निर्णय नं. १५८५ - संघियार कायमगरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५८५ - संघियार कायमगरी पाऊँ । भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०८/०८ २८३० निर्णय नं. १५८५ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको देवानी पुनरावेदन नम्बर ३०५ फैसला भएको मिति : २०३९।८।८।१ मा पुनरावेदीका/प्रतिवादी : भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं.१६ तेखाचो बस्ने रुद्रमाया श्रेष्ठ विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वा.नं.१३ बस्ने शिवप्रसाद साखकर्मिको मु.स.गर्ने चिनीमाया साखकर्मि मुद्दा : संधियार कायम गरी पाउँ (१) के कति कारणले सन्धीसर्पन पर्ने हो सो कुराको तथ्य सबूत पुर्‍याई दावी लिएको नदेखिएकोले समेत निखनाई पाउँ भन्ने वादीको दावी पुग्न नसक्ने । (प्रकरण नं. १०) उल्लिखित मुद्दा : वादी द्वारीकानाथ श्रेष्ठ विरुद्ध चिनीमाया श्रेष्ठनी भएको सम्वत् २०३७ सालको दे.फु.नं. ३५ निखनाइपाउँ भन्ने मुद्दामा फु.बेञ्चबाट निर्णय ने.का.प. भाग २३ अंक ७ निर्णय नं., १४८२ मा प्रकाशित फैसला न्या.बासुदेव शर्मा १. मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. बुबा रामदास परलोक भएपछि कान्छी आमा कमलादेवीको हक आएको भ.पु.नं.पं..वडा नं.१६ तेखाचोको पूर्व विकुलालको घर, पश्चिम पचलालको घर, मुनी मसमेतको पसल, उत्तर मूलसडक, दक्षिण पंचलालको बगैंचा यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम लम्बाईको तिन कबले ४ तले घर र सो घर जोडिएको उत्तर दक्षिण लम्बाईको १ नाले लम्बाई हात १२ को ४ तले पक्की घर तथा चर्चेको लगापात समेतको घर मिति ०३४।६।१२ का दिन कान्छी आमा कमलादेवीले उत्तर मोहडा चार कबल पसल मध्ये दुई कबल बाहेक र पश्चिम साँध पंचलालको भन्ने जनाई विपक्षी रुद्रमाया श्रेष्ठलाई का.प.जि.माल कार्यालय मार्फत ४५,००१।–मा फार्छे राजीनामा लेखी रजिष्ट्रेशन समेत गरी लिनु दिनु गर्नु भएछ । राजीनामाको उल्लिखित घरको सन्धीसर्पन पर्ने व्यक्ति पनि म नै भएकोले थैली रु.४५,००१।–समेत राखी ऐनका म्याद भित्र भ.पु.भू.प्र.शाखामा निखन्न पाउँ भन्ने दर्खास्त गर्दा विपक्षले निखन्न दिन मञ्जुर गर्नु नभएकोमा सबूत प्रमाण बुझी इन्साफ दिनु पर्ने देखिई ३५ दिन भित्र अदालतमा जानु भनी ०३५।५।१४ मा पर्चा गरी दिएको छु । मेरो घर पसलको लागि नभई नहुने नभएमा असजिलो अवस्था पर्ने सँगै जोडिएको घर पसलको नजिकको जग्गा जमीन मेरो सन्धीसर्पन पर्ने हो । मैले निखन्न पाउने ठहर गरी पाउँ भन्ने समेत मिति ०३५।६।१६।२ को शिवप्रसाद साखकर्मिको फिरादपत्र रहेछ । ३. मुलुकी ऐन लेनदेन व्यवहारको संशोधित ११ नं.मा भएका कानूनी व्यवस्थानुसार हकवाला हुँदैमा निखन्न पाउने हुँदैन, सन्धीसर्पन परेको हकवाला हुनुपर्छ, मैले खरीद गरी लिएको घर पसल विपक्षीलाई सन्धीसर्पन पर्दैन । यो यति कारण अवस्था परिवन्दबाट विपक्षीलाई नभई नहुने प्रकारको सन्धीसर्पन परेको हो, विपक्षीले निखनाई माग्न दिनु भएको दर्खास्त तथा प्रस्तुत फिरादमा समेत उल्लेख भएको देखिँदैन । विपक्षीलाई कुनै प्रकारको सन्धीसर्पन पर्ने नै होइन । सँधियार हुँदैमा र कसैको घर पसल कसैसँग जोडिंदैमा त्यतिको आधारबाट सन्धिसर्पन पर्ने पनि हुँदैन । सँधियार हकवालाले निखन्न पाउने मुलुकी ऐन लेनदेन व्यवहारको संशोधित ११ नं.मा कानूनी व्यवस्था छैन । सँधियार हुँदैमा निखन्न पाउँदैन, सन्धीसर्पन परेकै हुनुपर्दछ भन्ने कानूनी सिद्धान्त २०२९ सालको दे.पु