निर्णय नं. ७२८२ - जिउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२८२ - जिउ मास्ने बेच्ने भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०६/०९ २८४१ निर्णय नं. ७२८२ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्बत् २०५८ सालको फौ.पु.नं.२७७५ फैसला मितिः २०६०।६।९।६ मुद्दा :– जिउ मास्ने बेच्ने । पुनरावेदक वादीः जिल्ला चितवन गा.वि.स.फुलवारी वडा नं.९ गोपालगञ्ज घर भई हाल कारागार शाखा, पर्सा, विरगञ्ज थुनामा रहेको भिमवहादुर परियार समेत बिरुद्ध प्रत्यर्थी वादीः लक्ष्मी वि.क.को जाहेरीले श्री ५ को सरकार § प्रहरीमा भएको साविति जवरजस्ती भएको भने पनि सो कुरालाई सावित गर्न यथेष्ट प्रमाण पेश गर्न सकेको नपाइदा जवरजस्ती सहीछाप गराइएको भनी मौखिक जिकिरलाई प्रमाणको रुपमा ग्राह्य मान्नु कानूनसम्मत नहुने । § प्रतिवादीले जाहेरवालीलाई भारतको बम्बैमा लगि बिक्री गरेको होइन भन्ने पुनरावेदन जिकिर तर्फ विचार गर्दा, जाहेरवालीको किटानी जाहेरी तथा अदालतबाट जाहेरवालीको प्रमाणित बयान र पीडितको बयानलाई प्रहरीमा कागज गर्ने वालकुमारी चापागाई समेतको अदालतमा भएको बकपत्रबाट पुष्टी भएको र सो पीडितको अदालत समक्ष भएको प्रमाणित बयानलाई जिउ मास्ने बेच्ने कार्य (नियन्त्रण) ऐन, २०४३ को दफा ७(२) बमोजिम उक्त कुरालाई झुठ्ठा हो भनी प्रतिवादीहरुले सवुद प्रमाणबाट पुष्टि गर्न सकेको नदेखिदा केवल पुनरावेदन जिकिर दिदैमा प्रतिवादीहरु निर्दोष छन् भनी अनुमान गर्ने अबस्था नरहने । (प्र.नं. २२) पुनरावेदक वादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, हेटौंडाको मिति २०५८।३।२५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. चितवन जिल्ला फुलवारी गा.वि.स.वडा नं.९ बस्ने भिमवहादुर परियार र निजको श्रीमती वुद्धमाया परियार समेत भै मलाई ललाई फकाई भारतको बम्बई वेश्यालयमा लगी भा.रु.४०,०००।– मा बिक्री गरी आएका र निजहरुले मलाई बिक्री गरेको मिति २०४९ साल जेष्ठ महिनादेखि वेश्यालयमा रहँदा हाल मेरो स्वास्थ्यस्थित अत्यन्त नाजुक भै सकेकोले फर्की आई जाहेरी दरखास्त दिई उपस्थित भएको छु । कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको लक्ष्मी वि.क.को जाहेरी दरखास्त । ३. मलाई २०४९ साल जेष्ठ महिनामा भिमवहादुर परियार निजकै श्रीमती बुद्धमाया परियार समेत भै ललाईफकाई भारतको बम्बई वेश्यालयमा लगी भा.रु.४०,०००।– मा बिक्री गरेका र वेश्यालयमा रहँदा मलाई एड्स रोगले ग्रस्त भएकोले हाल फर्की आएकी हुँ भन्ने समेत व्यहोराको जाहेरवाली लक्ष्मी वि.क.ले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ४. २०४९ साल जेठ महिनामा म, मेरो श्रीमती बुद्धमाया भन्ने तुलसी माया परियार, मेरो जेठी सासु तथा मेरो श्रीमतीको दिदी काली परियार निजसँग आएका गोरे परियार समेत जना ४ भै जाहेरवाली लक्ष्मी वि.क.लाई ललाईफकाई भारत दिल्ली गै कपडा व्यापार गर्ने भनी भारत बम्बईको बेश्यालयमा लगी भा.रु.४०,०००।– मा बिक्री गरेको हो भन्ने समेत व्यहोराको प्रतिवादी भिमवहादुर परियारले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान । ५. २०४९ साल जेष्ठ महिनामा दिलवहादुर वि.क.को छोरी जाहेरवाली लक्ष्मी वि.क.लाई दिल्लीमा गै कपडा व्यापार गरौं भनी ललाईफकाई म, मेरो श्रीमान् भिमवहादुर परियार, काली परियार र गोरे परियार समेत जना ४ भै विरगञ्ज हूँदै बम्बई पुर्याई भा.रु.४०,०००।