निर्णय नं. १५८४ - लिखत पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५८४ - लिखत पारित भाग: २४ साल: २०३९ महिना: मंसिर अंक: ८ फैसला मिति :२०३९/०७/२१ २५७० निर्णय नं. १५८४ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.पु.नं. ३०३ फैसला भएको मिति : २०३९।७।२१।१ मा पुनरावेदक/प्रतिवादी : का.जि.का.न.पं.वडा नं.२३ बस्ने बसुन्धराभक्त मानन्धर विरुद्ध प्रत्यर्थी/वादी : ऐ.ऐ.वडा नं.१४ मरु प्याफलटोल बस्ने लक्ष्मीकुमारी मानन्धरनी मुद्दा : लिखत पारित (१) पक्षले आफ्नो हित विरुद्व कुनै कार्य गर्छ र सो कार्यलाई स्वीकार गरी बस्छ भने उसलाई अदालतले मद्दत गर्ने कुरा आउँदैन । (प्रकरण नं. १०) प्रत्यर्थी वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री दिनेशमान प्रधान फैसला प्र.न्या.नयनबहादुर खत्री १. मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३७।८।३ को निर्णय उपर पुनरावेदनको अनुमति प्राप्त गरेको यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नानुसार छ : २. तपाई दिज्यूका सुनका गहनाहरु जम्मा तोला ९० र नगद रु.२३,४००।–लिई राखेको मैले मासी दिएकोबाट तपाई दिज्यूको चित्त बुझाउने गरी धितो राखी दिनु मेरो मञ्जुर भएको र धितो लेखाई लिनु तपाईको पनि मञ्जुर भएकोले अरु कसैलाई कुनै प्रकारको लिखत गरी नदिएको मेरो मात्र हक भोग चलनको का.जि.का.न.पं..वडा नं. २३ अन्तर्गत ल्बक नं.५।८४३ मध्ये पूर्व काका धनबहादुरको घर, पश्चिम लाल गुभाजूको घर र धन्सार देव, उत्तर नन्दमाया वाँडानी र अरु वाँडाहरुको घर, दक्षिण गल्ली बाटो यति ४ किल्ला भित्रको २ नाले र २ कवले समेत जम्मै घरहरु समेतको दृष्टिबन्धकीको कागज लेखी उपरोक्त गहना र नगद रुपैयाँ समेत ६ महिना भित्र बुझाउँला नबुझाए दशौंद दरले ब्याज समेत लगाई उपर गरी लिनु होला । यो कागज म्याद भित्र पास गरी दिउँला भनी उल्लेख गरी ०३४।७।४ मा उक्त दृष्टिबन्धकीको कागज लेखी निज भाइ बसुन्धराले मलाई दिएको । उक्त दृष्टिबन्धकीमा लेखिए बमोजिमको गहना र नगद रुपैयाँ समेत नबुझाएको र पारित पनि गरी नदिएकोले यो नालेस गर्नु परेको हो । मुलुकी ऐन, (सातौं संशोधन) २०३४ को राजपत्रमा प्रकाशित मिति ०३४।२।२७ हुनाले सो भन्दा अघि सम्पन्न भएको लिखतको हकमा कानून व्याख्या सम्बन्धी ऐन, २०१० को उपदफा ४ अनुसार जुन बेला जुन कानून बहाल छ सो कानून अनुसार भएको काम हुनाले रजिष्ट्रेशनको साविक ६ नं.मा लिखत गरिदिने र म्याद भित्र पारित गरी दिएन भन्ने ३५ दिन भित्र थमाई नालेस लाग्ने नै हुँदा उक्त दृष्टिबन्धकीको लिखत पारित गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. मैले यस मितिमा यो वापत यति रुपैयाँ लिई मासी दियो, यो धितो राखी लेखी दिएको म्यादमा पास गरी नदिएकोले पास गरी पाउँ भन्ने नालेस यो नभई तपाई दिदीले नम्बरी सुनको गहनाहरु जम्मा तोला ९० र नगद रु.२३४००।–लिई राखेको मासी दिए बापत कागज गरी दिएको दृष्टिबन्धकको तमसुक पारित गरी पाउँ भन्ने दावा देखियो । मेरो मुख्य कुरा यो छ कि वादी मेरो सहोदर दिदी र वहाँको लोग्ने बेलायतमा राजदूत हुनु भएको रामप्रसाद मानन्धर मेरो भिनाज्यू हुनु भएको निज १२ सालमा राजदूत हुनु भई बेलायत जाने भई सो जान मलाई खर्च नपुगेकोले रु.१०,०००।–कर्जा देउ दशांैद व्याज दिन्छु यो गहनाहरु पनि तपाईकहाँ राख्नु भनी दिदी भिनाजुले करीब १००।१०२ तोलाको गहना जिम्मा दिई उक्त दश हजार रुपैयाँ कर्जा लिनु भएको थियो । ०१६।१।१९ गते दिदीले बेलयातबाट हामी आएको ३ बर्ष भयो, तिमीलाई रुपैयाँ खाँचो पर्