निर्णय नं. ७२७३ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२७३ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/२९ ३५०४ निर्णय नं.७२७३ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी संवत् २०५७ सालको रिट नं. .......३२९० आदेश मितिः२०६०।९।२९।३ विषयः उत्प्रेषण समेत । निवेदिकाः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १० वानेश्वर घर भई शाही नेपाल वायुसेवा निगम अर्थ विभागको लेखा सहायकमा कार्यरत सावित्री शर्मा विरुद्ध प्रत्यर्थीः कार्यकारी अध्यक्ष, शाही नेपाल वायुसेवा निगम, नयाँसडक काठमाडौं समेत § जव कुनै कार्यमा अनुचित (Unreasonable), वदनियत (Malafide) र स्वच्छता (Fair Play)को अभाव भन्ने प्रश्न अदालत समक्ष खडा रहन्छ त्यस वखत Nihil nequam est prsumendum अर्थात भनाईको आधारले मात्र वदनियतको अवधारणामा विश्वस्त रहन मिल्दैन भन्ने सिद्धान्त प्रवलरुपमा अदालत संमुख खडा हुन्छ । अनुचित, वद्नियत वा स्वच्छताको अभावको वलियो र भरपर्दो प्रमाण अदालत समक्ष पेश हुन अनिवार्य हुन्छ । प्रमाणद्वारा अनुचित (Unreasonable), वद्नियत (Malafide) वा स्वच्छता (Fair Play)को अभाव स्पष्ट देखिएको अवस्थामा अदालत मुक दर्शक भएर रहन नसक्ने । § निवेदिकाले जे जस्तो आदेशको माग गरेको भएतापनि के कस्तो आदेश पर्याप्त हुन्छ यो अदालतको स्वविवेकको विषय हो र जुन आदेश आघातित व्यक्तिको हक संरक्षण तथा न्याय निमित्त पर्याप्त हुन्छ त्यहि आदेश अदालतवाट जारी हुने । (प्र.नं. १७) § पहिलेनै कार्य सम्पादन मूल्यांकन फाराम भरी ‘क’ मूल्यांकन भै तुरुन्त वढुवा दिनु पर्ने भन्ने भै रहेको मूल्यांकनलाई पछि आएर ‘क’ लाई केरी ‘ख’ मूल्यांकन गरी तत्काल आवश्यक नभएको भनी निवेदीकाको पहिलेको मूल्यांकन विपरीत मूल्यांकन भएको र वढुवा पाउने प्रत्यर्थीहरुको ‘ख’ मूल्यांकनलाई काटी ‘क’ मूल्यांकन भएको तथ्यवाट वद्नियत स्पष्ट देखिने । § स्वच्छता (Fair Play)को अभावका कारण वढुवा पाउने अवस्थाका निवेदिकाको कार्यसम्पादन मूल्यांकन वदनियतपूर्वक केरमेट गरी वढुवा हुनवाट वन्चित गर्ने र वढुवा नै नपाउने अवस्थाका कर्मचारीलाई वढुवा दिने प्रत्यर्थी शा.ने.वा.नि.को कार्यलाई न्यायोचित मान्न नमिल्ने। § § निवेदिका सावित्री शर्माले निवेदन माग वमोजिम वरिष्ठ लेखा सहायक तह ५ मा वढुवा पाउने अवस्था पुष्टि भै रहेको देखिंदा निजलाई सो पाँचौ तह रिक्त भए सो रिक्त पदमा र नभए पद श्रृजना समेत जे जो गर्नु पर्ने हो गरी विपक्षीहरु अमिता श्रेष्ठ समेतले वढुवा पाएकै मितिवाट लागू हुने गरी बढुवा गर्नु भनी प्रत्यर्थी शाही नेपाल वायुसेवा निगम पदपूर्ति समिति समेतका नाउँमा परमादेशको आदेश जारी हुने । (प्र.नं.१९ र २०) निवेदिका तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री सुनिल अधिकारी प्रत्यर्थी तर्फवाटः विद्वान अधिवक्ताहरु श्री सहयोग पोखरेल र श्री हरिप्रसाद उप्रेती अवलम्वित नजिरः आदेश न्या.मीनवहादुर रायमाझीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) वमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ । म निवेदिका निगमको अर्थ विभाग अन्तर्गतको प्रशासन सेवा लेखा समुह तर्फको भई निगममा कार्यरत छु । निगमको बढुवा सूचना नं. १७।०५६।०५७ अन्तर्गत प्रशासन सेवा लेखा समुह तर्फको वरिष्ठ लेखा सहायक तह पाँचको रिक्त पद १२ बढुवाद्धारा पूर्ति गर्न आह्वान गरेकोमा बढुवा पाउनको लागि दरखास्त