निर्णय नं. ७२७२ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२७२ - उत्प्रेषणयुक्त परमादेश भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०१/३० २९१६ निर्णय न.७२७२ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली संवत् २०५९ सालको रिट नं. .....२८६० आदेश मितिः २०६०।१।३०।३ विषय :– उत्प्रेषणयुक्त परमादेश । निवेदकः लमजुङ जिल्ला रम्घा गा.वि.स.वडा नं. ९ घर भै हाल का.जि.का.म.न. पा.वडा नं. १४ बस्ने राष्ट्रिय सहकारी विकास वोर्डको सदस्य सचिवबाट अवकास दिइएका रामचन्द्र नैनावस्ती विरुद्ध विपक्षीः श्री ५ को सरकार मन्त्रिपरिषद सचिवालय समेत § श्री ५ को सरकारद्वारा नीतिगत निर्णय गरी लागू गर्ने कुराहरु कानूनद्वारा निर्धारित शर्त बन्देजको प्रतिकूल हुने गरी लागु हुन सक्ने अवस्था नहुने । § रिट निवेदक जस्तो कानूनद्वारा ४ वर्षको सेवा अवधि निश्चित भई कानूनी प्रत्याभूति प्राप्त पदाधिकारबाट कानूनसम्मत कारण वेगर पछि अपनाइएको नितिगत निर्णयका आधारमा हटाउन नमिल्ने । § निवेदकलाई कानूनद्वारा निर्धारित सेवा अवधि व्यतित हुनुभन्दा पूर्व निजको कुनै दोष वा अयोग्यता वेगर पछि अपनाइएको नीतिगत आधारबाट अवकास दिने गरेको हद सम्मको विपक्षीको निर्णय कानूनी त्रुटीपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बदर भै रिट निवेदकलाई पूर्ववत सदस्य सचिवको पदमा हाजिर गराई काम गर्न दिनु भनि विपक्षीहरुको नाउंमा परमादेश समेत जारी हुने । (प्र.नं. ११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फवाटः विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा र विद्वान अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्वित नजिरः ने.का.प. २०५४, अंक १, नि.नं. ६३०४, पृ.८ आदेश प्र.न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ :– २. म निवेदक युवावस्थादेखि समाज एवं राष्ट्र सेवामा समर्पित हुंदै आएको हुं । मैले शैक्षिक योग्यताको हकमा एम.वि.ए. उत्तिर्ण गरेको छु । २०५२ साल तक श्री ५ को सरकारले संस्थानहरुमा देखा परेका कमी कमजोरी त्रुटीहरु सच्याई दक्ष इमान्दार, खुवीयुक्त र जेहेन्दार व्यवस्थापन प्रवेश गराउने सन्दर्भमा उद्योग मन्त्रालय अन्तर्गतका विभिन्न संस्थानहरुको महाप्रवन्धक पदमा कुशल व्यवस्थापकको क्षमता भएको व्यक्तिलाई नियुक्ति गर्ने नीति निर्णय गरी तदनुरुप सार्वजनिक रुपमा आवेदन आव्हान गरिएको थियो । मैले पनि सो सम्बन्धमा आवेदन गरेकोमा श्री ५ को सरकारबाट छनौट भई मिति २०५२।४।२२ मा समझदारी पत्रको आधारमा घरेलु शिल्पकला बिक्री भण्डार प्रा.लि.को महाप्रवन्धकमा नियुक्त गरिएकोमा करिव ३ वर्ष ११ महिना सो संस्थामा सेवा गरेपछि श्री ५ को सरकारले मिति २०५६।३।२९ को निर्णय अनुसार मलाई विपक्षी राष्ट्रिय सहकारी विकास वोर्डको सदस्य सचिवमा नियुक्ति (मनोनयन) गरिएको थियो । त्यसैले मलाई राजनीतिक उद्देश्यबाट नियुक्ति गरिएको नभै व्यवसायिक पृष्ठिभूमिको आधारमा नियुक्ति गरिएको स्पष्ट छ । राष्ट्रिय सहकारी विकास वोर्ड ऐन, २०४९ दफा ७(१)(क) ले सदस्य सचिव सहितको कार्यकारी समितिको व्यवस्था गरेको र सोही ऐनको दफा १५(१) मा सदस्य सचिवको पदावधि ४ वर्षको हुने प्रावधान रहेको छ । यसरी श्री ५ को सरकार मन्त्रिपरिषदबाट विपक्षी राष्ट्रिय सहकारी विकास वोर्डको सदस्य सचिवको पदमा नियुक्त भई कार्यरत रहेको म निवेदकलाई कुनै पूर्व सूचनासम्म नगरी हठात ै श्री ५ को सरकार