निर्णय नं. ८५५८ - उत्प्रेषण, प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८५५८ - उत्प्रेषण, प्रतिषेध भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/१२/०२ ५४३७ निर्णय नं. ८५५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री तर्कराज भट्ट संवत् २०६७ सालको रिट. नं.–२०६७–WO–०६०३ आदेश मितिः २०६७।१२।२।४ विषयः– उत्प्रेषण, प्रतिशेध । निवेदकः काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा न. १४ कुलेश्वरस्थित ईनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि.को तर्फबाट अख्तियारप्राप्त गरी आफ्नो हकमा समेत ऐ.का प्रबन्ध निर्देशक का.जि.का.म. न.पा.वडा नं ३२ बस्ने मनोजकुमार भेटवाल विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग § अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुनै अधिकारीबाट अधिकारक्षेत्रविहीन कार्य भएमा त्यसलाई सच्याउने आदेश दिन सक्छ । तर आयोगलाई सुपरिवेक्षकीय (supervisory) अधिकार दिएको मान्न नमिल्ने । (प्रकरण नं.१३) § राज्यका हरेक अङ्ग तथा पदाधिकारीहरूका कामकारवाही क्रियाकलाप कानूनसम्मत हुनुपर्दछ । कोही पनि कानूनभन्दा बाहिर जान सक्दैन । जतिसुकै राम्रो परिणाम आउने काम गरे पनि यदि त्यो काम गर्ने अधिकार छैन अर्थात् नभएको अधिकार प्रयोग भएको छ भने त्यसले बैधता प्राप्त गर्न नसक्ने । § तोकिएको अधिकारभन्दा बढी अधिकार कसैले पनि प्रयोग गर्न सक्तैन । प्रस्तावित आकाशे पुल निर्माण संझौतामा भ्रष्टाचार भएको भन्ने नदेखिएको र अधिकार दुरुपयोग भएको भन्ने पनि नदेखिएको अवस्थामा आकाशे पुलको Design को सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राय दिने वा Design बदल्न लगाउन आदेश गर्न सक्दैन । त्यस्तो आदेश अधिकारक्षेत्रविहीन हुन्छ । क्षेत्राधिकारको अभावमा भएको कुनै पनि कार्यले मान्यता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.१४) निवेदकतर्फवाट विद्वान वरिष्ठ अधिवक्ताहरू श्री श्यामप्रसाद खरेल, श्री हरिहर दाहाल, श्री रामप्रसाद सिटौला तथा विद्वान अधिवक्ताहरू श्री हरिकृष्ण कार्की, श्री भेषराज न्यौपाने, श्री सतिशकृष्ण खरेल, श्री प्रकाश राउत, श्री हीरा रेग्मी, श्री बाबुराम कुवँर, श्री माधवप्रसाद बाँस्कोटा, श्री माधवकुमार बस्नेत, श्री भीमार्जुन आचार्य, श्री प्रमोद बैद्य, श्री ज्योति बानियाँ, श्री बाबुराम गिरी, श्री आशिकराम कार्की, श्री हर्कबहादुर भट्टराई विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधार, विद्वान अधिवक्ताहरू श्री टीकाराम भट्टराई, श्री श्यामजी प्रधान र श्री दामोदर खड्का अवलम्बित नजीरः सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२० आदेश न्या.बलराम के.सी.: नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ (२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– निवेदकमध्येको ईनोभेटिभ कन्सेप्ट नेपाल प्रा.लि. पूर्वाधार संरचनाहरूको निर्माण गर्ने, भाडा लिजमा लिई सञ्चालन व्यवस्थापन गर्ने समेतका कार्य गर्ने उद्देश्य लिई प्रचलित नेपाल कानूनबमोजिम दर्ता भै आफ्नो उद्देश्यबमोजिमको कार्य गरिआएको कम्पनी हो । निवेदकमध्येको म मनोजकुमार भेटवाल सोही कम्पनीको शेयरधनी तथा प्रवन्ध सञ्चालक हुँ । संविधानको धारा १२, १३, १९ र ३२ ले प्रदान गरेका क्रमशः स्वतन्त्रताको हक, समानताको हक, सम्पत्तिसम्बन्धी हक र संवैधानिक उपचारको हक निवेदकलाई प्राप्त छ । काठमाडौँ शहरभित्रका सडकहरू आफैमा साँगुरा रहेका र पैदल यात्रुहरूले मुख्य सडकबाटै बाटो काट्दा सवारी द