निर्णय नं. ७२८४ - निषेधाज्ञा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८४ - निषेधाज्ञा भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०२/१६ ३२३३ निर्णय नं. ७२८४ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री बलिरामकुमार सम्बत् २०५७ सालको दे.पु.नं.५८३९ फैसला मितिः २०६०।२।१६।३ मुद्दा : निषेधाज्ञा । पुनरावेदक निवेदकः अव्दुल कारीर राइनको छोरा जिल्ला वर्दीया गुलेरीया गा.वि.स.वडा नं.१हाल कायम गुलरिया नगरपालिका वडा नं.८ बस्ने बसिर अहमद राइन बिरुद्ध विपक्षी प्रत्यर्थीः श्री प्रवन्धक, कृषि विकास बैंक शाखा कार्यालय, गुलरिया, वर्दीया समेत § धितो राखी जुन कार्यको लागि कर्जा लिएको हो, सो कार्य गर्न सकिन भनी जिकिर लिदैमा ऋण लिएको सांवा व्याज तिर्नु नपर्ने व्यवस्था कुनै कानूनले गरेको नदेखिदा ऋण मिन्हा पाउँ भनी दिएको निवेदनमा कुनै कार्यवाही भएको छैन भनी सांवा व्याज नतिरी बस्नु न्यायसंगत नदेखिने । § ऋण लिएको समय पश्चात यति सांवा व्याज समेत तिरी सकेको छु र पुनः माछा पालन कार्य संचालन गरेको छु भन्ने सम्मको कुरा पुनरावेदकले पुनरावेदन पत्रमा समेत खुलाउन सकेको नदेखिएको अबस्थामा बैंकले आफ्नो रकम असुल उपर गर्न नपाउने भन्न सकिने अबस्था नहुने । § कृषि विकास बैंक ऐन, २०२४ को दफा २०(क) बमोजिम कुनै व्यक्ति उद्योग, ग्राम समिति वा संगठित संस्थाले बैंकसँग भएको कर्जाको सम्झौता वा शर्त कवुलियतको पालन नगरेमा सो व्यक्ति उद्योग, ग्राम समिती वा संगठित संस्थाले बैंकसँग वा अन्य कुनै व्यवस्था गरी आफ्नो सांवा व्याज असुल उपर गर्न सक्ने छ भन्ने स्पष्ट कानूनी व्यवस्था रहे भएको पाइदा धितो रहेको अचल सम्पत्तिबाट लिलाम गरी बैंकले आफ्नो सांवा व्याज रकम असुल गर्न सक्ने हुँदा पुनरावेदन अदालत, नेपालगन्जले निवेदन दावी खारेज हुने ठहर्‍याई गरेको शुरु आदेश मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ९) पुनरावेदक निवेदक तर्फवाटः विपक्षी प्रत्यर्थी तर्फवाटः अवलम्वित नजिरः फैसला न्या.वलिरामकुमारः पुनरावेदन अदालत, नेपालगञ्जको २०५५।१२।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ बमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :– २. म निवेदकले विपक्षी कृषि विकास बैंक शाखा कार्यालय, गुलरिया बर्दीयाबाट मत्स्य पालन कार्यको लागि २०५१।२।२९ मा रु.२,१४,५००।– कर्जा लिएको थिए । सो कर्जा लिए वापत मैले गुलरिया गा.वि.स.वडा नं.१ को कि.नं.३१६ को ज.वि.०–३–१, कि.नं.२२२ को ज.वि.०–०–५, ऐ.कि.नं.३४४ को ज.वि.०–०–१०, ऐ.वडा नं.५ ख को कि.नं.२२० को ज.वि.१–०–० समेत जम्मा ज.वि.१–३–१६ धितो बन्धकी राखेको थिए । उक्त ऋण तिर्ने अवधि ५ वर्ष रहेको जो रकम प्रत्येक वर्ष किस्ताको रुपमा साँवा, व्याज बुझाउनु पर्ने थियो । यसरी विपक्षीहरुबाट कर्जा लिई ज.वि. १–११–० जग्गामा माछा पालन गरी आएकोमा सो माछा बिक्री गर्नु भन्दा अगाडि नै २०५२ साल श्रावण महिनाको तेश्रो सातामा आएको बाढीले मैले विपक्षीबाट कर्जा लिई र आफू स्वयंले लगाई गरेको माछाहरु बगाई लगी मेरो सर्वस्व समाप्त भए सरह भएकोले विपक्षीलाई वुझाउन पर्ने किस्ताको रकम बुझाउन नसकेकोले दैवि परेकोले मैले लिएको ऋण मिन्हा गरी पाउन कृषि विकास बैंक लगायतका विभिन्न निकायमा निवेदन दिएकोमा हालसम्म सो निवेदनको बारेमा वोर्डमा विचाराधीन भै रहेको छ भने सो कुराको टुंगो लागेको जानकारी म निवेदकलाई भएको छैन । र हाल आएर माछा पोखरी पुनः मर्मत सम्हार गरी माछा पालि आएको छु । यस्तो अबस्थामा विपक्षीबाट मैले धितो बन्धक राखेको उल्