निर्णय नं. १५८७ - लिखत पास

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५८७ - लिखत पास भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०८/२७ २५६७ निर्णय नं. १५८७ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.पु.नं. २८० पुनरावेदक/वादी : बाँके लगदहवा गा.पं.वार्ड नं.३ बस्ने नारायण सिं च्यामजुङ् विरुद्ध विपक्षी/प्रतिवादी : बाँके इन्द्रपुर गा.पं.वार्ड नं.१ बस्ने सैफु तेली मुद्दा : लिखत पास (१) जुन कुरामा प्रतिवादी छैन त्यस्तो कुरामा अदालत स्वयंले तर्क उठाउने अवस्था हुँदैन। (प्रकरण नं. ९) फैसला न्या.धनेन्द्रबहादुर सिंह १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) बमोजिम अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. प्रतिवादीले रु.३५,०००।–लिई ईन्द्रपुर गा.पं.वडा नं.१ (क) कि.नं.१४४, १४६, १८७, २४१, २५१ को ज.बि.१–८–१३ र घरबास मिन्हा ऐ.पञ्चायत वाड नं.१ को मगौति चिडीमार, सो पश्चिम बच्चु तेली, सो उत्तर मगौती तेली, सो पूर्व सडक, सो दक्षिण, पूर्व पश्चिम १४ हात, उत्तर दक्षिण ९ हात, माटोको देवाल खपराको छानो भएको गोठ घर १ गोठदेखि उत्तरको उत्तर दक्षिण २० हात, पूर्व पश्चिम १३ हात भएको दुवारा जग्गा दुवारा र गोठ घर सो पश्चिम उत्तर दक्षिण १३ हात, पूर्व पश्चिम ७ हात माटोको देवल खपराको छानो भएका भुइतले बैठक घर १ गोठ घर सो पूर्व उत्तर दक्षिण लम्बा १७ हात, पूर्व पश्चिम ९ हात माटाको देवाल खपराको छानो भएको तरवाहदार बस्ने घर १ भगैती तेलीका घर सो पश्चिम अओटोलाल खटिकको घर सो पूर्व बच्चु तेलीको बारी सो उत्तर दुवारा जग्गा सो दक्षिण ०–०–६ घडेरीवारी जग्गा १ समेत २०३३ साल फाल्गुण २१ गते राजीनामा गरी दिई म्यादभित्र पारित गरी दिनु होस् भनी प्र.सँग भन्दा आलटाल गरी ६ महिना म्याद गुजारी दिनु भएकोले रजिष्ट्रेशनका ५ नं.का म्याद ३५ दिनभित्र फिराद गर्न आएको छु भन्ने समेत नारायण सिंहको फिरादपत्र । ०३४।६।१९ गतेको इतलायनामा म्याद प्र.सेफु तेलीले गुजारेको । वादी नारायण सिंहलाई बिक्री गरेको घर जग्गा घरसारका राजीनामाबाट लेखी दिएको उक्त राजीनामा जुनसुकै अवस्थामा साहु असामी मिली लेखी लेखाई लिन र बच्चु तेलीको अंश मुद्दाको फिराद ०३४।५।३२।४ मा परेपछि घरसारको आडल ०३४।६।६ मा नारायण सिंहले सैफु तेली उपर पास गरी पाउँ भनी दिएको नालेसमा अंश मुद्दा पर्दा पर्दैको अवस्थामा भएको र बच्चु तेलीका अंश मार्नका लागि मिलोमतो गरेको समेत देखिनाले वादी दावी बमोजिमको राजीनामा लिखत रजिष्ट्रेशन पारित नुहने ठहर्छ भन्ने समेत वाँके जिल्ला अदालतको फैसला । ३. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादी नारायण सिंहको पुनरावेदन । ४. पुनरावेदकले जुन जग्गा आफूलाई राजीनामा पास गरी पाउँ भन्ने फिराद गरेको छ सो नै जग्गा प्रमाणको रुपमा आएको अंश मुद्दाको तायदातीमा पुनरावेदकलाई बिक्री गरेको भनी देखाई तायदातीमा दिएको देखिएको र सो मुद्दा वादी बच्चु तेलीले अंश पाउने ठहरी फैसला गरेकोमा प्रस्तुत मुद्दाका विपक्षी सैफु तेलीले यस अदालतमा पुनरावेदन गरेकोमा निजले सो तारेख गुजारी ०३६।९।२४ मा सो पुनरावेदन डिसमिस गराएको देखिन नआएकोले पास गरी पाउँ भनेको जग्गा तायदाती भित्र परी बच्चु तेलीले अंश पाउने गरी भएको जिल्ला अदालतको फैसला अन्तिम रुपमा कायम भएको देखिएकोले सोही मुद्दाका तायदाती भित्र यो दावीको जग्गा परेको देखिन आएको र सो तायदातीमा परेको यो दावी जग्गामा यो यति कारण अंश दिन