निर्णय नं. १५८१ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५८१ - अंश दर्ता भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/२४ २५६७ निर्णय नं. १५८१ ने.का.प. २०३९ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.मि.नं. १३९ फैसला भएको मिति : २०३९।८।२४।५ मा पुनरावेदक/वादी : जि.सप्तरी फरसैठ गा.पं.हाल वडा नं.६ बस्ने ठिटर यादव विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने गंगाई यादव मुद्दा : अंश दर्ता (१) आफ्नो आफ्नो अंश भागको भनी जग्गा राजीनामा गरी लिई सो अनुसार आफ्नो आफ्नो नाउँमा जग्गा नामसारी दर्ता गराई तिरो भरो गरेपछि मानो जोडी सँगबसेको लिखतका अभावमा सगोलमा रहे बसेको भन्न नमिल्ने । (प्रकरण नं. १०) फैसला न्या.त्रिलोकप्रताप राणा १. हु.प्र.बक्स भई इन्साफ जाँचको लागि यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ : बाबु सन्ती यादवको तीन छोरामा जेठा खुसर यादव, माहिला ठिटर यादव, कान्छा गंगाई तीन दाज्यू भाइ भएको सगोलको आर्जनबाट प्र.धनमावत्ती, प्र.हरीहरवती समेतको नाउँमा केही जग्गाहरु खरीद भएको साथै पुख्र्यौली तथा सगोलको आर्जनबाट खरीद भएको जग्गाहरु समेत हामी तिनै दाज्यूभाई सगोलबाटै भोग चलन गरी आएका थियौं । घरको मुख्य प्र.खुसर हुनु भएकोमा अंशमा झेल झन्झट उत्पन्न गर्ने उद्देश्यले हाल सर्भेमा केही जग्गा प्र.धनमावत्तीको नाउँमा दर्ता गराई दिएको र आपसमा हितचित्त नमिली ०२९।१।१५ मा मानो छुट्टिई अलग अलग बसेकोमा तीन खण्डको एक खण्ड अंश दिनुहोस भन्दा अंश नदिएकोले प्र.हरुको नाउँमा नालेस गर्न आएको छु । चल अचल धनमालको तायदाती समेत लिई तीन खण्डको एकखण्ड अंश छुट्याई मेरो भागमा पर्ने मेरो नाउँमा दर्ता समेत गरी पाउँ भन्ने समेत व्यहोरा भएको वादी दावी रहेछ । २. हामी आईमाइको नाउँको जग्गा समेतमा अंश लिन मुराद लिई अघि नै छुट्टिई बसेका वादीले ०२९ सालमा मानो छुट्टिएको भनी दावा गरेको प्रष्ट छ । वादी ०१५ सालमै मानो छुट्टिई भिन्न बसेपछि लोग्नेको मानो छुट्टिएपछिको आर्जनको जग्गा समेत म धनमावतीको पेवा रुपैयाँबाट खरीद गरी दर्ता भई राखेको नापी दर्ता समेत मेरा नाउँमा भएको वादीले दर्ता बदर चलाएकोमा सबूत प्रमाणबाट मेरो दर्ता कायम भई फैसला भएको । म हरीहरवतीले पेवाको रुपैयाँ दिई राजीनामा पारित गराई लिएको थप हुन आएको जग्गा पेवाको रुपैयाँबाट खरीद गरेको जग्गामा वादीको अंश लाग्दैन । अहिले सगोलको अंश भनी वादीको दावा पुग्न नसक्ने हुँदा वादीको फिराद खारेज गरी पाउँ भन्ने समेत व्यहोरा भएको प्रतिवादीहरुको प्रतिउत्तरपत्र रहेछ । ३. प्र.हरिहरवती यादवनी, प्र.धनमावती यादवनी समेत २ जनाको दाइजो पेवा सम्पत्ति कटाई सो बाहेक पेश भएको ०३३।३।११ र ०३३।५।२८ मा वादी प्रतिवादीहरुले दिएको तायदाती दर्खास्तमा उल्लेख भएको चल अचल सम्पत्तिबाट नरम करम मिलाई तीन खण्डको एक खण्ड अंश वादीले पाउने ठर्हछ भन्ने समेत व्यहोरा भएको सुरु सप्तरी जि.अ.को फैसला । ४. उक्त फैसला उपर चित्त नबुझी मेरो प्रतिउत्तरपत्र लेख बमोजिम हक इन्साफ गरी पाउँ भन्ने समेत व्यहोरा भएको गंगाई यादवको पू.क्षे.अ.मा परेको पुनरावेदन रहेछ । ५. बण्डापत्रको लिखत नभए पनि व्यवहार प्रमाणबाट वादी छुट्टिई सकेको देखिँदा अशंबण्डाको ३० नं.विपरीत अंश पाउने गरेको सप्तरी जि.अ.को फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं.र क्षे.अ.नियमावली, २०३६ अनुसार विपक्षी झिकाई पेश गर्नु भन्ने समेत व्यहोरा भएको पू.क्षे.अ.डिभिजनबेञ्चको ०३७।३।२ को आदेश । ६. वादी प्रतिवाद