निर्णय नं. १५८६ - लिखत पास
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५८६ - लिखत पास भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०८/१८ २५७६ निर्णय नं. १५८६ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.फू.नं. १९४ फैसला भएको मिति : २०३९।८।१८।६ मा पुनरावेदक/प्रतिवादी : जि नवलपरासी स्वाठि गा.पं.वार्ड नं.२ रजहवा बस्ने रामधनी यादव र फेरइ यादव विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने भुदर यादव मुद्दा : अंश (१) आफ्नो अंश जग्गा समेत बण्डा गरी घरसारमै लिई दिई गरेको देखिन आएकोले प्रचलित मुलुकी ऐन अंशबण्डाको ३० नं.अनुरुप प्रतिवादीबाट अंश दिलाई पाउँ भनी गरेको वादी दावी नपुग्ने । (प्रकरण नं. १३) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल तथा यादवप्रसाद खरेल विपक्षी वादीतर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या.बासुदेव शर्मा १. पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् : २. बाजे अयोध्याका छोरा ३ मध्ये माहिला हरिद्धार अघि नै परलोक भएका बाँकी जेठा बैजु कान्छा अन्यायवाला रामधनीको छोरा अन्यायवाला फेरइ र जेठा बाबुको छोरा म भुदुर मेरो छोरा रामबदन अन्यायका फेरइका छोरा रामचन्द्र रामबरण समेतको पुस्तावली हो । हामी सबै एकासगोलमा बसी आएको विर्ताको जग्गा हुँदा २०१६ सालमा विर्ता उन्मूलन हुँदा केही जग्गा भुदुरका नाउँमा र अरु सबै जग्गा अन्यायको रामधनीको छोरा फेरइका नाउँमा दर्ता गराई सगोलमै बसी भोग चलन गरी आएका थियौं । भूमिसम्बन्धी नियम, २०२१ को नियम ३ बमोजिम अन्यायको दाइ फेरइले जग्गाको मोहीको लगत दिँदा सबै जग्गाको फाँट र एका घरका परिवारमा मलाई भाइ भुदुर लेखी सबै परिवारको नाम लेखी कैफियतमा ४–१९–० निजको भाइ म भुदुरका नाममा रहेको र ५ विगाहा जग्गा अधियामा कमाएको भन्ने समेत ०२२ साल फाल्गुण २९ गते भू.प्र.न.पं.मा दाखिल गर्नु भएको अनुसुचि १ भरे अनुसार सम्पूर्ण जग्गाको पूर्ण स्वामित्व निज फेरइ भएको प्रष्ट देखिन्छ । २०२५ साल जिल्ला सर्भे नापीमा अन्यायका फेरइले म भुदुरका नाउँमा ३–०–१७ जग्गा दर्ता गराई अरु आफ्नो नाउँमा दर्ता गराउनु भएको, यस बेला सम्म भोग चलन भने सगोलमै भैरहेको । २०२८ साल माघ २८ गते माना सम्म बेग्लै भई अरु सब सगोलैबाट भोगचलन गरी आएको हाल अंश दिनुस् भन्दा दिन्न भन्ने जवाफ दिएकोले नालिस गर्न आएको छु । २०२८ साल माघ २८ गतेसम्मको विपक्षीवालाबाट अचल सम्पत्तिको फाँट लिई २ भागको १ भाग मेरा बाबुले पाउने अंश पाउँ भन्ने भुदुर यादवको फिरादपत्र । ३. वादी दावी अनुसार वादीलाई अंश दिनु पर्ने छैन । वादीको एकाघर सराकतमा बसी भन्ने दावी पनि झुठ्ठा हो । बाजे अयोध्याप्रसाद तथा प्र.रामधनिको पालामा समेत कुनै जग्गा नभएको पछि वादी भुदुरले रैजहवाको दर्तावाला रैती श्रीदेवी भण्डारीसँग जग्गा उखडामा जोत्न कमाउन मागी जोते कमाएको र सोही मौजा रैजहवाको दर्तावाला रैति श्री विष्णुप्रसाद पन्तसँग जग्गा उखडामा जोत्न मागी फेरइले जोतेका हुन् । पछि उखडा सम्बन्धी ऐन, ०२१ लागू भएपछि सो ऐन अनुसार उक्त जग्गा नम्बरीमा परिणत हुन आएको हो । बाजे अयोध्याका पालादेखि ठेक्कामा जोती कमाई आएको भए २०१६ सालमा विर्ता उन्मूलन हुँदाको बखत सो जग्गा प्र.रामधनिका नाममा दर्ता हुन आउने थियो, जुन भएन । यसरी पैतृक आर्जनको सगोलको जग्गा जमीन केही पनि नभई वादीको नाममा दर्ता भएको ज