निर्णय नं. ७२७७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२७७ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०५/०५ २८७१ निर्णय नं. ७२७७ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत २०५९सालको साधक न. ..४०८ फैसला मितिः २०६०।५।५।५ मुद्दाः– कर्तव्य ज्यान । वादीः मोरङ्ग इलाका प्रहरी कार्यालय उर्लावारीका प्र.ज. दिपेन्द्र फुयालको प्रतिवेदनले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः इलाम जिल्ला दानावारी गा.वि.स. वडा नं. ३ वस्ने मीरा तामाङ्ग § मृतकको शव परीक्षण प्रतिवेदन हेर्दा, घाँटी भाँचिएको र श्वास प्रश्वास क्रिया वन्द भै मृत्यु भएको भन्ने देखिन्छ । जातक मृतक अवस्थामा जन्मिएको भए घाँटी भाचिनु पर्ने कारण देखिदैन । मानवहादुरसंगको अवैध सम्वन्धमा जन्मिएको भै लोकलाजवाट वच्न घाँटी थिची मारेको हुँ भन्ने निजको अधिकार प्राप्त अधिकारी समक्ष भएको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टी गरी रहेको अवस्थामा जातक मरेको जन्मिएको थियो भन्ने निजको अदालत समक्षको वयानलाई अन्य कुनै प्रमाणले समर्थन नगरेको अवस्थामा विश्वास गर्न नसकिने । § अवैध सम्वन्धवाट जन्मिएको जातकलाई मारेको भन्ने अधिकार प्राप्त अधिकारी समक्ष भएको यिनको वयानलाई शव परीक्षण प्रतिवेदनले पुष्टि गरेको र अदालत समक्ष भएको यि प्रतिवादीको इन्कारी वयानलाई समर्थन गर्ने अन्य कुनै प्रमाण आउन नसकेको अवस्था हुँदा जातक जिउँदै जन्मिएको र लोकलाजवाट वच्न यिनले कर्तव्य गरी मारेको देखिंदा यि प्रतिवादी मीरा तामाङ्गलाई मुलुकी ऐन,ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम सर्वस्वसहित जन्मकैदको सजाय गर्ने ठहर गरेको शुरु मोरङ्ग जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४ को फैसला मिलेको देखिंदा सदर हुने । § अवैध सम्वन्धवाट जन्मिएको वच्चालाई लोकलाजवाट वच्नको लागि मारेको अवस्था हुँदा सर्वश्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने भनी ५ वर्ष मात्र कैद सजाय गर्न उपयुक्त हुने भनी अ.व.१८८नं. वमोजिम लगाएको राय समेत मनासिव देखिंदा जाहेर भएको राय र साधक सदर हुने । (प्र.नं. १९ र २०) वादी तर्फवाटः प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला मीनबहादुर रायमाझीः पुनरावेदन अदालत विराटनगरको मिति २०५८।८।१४ को फैसला उपर उक्त अदालतवाट न्याय प्रशासन ऐन, २०४८ को दफा १०(१) वमोजिम साधक जाहेर भएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र ठहर यसप्रकार छ :– २. मिति २०५७।१०।१९ गतेका दिन अं. १५.३० वजेको समयमा मलाई वजार गस्ती पेट्रोलिङ्ग खटाई पठाए अनुसार उर्लावारी ३ स्थित वजार तर्फ गस्ती गर्दै जाँदा नवजात शिशुको लास माटोले पुरेको स्थानवाट निकाल्दै गर्दा फेलापारी ताहाँ वरपर वुझ्दा उर्लावारी ३ वस्ने वर्ष २५ को मीरा तामाङ्गले वच्चा जनमाई माटोले पुरी मारेको भन्ने वुझीएको हुँदा सो स्थानमा लास सुरक्षित राखी जाहेर गर्न आएको छु भन्ने प्र.दिपेन्द्र फुयालको प्रतिवेदन । ३. उत्तरमा अम्विकाप्रसाद दाहालको घर, दक्षिणमा धनवहादुर धिमालको घर, पूर्वमा पानी टंकी जाने कच्ची वाटो, पश्चिममा भोजकुमार राईको घर यति ४ किल्ला भित्र टाउको पश्चिम, दक्षिण दुवै खुट्टा, पूर्व उत्तर भएको नवजात शिशुको लास र लासको जिउ शरिरमा वालुवा नै वालुवा लागेको , कपाल एकइन्च लामो भएको, नाक, मुखमा फिज आएको, घाँटीमा दाग भएको, अन्य जिउ शरिरमा कांही कतै चोटपटक नभएको भन्ने समेत लास जाँच मुचुल्का । ४. घाँटी भाँचिएको र स्वास प्रश्वास कृया वन्द भै मृत्यु भएको भन्ने ला