निर्णय नं. ७२८३ - खिचोला हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८३ - खिचोला हक कायम भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०९/०३ ३०९७ निर्णय नं. ७२८३ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु सम्बत् २०५६ सालको दे.पु.नं.६२३४ फैसला मितिः २०६०।९।३।५ मुद्दा :– खिचोला हक कायम । पुनरावेदक वादीः भ.पु.जि.भ.पु.न.पा. वडा नं.५ बस्ने कृष्ण दास नापित बिरुद्ध विपक्षी वादीः ऐ.ऐ.बस्ने शिवकुमार त्यात समेत § मिति २०५३।५।३१ मा भक्तपुर नगरपालिकाबाट हक बेहकमा अदालतमा जाने भनी सुनाउने निर्णयबाट वादीलाई नालेस गर्नुपर्ने कारण परेको र सोही मितिलाई नै थाहा पाएको मिति मान्नु पर्ने भै सो मितिले ३५ दिन २०५३।७।४ मा पुग्नेमा २०५३।७।१० सम्म विजयादशमी बिदा र ११ गते आइतवार परेकोले सोको भोलीपल्ट अड्डा खुलेको दिन २०५३।७।१२ मा प्रस्तुत फिराद परेको देखिदा वादी बखतवहादुर श्रेष्ठ समेत प्रतिवादी इन्द्र गोपाल श्रेष्ठ समेत भएको जग्गा खिचोला मुद्दामा नगरपञ्चायतले हक कायम गराई ल्याउनु भनी सुनाएकोमा दुवै पक्षले हक कायम गराउन अदालतमा नगई पछिबाट खिचोला गरेको भनी सोही मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको भनी तर्क गर्न नमिल्ने । § भक्तपुर नगरपालिकाले अदालतबाट हक बेहकमा निर्णय गराई ल्याउनु भनी सुनाएको मिति २०५३।५।३१ बाट ऐनका म्याद भित्र परेको फिरादलाई यिनै प्रतिवादीहरुले २०५२।२।२१ मा दिएको उजुरी निवेदनलाई नै मुद्दा गर्नुपर्ने कारण मानी सोही मितिबाट ज.मि.को १८ नं.र ज.प.को १७ नं.को हद म्याद ६ महिना भित्र उजुर नगरेको भन्ने आधारमा प्रस्तुत फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला मिलेको नहुँदा बदर हुने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फवाटःविद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर अवलम्वित नजिरः फैसला न्या.दिलीपकुमार पौडेलः पुनरावेदन अदालत, पाटनको मिति २०५६।९।१३ को फैसला उपर चित्त नबुझी वादीतर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. मेरो पुर्खादेखि बसोबास गरी भोगचलन गरी आएको भक्तपुर जिल्ला नगरपालिका वडा नं.५ भार्छे टोलको पूर्व गणेशमान नापितको घर पश्चिम पूर्णवहादुर सुवालको घर उत्तर नवदुर्गाको चोक र दक्षिण सडक यति चार किल्ला भित्रको घर र सो घरसँग उत्तर पट्टी जोडिएको पाताल समेतको घर जग्गा र सोही घर जग्गादेखि पूर्व संधियार गणेशमान नापितको स्ववासी बसोबास भोगचलनको ऐ.को पूर्व विकुलाल नापितको घर पश्चिम पिता गणेशदास नापितको माथि उल्लेखित घर जग्गा उत्तर नवदुर्गाको चोक र दक्षिण मुलबाटो यति चार किल्ला भित्रको व्लक नं.४÷९४ को दक्षिण मोहडा पूर्व पश्चिम लम्वाई हात ९ र उत्तर पट्टी जोडिएको पूर्व पश्चिाम लम्वाई हात ८।। को ३ तल्ले पक्की घर र सो घर देखि उत्तर पट्टी जोडिएको पूर्व पश्चिम लम्वाई हात ८।। र उत्तर दक्षिण हात ७ को पाताल समेतको घर जगा र पाताल जग्गा समेत निज गणेशमान नापितसँगबाट मिति २०१८।१२।६ मा मेरो पिता गणेश दास नापितले तत्कालीन भक्तपुर रजिष्ट्रेशन अड्डा मार्फत फार्छे पारित गरी पिताले हक भोगचलन गरी आउनु भएको हो । उल्लेखित स्ववासी र किनुवा घर समेत भ.पु.जि.न.पा.वडानं.५ याछे टोलको पूर्व विकुलाल नापितको घर पश्चिम पूर्णवहादुर सुवालको साझा क्लिास उत्तर आफ्नै चोक (पाताल) र विलवहादुर श्रेष्ठको बगैंचा दक्षिण सडक यति च