निर्णय नं. ७२७९ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२७९ - उत्प्रेषणयुक्त परमादेश भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/०१ ३१११ निर्णय नं. ७२७९ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी सम्वत् २०५९ सालको रिट.नं. ३४९८ आदेश मितिः २०६०।९।१।३ विषयः– उत्प्रेषणयुक्त परमादेश । पुनरावेदकः मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नं. १३ घर भै हाल केन्द्रीय कारागार शाखा (भद्रगोल वन्दीगृह) मा थुनामा रहेको विकाशप्रसाद सिन्हा विरुद्ध विपक्षीः पुनरावेदन अदालत पाटन समेत § करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दामा अदालतको फैसला वमोजिम विगो भराई पाउं भनी सो मुद्दाको वादी अनिता शर्माले दरखास्त दिंदाको अवस्थामा यी रिट निवेदक कर्तव्य ज्यान मुद्दामा अदालतवाट सर्वश्वसहित जन्मकैदको सजाय हुने ठहर भै कैदमा वसिरहेको देखिन आयो । विगो भराई पाउं भनी दरखास्त परी कारवाही हुंदाको अवस्थामा यी रिट निवेदकलाई कर्तव्य ज्यान मुद्दामा सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्तिम नहुंदै निजको सर्वश्व हुन लागेको नभए पनि सर्वश्वसहित जन्मकैद हुने ठहर भएको फैसला अन्यथा नभएसम्म यी रिट निवेदकको सर्वश्व हुने मान्नु पर्ने । § दण्ड सजायको २७ नं. मा सर्वश्व गर्दा कसूर जाहेर नहुँदै भोग दृष्टिवन्धक लेखिएका तमसुक वमोजिमको साहुको थैली परसार्नु पर्ने व्यवस्था गरिएको पाइन्छ । विपक्षी अनिता शर्मा र रिट निवेदकको वीचमा मिति २०५३।१०।२७ मा भएको करारनामाको लिखत रजिष्ट्रेशन पास भएको नदेखिंदा सो करारनामामा उल्लेखित रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गालाई भोग दृष्टिवन्धक लेखिएको मान्न नमिल्ने । § निवेदकलाई सर्वश्वसहित जन्मकैदको सजाय भएको फैसला अन्यथा नभई कायम रहिरहेको अवस्थामा सर्वश्व गर्दा दण्ड सजायको २७ नं. वमोजिम पर सार्नु नपर्ने रिट निवेदकको नामको कि.नं. १८३ को घर जग्गावाट करार वमोजिम रकम दिलाई पाउं भन्ने मुद्दाको फैसला अनुसार विगो भराउन दण्ड सजायको २७ नं. को परिप्रेक्ष्यमा मिल्न नआउने । § रिट निवेदकको कि.नं. १८३ को घर जग्गावाट विगो भराउनको लागि परेको फैसला कार्यान्वयन सम्वन्धी दरखास्त खारेज गर्न मिलेन भनी काठमाडौं जिल्ला अदालतको तहसिलदारवाट भएको मिति २०५८।४।२३ को आदेश, सो आदेशलाई सदर गरेको काठमाडौं जिल्ला अदालतको मिति २०५८।५।८ को आदेश र काठमाडौं जिल्ला अदालतको उक्त आदेशलाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।११।९ को आदेश कानून प्रतिकूल देखिंदा उत्प्रेषणको आदेशद्वारा वदर हुने । (प्र.नं. ११) पुनरावेदक तर्फवाटःविद्वान अधिवक्ता श्री कमलमणी श्रेष्ठ विपक्षी तर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ताहरु श्री नारायण वल्लभ पन्त, श्री वालकृष्ण न्यौपाने, श्री अर्जुनप्रसाद कंणेल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) वमोजिम यस अदालतमा दायर भएको प्रस्तुत रिट निवेदन सहितको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. तारा आचार्यको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म भएको कर्तव्य ज्यान मुद्दा र मथुरा पुरीको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको कर्तव्य ज्यान मुद्दामा ज्यान सम्वन्धीको १३(३) नं. वमोजिम मलाई सर्वश्वसहित जन्मकैदको सजाय गरेको काठमाडौं जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालत पाटनमा मैले पुनरावेदन गरेकोमा शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरी पुनरावेदन अदालत