निर्णय नं. १५८२ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५८२ - उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ । भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०८/०७ २३३२ निर्णय नं. १५८२ ने.का.प. २०३९ अङ्क ८ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३८ सालको रिट नं. १२५५ आदेश भएको मिति : २०३९।८।७।२ मा निवेदक : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.१ बस्ने बर्ष १२ को नाबालक छोरा मुक्तिराज जोशीको तर्फबाट पिता ऐ.ऐ.बस्ने फेकुमान श्रेष्ठ विरुद्ध विपक्षी : जि.महोत्तरी गौशाला आदर्श गा.पं.वडा नं.२ बस्ने मनकुमारी भन्ने वेचनीकुमारी, जि.महोत्तरी आदर्श गा.पं.कार्यालय गौशाला बिषय : उत्प्रेषणयुक्त परमादेशको आदेश वा जो चाहिने अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ (१) निवेदकको निवेदन परेको देखिएपछि दा.खा.गर्ने निर्णय गर्नु भन्दा पहिले निवेदकलाई समेत बुझी आफ्नो कुरा भन्ने मौका दिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नैनविनोद नेउपाने विपक्षी प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल आदेश न्या.हरगोविन्द सिंह प्रधान १. विपक्षी कार्यालयको निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य रिट निवेदन जिकिर यसप्रकार छ : २. गौशाला आदर्श गाउँ पञ्चायत वडा नं.२ को पूर्व बजार पर्ति, पश्चिम डगर, दक्षिण सजना मगर्नी, उत्तर मानबहादुर जोशी श्रेष्ठ यति ४ किल्ला भित्र बनेको र घर र घडेरी आदर्श गा.पं.कार्यालय गौशालामा विटौरी रु.५।२०।–बुझाउनु पर्ने निवेदकले ०३४।८।२४।६ मा प्रत्यर्थीहरुको पिता धनबहादुर थकालीबाट महोत्तरी मालपोत कार्यालय मार्फत राजीनामा रजिष्ट्रेशन पास गरी लिएकोले उक्त घर र घडेरीमा निवेदकको निर्विवाद हक छ । उक्त घरघडेरीबाट धनबहादुरको नाम कट्टा गरी निवेदकको नाम दर्ता समावेश गरी निवेदकबाट नै विटौरी असुल गरी पाउँ भनी ०३६।१२।२२ म प्रत्यर्थी कार्यालयमा निवेदन प्रस्तुत गरेको थिएँ । दोश्रो निवेदन हुलाक मार्फत दिएँ । धनबहादुर थकाली परलोक भएको निजका हकदार भाइ छोरा भतिजा कोही नभई खास छोरी बेचनीकुमारी र बिमलाकुमारी भएकोले उक्त धनबहादुर थकाली जीवित छँदै उपरोक्त व्यहोराको जानकारी यस पञ्चायतलाई हुनु पर्ने सो नभएकोले हकदारको नाउँमा दाखिल खारेज भएको हुँदा तपाईले दिनु भएको निवेदन घर जग्गा खिचोला अदालतबाट निर्णय नहुन्जेल यस पञ्चायतले दर्ता गर्न नमिल्ने भएकोले तपाईको निवेदन फिर्ता पठाएको जानकारी गराईन्छ भनी आदर्श गा.पं.कार्यालयबाट ०३८।६।८ को पत्रद्वारा जानकारी दिइयो । ३. निवेदकले हक प्राप्त गरेको घर जग्गा जुनसुकै समयमा दाखिल खारेज गराउन पाउने निवेदकको कानूनद्वारा प्रदत्त हक हो । धनबहादुरको छोरीको नाममा सो जग्गा दाखिल खारेज गर्नु अगाडि सबैले देख्ने गरी कुनै प्रकारको सूचनासम्म पनि टाँसिएको छैन । प्रत्यर्थी कार्यालय र प्रत्यर्थी दर्तावालाको बदनियतपूर्ण मिलोमतोबाट घर जग्गा नामसारी गर्ने हकबाट निवेदक बञ्चित हुनु परेको छ । प्रत्यर्थी कार्यालयको निर्णय बदर गरी निवेदकको नाममा घर जग्गा नामसारी दाखेल खारेज गरी दिनु भन्ने आदेश पाउँ भन्ने समेत रिट निवेदन जिकिर । ४. विपक्षबाट लिखितजवाफ मगाउनु भन्ने समेत सर्वोच्च अदालत सिंगलबेञ्चको ०३८।७।२।१ को आदेश । ५. गा.पं.ऐन (संशोधन सहित) २०१८ को दफा ६९ अनुसार गा.पं.बाट गरेको कु