निर्णय नं. ७२६६ - जवर्जस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२६६ - जवर्जस्ती करणी भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/०३ ३५२० निर्णय न. ७२६६ ने.का.प.२०६० अङ्क ९.१० पूर्ण इजलास माननीय न्यायाधीश श्री गोबिन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ संवत् २०६० सालको फौ.पू.ई.नं. ..... ११ फैसला मितिः २०६०।९।३।५ मुद्दाः जवर्जस्ती करणी । पुनरावेदक वादीः मिना सुनारको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी प्रतिवादीः बर्दिया जिल्ला जमुनी गा.वि.स.वडा नं. ५ बस्ने बासुदेव पौडेल § प्रतिवादीले आफ्नो बयानमा जाहेरवालीको देवरसंग वारदात भन्दा केही दिन अगाडि झगडा भएको भनेकोमा निजका साक्षी टिकाप्रसाद अधिकारीले केही महिना अगाडि झगडा भएको भन्ने उल्लेख गरेको र अर्का साक्षी बुद्धिप्रसाद सापकोटाले सो घटनाको दिन यकिन गर्न सकेको नपाइएकोले त्यस्तो परस्पर वाझिएको बकपत्रको व्यहोरालाई प्रमाणयोग्य मान्न मिल्ने देखिन नआउने । § संलग्न कागज प्रमाणबाट देखिएको उल्लेखित तथ्यगत परिस्थितिको विश्लेषण गर्दा जाहेरवाली मिना सुनारले चार वर्षकी अवोध बालिकाको चरित्रलाई सुदूर भविष्यसम्म आघात पर्ने गरी कुनै बेकसूर व्यक्तिले आफ्नी छोरीलाई जवरजस्ती करणी गरेको भनि किटानी जाहेरी दिएको भन्ने स्वभाविक अवस्था रहेको नदेखिने । § प्रतिवादीले अदालत समक्ष बयान गर्दा वारदात भन्दा केहि दिन अगाडि निजको देवरसंग झगडा भएकोले सोही रीस इवीको कारणबाट जाहेरवालीले किटानी जाहेरी दिएको भनि लिएको जिकिर विश्वसनीय प्रमाणबाट पुष्टि हुन नआउने । § प्रतिवादी बासुदेव पौडेलले पीडित मौसम सुनारलाई अनुचित कार्य गरेको र प्रतिवादीको सो कार्यबाट पीडितको योनी सुनिएको तथा योनीबाट रगत निस्किएको भन्ने वारदातसंग सम्बन्धित मूलभूत तथ्यमा सारभूत रुपमा कुनै अन्तर नदेखिएकोले अभियोजन कर्ताबाट संकलित सबुद प्रमाणमा शंका उत्पन्न गर्नु मनासिव नदेखिने । § पीडितलाई परीक्षण गर्ने डाक्टर रमाशंकर दिपको अदालत समक्षको बकपत्रबाट समेत पीडितको भगोष्ट तथा योनीको बाहिरी भाग सुनिएको भन्ने देखिएको र वारदातको लगतै परीक्षण गरिएकी पीडितको त्यस्तो अवस्था प्रतिवादीको कसूर बाहेक अन्य कारणबाट भएको भन्ने विश्वसनीय आधार प्रमाण नदेखिने । § चार वर्षको उमेर भएकी अवोध बालिका प्रतिवादीको पाशविक कार्यको शिकार भएको स्पष्ट देखिएको र जवरजस्ती करणी जस्तो पीडितको चरित्रमा भविष्यसम्म असर पर्ने संवेदनशील मुद्दामा अनुसन्धानको क्रममा तथा अदालती कार्यवाहीको क्रममा भएको साना तिना त्रुटीहरुलाई केलाई अभियोजन पक्षद्वारा संकलित प्रमाणमा शंका देखाई कसूर स्थापित नै नभएको भनि प्रमाणित गर्न खोज्नु मनासिव नहुने । § प्रतिवादीलाई शंकाको सुविधा दिई अभियोग दावीबाट सफाइ दिने गरेको वर्दीया जिल्ला अदालत र पुनरावेदन अदालत नेपालगंजको फैसला उल्टी गरी प्रतिवादी बाशुदेव पौडेलले जाहेरवालीकी चार वर्षीया छोरी पीडित मौसम सुनार उपर जवरजस्ती करणीको उद्योग गरेको ठहराई मुलुकी ऐन जवर्जस्ती करणीको महलको १ तथा ५ नं. बमोजिमको कसूरमा सोही महलको ३ नं.मा भएको तत्काल प्रचलित कानूनी व्यवस्था अनुसार प्रतिवादी बासुदेव पौडेललाई कैद वर्ष ३(तीन) सजायं हुने ठहराएको हदसम्म माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय मनासिव ठहर्ने । (प्र.नं.२५ देखि २७) पुनरावेदक वादी तर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री डिल्लीरमण आचार्य विपक्षी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री राजेन्द्रप्रसाद साह अवलम्वित नजिरः फैसल