निर्णय नं. ८५५९ - परमादेशसमेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८५५९ - परमादेशसमेत । भाग: ५३ साल: २०६८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०६७/०७/१७ ४१६९ निर्णय नं. ८५५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह माननीय न्यायाधीश श्री रणबहादुर बम संवत् २०६४–WO–१०२१ आदेश मितिः २०६७।७।१७।४ मुद्दा : परमादेश समेत । निवेदकः काठमाडौँ महानगरपालिका–२ लाजिम्पाट नीलसरस्वतीमार्ग घर नं. ४३५/१४ बस्ने रमेशलाल श्रेष्ठ विरुद्ध प्रत्यर्थीः प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, समेत § आफूले कानूनले तोकेको कर्तव्यको पालना गरेको नदेखिएको अवस्थामा उक्त कर्तव्यको पालना नगर्ने व्यक्ति वा संस्थाले अरुलाई भने कर्तव्यको पालना गर भन्नु औचित्यपूर्ण र न्यायसंगत हुन नसक्ने । (प्रकरण नं.४) § निवेदन मागबमोजिम विदा वा काज स्वीकृत भएको ठान्नु अस्वाभाविक हुँदैन । कानूनबमोजिम हुने अपेक्षा र विश्वास गर्नु नै Lequitimate Expectation को न्यायिक सिद्धान्त मानिने । (प्रकरण नं.५) § कानूनले तोकेको आफ्नो काम कर्तव्य कुनै सार्वजनिक पदाधिकारीले मनासिब समयभित्र पूरा नगरे वा गर्नबाट इन्कार गरेमा सोबाट कुनै नागरिकको हक अधिकारमा असर परेमा अदालतबाट सो तोकिएको कानूनी कर्तव्य गर्नु भनी परमादेश जारी हुने । § कुनै निजामती कर्मचारीले विदा वा काज माग गरी निवेदन दिनुपर्ने कानूनी कर्तव्य तोकिएकोमा सो काज वा विदा स्वीकृत वा अस्वीकृत भएको जानकारी दिनुपर्ने कर्तव्य पनि सो काज वा विदा स्वीकृत गर्ने पदाधिकारीलाई तोकिएको हुँदा सम्बन्धित पदाधिकारीले सो तोकिएको कर्तव्यको पालना नगरी निवेदन मागको सम्बन्धमा कुनै जानकारी नदिई निज अनुपस्थित रहेको भनी अवकाश दिने गरी कारवाही प्रारम्भ गरिएको अवस्थामा सो कारवाही अनुचित एवं पक्षपातपूर्ण हुने । (प्रकरण नं.७) निवेदकका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती प्रत्यर्थी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री महेश शर्मा पौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § निजामती सेवा नियमावली, २०५० को नियम ६४, ६४(१) को (१ख), आदेश न्या.रामकुमारप्रसाद शाहः नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दायर हुनआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : निवेदक नेपाल सरकार अर्थ मन्त्रालयको उपसचिव पदमा कार्यरत् रहेको अवस्थामा प्रत्यर्थी अर्थ मन्त्रालयको २०५७।३।१३ को पत्रबाट संयुक्त राष्ट्रसंघको नियोग अर्न्तगत United Nations Administration Mission in Kosovo (UNMIK) मा काम गर्न मनोनयन गरिएबमोजिम संयुक्त राष्ट्रसंघको २२ अगष्ट २००० को पत्रबाट स्वीकृति प्राप्त भई सामान्य प्रशासन मन्त्रालयले २०५७।६।१६ को पत्रवाट काज सहमति दिएकोले मनोनयन गरी खटाइएबमोजिम उक्त स्थानमा गई कार्य गरी आएको थिएँ । मिति २०५७।५।२२ बाट ६ महिनाको लागि बेतलबी काज स्वीकृत गरिएकोमा मनोनयन गरी पठाएको कार्यालय (UNMIK) ले मेरो कार्य सम्पादन क्षमता तथा कार्य कुशलतालाई हेरी काज फिर्ता नगरी पटक–पटक म्याद थप गरी निरन्तर ३१ डिसेम्वर २००५ सम्म काममा लगाएको थियो । निवेदकलाई काज फिर्ता नगरी म्याद थप गरी काममा लगाइएको व्यहोरा उक्त निकायले परराष्ट्र मन्त्रालयमार्फत् तत्कालीन श्री ५ को सरकारलाई निरन्तर रुपवाट जानकारी गराई आएको थियो भनी म निवेदकले व्यक्तिगत रुपमा २०५७।१२।१३, २०५८।३।२७, २०५९।५।७, २०५९।१०।६, २०६०।६।१३, २०६१।१२।१३ र २०६२।१।११ मा साविकबमोजिमको बेतलबी काज अवधि थप गरी पाउन निवेदन गरेको