सक्ने नदेखिनुको साथै अभियोजनपक्षबाट पनि यो कानूनी व्यवस्थाको प्रयोग गरी सजाय घटाउन हुँदैन भनी दावी गर्न नसक्ने । § अपराध र सजायमा सन्तुलन राख्नुपर्ने कानूनले उल्लेख गरेको अवस्थाको विद्यमानता छ र न्यायिक आधार मौजूद रहन्छ भने दण्ड निर्धारणमा न्यायकर्ताले विवेकसंगत रुपमा यो कानूनी व्यवस्थाको प्रयोग गर्नसक्ने । (प्रकरण नं.१४) § सर्वश्वसहित जन्मकैद वा जन्मकैदको सजाय हुने अपराधको प्रकृति, अपराध गर्दा अभियुक्तले अपनाएको कार्यशैली, अभ