निर्णय नं. ७२८० - हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८० - हक सफा भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०३/३० २९०५ निर्णय नं. ७२८० ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ सम्बत् २०५६ सालको दे.पु.नं. ५००८ फैसला मितिः २०६०।३।३०।२ मुद्दा :– हक सफा । पुनरावेदक वादीः जिल्ला रुपन्देही बोदवार गा.वि.स. वडा नं. १ बस्ने रवि प्रताप पाण्डे समेत बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला रुपन्देही वसन्तपुर गा.वि.स. वडा नं. ५ बस्ने राममूर्ति नारायण पाण्डे समेत § बादीहरुको जुन जग्गाहरुमा आवतजावत गर्नको लागि विवादित जग्गाहरु सन्धीसर्पन पर्ने भन्ने बादीको दावी छ उक्त न.नं. १५ को दशगजा क्षेत्रबाट ती जग्गाहरुमा आवतजावत गर्न मिल्ने नक्सा मुचुल्काबाट देखिन आयो । उक्त नक्सा मुचुल्काबाट विवादित जग्गाहरुबाट बाहेक बादीहरुको जग्गामा आवत जावत गर्न नमिल्ने अवस्था नभएको हुँदा बादीहरुको जग्गासँग विवादको जग्गाहरुलाई बादीहरुको सन्धीसर्पन पर्ने भन्न मिलेन । अतः सन्धीसर्पन पर्ने भनी दावी बमोजिम विवादको जग्गाहरु बादीहरुलाई निखनाई हकसफा गरी दिनुपर्ने ठहर गरेको शुरु रुपन्देही जिल्ला अदालतको फैसलालाई उल्टी गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत बुटवलको मिति २०५५।१०।१२ को फैसला उपर बादी पक्षको यस अदालतमा पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. नरसिंह नारायणका ४ भाइ छोरामा जमुना, अक्षवर, जगमोहन र प्रतिवादी राममूर्ति नारायण पाण्डेय समेत भै जमुनाकी श्रीमती तलासी देवी, अक्षवरको छोरा रामनरेश, जगमोहनको छोरा रामउग्रह भै रामउग्रहको छोरा हामी बादीहरु भएको । नरसिंह, जमुना, तलासी देवी, अक्षवर, रामनरेश र जगमोहन समेत परलोक भएको, प्रतिवादी मध्येका कान्छा बाजे राममूर्ति नारायणको अपुतालीको १ नं. बमोजिम हकवाला हामी भै निजसँग छुट्टिई भिन्न समेत भैसकेको छ । हाम्रो हकभागको बोदवार गा.वि.स. वडा नं. ४(क) कि.नं. ३९, २६, ४७, ४९, ५१ को जग्गालाई सन्धीसर्पन पर्ने विपक्षी मध्ये राममूर्ति नारायण पाण्डेयका नाउँको ऐ. को कि.नं. ४६, ५०, ४८, २५ को जग्गा विगाहा ३–१३–० विपक्षी मध्येका बाबुलाल र लालबहादुर गुप्तालाई मिति २०५०।११।१३ मा बिक्री गरी रजिष्ट्रेशन पारित गरी दिनु लिनु गरेको कुरा मिति २०५१।४।१२ मा थाहा पाएकोले लेनदेन व्यवहारको ११ नं. र रजिष्ट्रेशनको ३५ न.. बमोजिम राजिनामाको थैली रु. १,१०,०००।– रजिष्ट्रेशन दस्तुर रु. ७,७००।– समेत जम्मा रु. १,१७,७००।– रुपन्देही मालपोत कार्यालयको नामको धरौटी खाता न.. ००६ मा मिति २०५१।४।३० मा धरौट दाखिल गरी उक्त जग्गा निखनाई हकसफा गरी पाउँ भनी उजुरी निवेदन दिएकोमा दावीअनुसार हक निखनाई पाउने ठहराई २०५१।८।२८ गते निर्णय पर्चा भए उपर प्रतिवादीहरुले पुनरावेदन गरेकोमा सन्धीसर्पन पर्ने नपर्ने सम्बन्धा प्रमाण बुझी निर्णय गर्नुपर्ने हुँदा अदालतमा उजुर गर्न जानु भनी सुनाउनु पर्नेमा निखनाई पाउने गरी गरेको निर्णय बदर गरी पुनरावेदन अदालत बुटवलबाट मिति २०५२।१०।१० मा फैसला भई सोहीअनुसार सम्बन्धित अदालतबाट कानून बमोजिम हक ठहर गराई ल्याएका बखत सोही बमोजिम हुने भनी मालपोत कार्यालय रुपन्देहीबाट मिति २०५३।२।२७ मा निर्णय पर्चा सुनाएको हुँदा निर्णय पर्चा सुनाएको मितिले ३५ दिनभित्र लेनदेन व्यवहारको ११