निर्णय नं. ७२७५ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२७५ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/१०/१३ २९८५ निर्णय न.७२७५ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री अनुपराज शर्मा संवत् २०६० सालको रिट नं. ..२९११ आदेश मितिः २०६०।१०।१३।३ विषयः उत्प्रेषण समेत । निवेदिकाः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० ज्याठा वस्ने श्रीमती शकुन्तला प्रधान विरुद्ध विपक्षीः चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल समेत § वीर अस्पताल, ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अध्यादेश, २०६०’ अनुसार प्रतिष्ठानमा परिणत भएको भन्ने तथ्य उक्त अध्यादेशको दफा १२(१) मा ‘वीर अस्पताल विकास समिति (गठन) आदेश, २०३७ वमोजिम सञ्चालन भै रहेको वीर अस्पताल यो अध्यादेश प्रारम्भ भएपछि प्रतिष्ठानको अङ्गको रुपमा परिणत भई सञ्चालन हुनेछ’ भन्ने व्यवस्थावाट देखिन्छ । यसै गरी सो अध्यादेशको दफा ४ को उपदफा (१) मा ‘प्रतिष्ठान अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था हुनेछ’ भन्ने र उपदफा (३) मा ‘प्रतिष्ठानले व्यक्ति सरह चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, बेच विखन गर्न वा अन्य कुनै किसिमले व्यवस्था गर्न सक्नेछ’ भन्ने व्यवस्था गरिएको पाईन्छ । यसरी उक्त अध्यादेशवाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई स्वायत्त संस्थाको रुपमा स्थापना गरिएवाट, सो संस्थाले आफ्नो हक भोगमा रहेको भवन निवेदिकालाई वोलपत्र अनुसार वहालमा दिने वा नदिने भन्ने विषयमा स्वतन्त्र निर्णय दिन पाउने अधिकार सो अध्यादेश अनुसार प्रतिष्ठानलाई रहे भएको पाइने । § कानून वमोजिम स्वतन्त्र किसिमले निर्णय गर्न पाउने अधिकारलाई कुण्ठित र असर पुर्याउने गरी साझा स्वास्थ्य सेवालाई काउण्टर उपलव्ध गराउने भनी श्री ५ को सरकार, स्वास्थ्य मन्त्रालय (सचिवस्तर) को २०६०।५।१० को निर्णय र सो निर्णय अनुसार लेखिएको पत्र समेत उक्त प्रतिष्ठानको स्वायत्तता अनुरुप स्वयं निर्णय गर्न पाउने प्रकृतिको विपरीत त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. १०) निवेदिका तर्फवाटः विद्वान अधिवक्ताहरु श्री खिमराज पौडेल र श्री विजयकुमार सिंह विपक्षी तर्फवाटः विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने र विद्वान नायव महान्यायाधिवक्ता श्री नरेन्द्रप्रसाद पाठक अवलम्वित नजिरः आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. विपक्षी वीर अस्पतालको २०५९।१०।२४ को गोरखापत्रमा प्रकाशित सूचना अनुसार सो अस्पतालमा औषधी विक्री कक्ष सञ्चालन गर्ने सम्बन्धमा म निवेदिकाले समेत बोलपत्र पेश गरेकोमा म निवेदिकाले प्रति महिना रु.२,७७,७७७। वुझाउन कवोल गरेको अंक सवैभन्दा उच्च भै २०६०।१।१६ को सो अस्पतालको निर्णय अनुसार मेरो वोलपत्र स्वीकृत भएको रहेछ । वोलपत्र स्वीकृत भएपछि २०६०।३।१३ मा सम्झौता गर्न आउनु भन्ने पत्र प्राप्त भयो । सो पत्रानुसार सम्झौता गर्न जाँदा भाडामा दिने भनीएका पसल कवल साझा स्वास्थ्य सेवाले प्रयोग गरि आएको र सो सम्बन्धमा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको कारणले खाली हुन नसकी सम्झौता हुन अँझै केही समय लाग्ने जानकारी गराइयो । २०६०।५।९ मा सो अस्पतालले अदालती कारवाही टुङ्गो लागेको र पसल कवल खाली गराइएकोले कवोल गरेको एक वर्षको भाडा रकम वैंक दाखिला गरी ५ दिन भित्र सम्झौता गर्न आउनु भन