निर्णय नं. ७२६७ - बहाल भराई घर खाली गराई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२६७ - बहाल भराई घर खाली गराई पाउं भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/१० २६०८ निर्णय नं. ७२६७ ने.का.प.२०६० अङ्क ९.१० पूर्ण इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी २०६० सालको दे.पू.ई.नं. .............. ५१ फैसला मितिः २०६०।९।१०।५ मुद्दा :– बहाल भराई घर खाली गराई पाउं । पुनरावेदक वादीः का.म.न.पा. वडा नं १३ टंकेश्वर ताहाचल घर भै हाल ल.पु.जि.ल.पु. उप.म.न.पा. वडा नं. १२ लगनखेल वस्ने तुलसी भक्त श्रेष्ठ विरुद्ध प्रत्यर्थी प्रतिवादीः का.म.न.पा. वडा नं. १३ कालीमाटी टंकेश्वर वस्ने कृष्णवहादुर मानन्धर § विवादित जग्गा गुठीको भएको, पुतलीनानी श्रेष्ठको नाउंमा नै छुट दर्तामा दर्ता भएको, ०३३।६।५ पूर्व गुठीको जग्गामा मोही रहने व्यवस्था नभएको र २०२९।६।५ मा लाल मोहर लागेको तर लागू नै नभएको गुठी सम्बन्धी ऐनले मात्र दर्तावालाको हक समाप्त गरेको अवस्था देखिन आउनुका साथै छुट दर्तावाली पुतलीनानीको अदालतको बयान समेतबाट पुतलीनानीले विष्णु डंगोललाई विवादित जग्गा दिन सक्ने अवस्था र दिएको समेत पुष्टि हुन आउने । § पुतलीनानीको मन्जूरीबाट प्राप्त गरेको जग्गा समेतको लिखत आफूले गरिदिएको हो भनि निज विष्णु डंगोल समेतले स्वीकार गरी रहेको अवस्था देखिंदा वादी दावी बमोजिमको दाता विष्णु डंगोल भएको २०२९।२।२४ को लिखत दावी बमोजिम जालसाजी नभई सद्दे व्यवहारको ठहर्ने । § राधा देवीको दाता र वादी तुलसी भक्तको परदाता पूर्ण महर्जनले गरिदिएको जग्गा रोपनी ०–१३–१ बाहेक सो स्थानमा राधा देवी र यी वादीको नाउंमा अन्य जग्गा प्राप्त भएको भन्ने देखिन आउंदैन भने मूल लिखत भन्दा बढी नै जग्गा खरिद गरी लिने समेतको हक भोगमा रहेको देखिन आउँदा तुलसी भक्त कै राजीनामामा दक्षिण किल्लामा पुतलीनानीलाई देखाएको कारणले साविक कि.नं. ४७ को राधा देवीलाई बिक्री गरे देखि बाहेक अरु जग्गा रहे भएको तथ्यमा विबाद गर्न सकिने अवस्था देखिन नआउने । § प्रत्यर्थी प्रतिवादीले लिएको लिखतमा नै घर उल्लेख भएको, सो घरमा जडान भएको धारा विजुली समेत निजैका नाउंमा दर्ता रहेको देखिन्छ । सो धारा बिजुली जडान गर्न आफूले सहमती दिएको वा निजको नाउंमा जडान भएको होइन, छैन भन्ने जिकिर पुनरावेदक वादी तर्फबाट रहेको देखिदैन । व्लक नम्बर आफ्ना नाउंमा रहेको भन्ने जिकिर लिए पनि मुद्दा परी रहेको अवस्थामा गरेको कार्यले मान्यता पाउन सक्दैन भने सो कारणबाट मात्र रितपूर्वक लिखत गरी लिएको र धारा बत्ती समेत आफ्नो नाउंमा जडान गरी खरिद गरेको मिति देखि नै अविछिन्न रुपमा भोग गर्दै आएको कुरालाई त्यस्तो विवादित व्लक नम्बर लिएको भन्ने झिनो मसिनो कुराले दरिलो र भरपर्दो उल्लेखित लिखत समेतका कागजलाई प्रभावहिन र निस्कृय बनाउन नसक्ने हुँदा घर आफूले बनाई बहालमा दिएको भन्ने वादीको जिकिरसंग सहमत हुने अवस्था नरहने । § प्रतिवादीले खरिद गरी लिएको घर जग्गा यो होइन कि भन्नलाई यी वादीले खरिद गर्दा लिएको जग्गाको ४ किल्लामा दक्षिण पुतली नानी भन्ने रहेको, पुतली नानीको र दाता विष्णु डंगोलको अदालतमा समेत भएको बयानमा पुतलीनानीले विष्णु डंगोललाई घर बनाउन मन्जूर दिएको र विष्णु डंगोलले घर बनाई बिक्री गरेको घर जग्गा नै यही हो भनि स्वीकार गरी रहेको देखिन्छ। विवादको घर भई आएको नक्साबाट यी तुलसी भक्तको घर जग्गा देखि दक्षिण मै रहेको समेत देखिन आउंनाका साथै प्रतिवादीले खरिद गरेको घर अन्यत्र रहेको छ भनी वादीले