निर्णय नं. ७२८१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८१ - उत्प्रेषण भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/१०/२७ २६६१ निर्णय नं.७२८१ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री अनुपराज शर्मा सम्बत् २०५५ सालको रिट नं. ..३२३३ आदेश मितिः २०६०।१०।२७।३ विषयः उत्प्रेषण । निवेदकः नुवाकोट जिल्ला वागेश्वरी गा.वि.स. वडा नं. ६ घर भै आल का.म.न.पा. वडा . १६ वस्ने जय हारतीमा कन्स्ट्रक्सन को प्रो. रामराज अधिकारी विरुद्ध विपक्षीः भौतिक योजना तथा निर्माण मन्त्रालय समेत § आर्थिक प्रशासन सम्वन्धी नियमावलीमा विदेशी सरकारको ऋण वा अनुदान संझौता अनुसारको सहयोगमा संचालित योजना संचालन गर्दा सोही संझौतामा उल्लेख भए अनुरुपको शर्त वमोजिम हुनेछ भन्ने उल्लेख भएको भएता पनि त्यस्तो संझौताको आधारमा निर्माण व्यवासय ऐन, नियम एवं अन्य प्रचलित कानूनको समेत प्रतिकूल हुने गरी वोलपत्रको शर्त निर्धारण गर्न मनासिव नहुने । § वोलपत्रवाट प्रतिस्पर्धाका लागि आव्हान गरिएका धनकुटा जिल्लामा दर्ता एवं कार्यालय भएका भनिएका निर्माण व्यवसायीलाई अन्य जिल्लामा दर्ता एवं कार्यालय भएका निर्माण व्यवसायी भन्दा पृथक व्यवहार गर्नुपर्ने कुनै मनासिव आधार र कारण देखिन नआउने । § कुनै अमुक जिल्लामा दर्ता भएका र कार्यालय रहेकै कारण समान प्रकृतिका संस्थाहरु वीच राज्यका तर्फवाट आव्हान गरिएको सार्वजनिक निर्माण कार्यमा प्रतिस्पर्धा गर्नवाटै वन्चित गराउनु न्यायोचित नहुने । § विपक्षी हिले भोजपुर फिडर रोड आयोजनाले वोलपत्रमा धनकुटा जिल्लामा दर्ता र कार्यालय रहेका निर्माण व्यवासायीहरुले मात्र प्रतिस्पर्धामा भाग लिन पाउने गरी राखेको शर्त उपरोक्त मान्यता र समानताको हक सम्वन्धी संविधानको व्यवस्थाको प्रतिकूल देखिंदा उक्त २०५९।१२।१२ को वोलपत्रको शर्त र तत्सम्वन्धी निर्णय समेत उत्प्रेषणको आदेशद्वारा वदर भै निवेदक समेतलाई प्रचलित कानूनको रीत पुर्याई प्रतिस्पर्धामा भाग लिनवाट वन्चित नहुने गरी वोलपत्र आव्हान गर्ने समेतको काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरुका नाउँमा परमादेश समेत जारी हुने । (प्र.नं. ११) निवेदक तर्फवाटः विद्वान अधिवक्ता डा.शंकरकुमार श्रेष्ठ विपक्षी तर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री टिकाबहादुर हमाल अवलम्वित नजिरः आदेश न्या.भैरवप्रसाद लम्सालः नेपाल अधिराज्यको संविधान, २०४७, को धारा २३।८८(२) वमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ । २. निवेदक प्रचलित कानून वमोजिम जि.वि.स. कार्यालय काठमाडौंमा दर्ता भै घ वर्गको इजाजत प्राप्त गरी निर्माण व्यवसाय संचालन गर्दै आएका संस्था हो । निवेदकले निर्माण व्यवसायीका हैसियतले नेपाल अधिराज्यभरीका सार्वजनिक निर्माण र मर्मत संभारका कार्यहरुमा तोकिएको प्रक्रिया पुरा गरी प्रतिस्पर्धामा समावेश हुने र ठेकका प्राप्त गर्ने काम गर्दै अइरहेको छ । प्रचलित कुनै पनि कानूनले निवेदकलाई यसरी ठेक्का प्राप्त गर्न प्रतिस्पर्धा गर्नवाट वंचित गरेको थिएन छैन । तर यही २०५९ चैत्र १२ गतेको कान्तिपुरमा श्री ५ को सरकार भैतिक योजना तथा निर्माण मन्त्रालय सडक विभाग अन्तर्गतको हिले भोजपुर फिडर रोड प्रोजेक्ट, धनकुटावाट आव्हान गरेको १५ दिने वोलपत्रको सूचनमा धनकुटा जिल्लामा दर्ता भै यसै जिल्लामा द्यब्क्भ् भएका निर्माण व्यवसायीहरु वीच मात्र प्रतिस्पर्धा गर्न पाउने गरी सूचना प्रकाशित गरिएको रहेछ । नेपाल अधिराज्य भित्र एउटै निकायमा दर्ता भएका एकै प्रकृतिका निकाय