निर्णय नं. ७२८५ - डांका खुन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८५ - डांका खुन भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०२/२६ ४७७८ निर्णय नं. ७२८५ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री राम नगिना सिंह सम्वत २०५६ सालको फौ.पु.नं. ...२२५२ सम्वत २०५७ सालको फौ. पु. नं. २५७३ सम्वत ०५७ सालको फौ. पु. नं. ..२५७२ फैसला मितिः २०६०।२।२६।२ मुद्दा :– डांका खुन । पुनरावेदक प्रतिवादीः भरत राउत कुर्मी समेतको जाहेरीले श्री ५ को सरकार बिरुद्ध प्रत्यर्थी प्रतिवादीः जि. पर्सा, मनिहारी ७ बस्ने रामसुन्दर साह तेली समेत पुनरावेदक प्रतिवादी वैजनाथ महतो खुल्वट विरुद्ध प्रत्यर्थी वादीः लक्ष्मी राउत कुर्मिको जाहेरीले श्री ५ को सरकार . पुनरावेदक प्रतिवादीः मंगल राउत अहिर विरुद्ध प्रत्यर्थी वादीः लक्ष्मी राउत कुर्मिको जाहेरीले श्री ५ को सरकार § फौजदारी मुद्दामा प्रतिवादी उपरको कसूर विवाद रहित तवरले प्रमाणित गर्ने भार वादी पक्षमा रहने कानूनी व्यवस्था वमोजिम प्रतिवादीहरुले वारदातका क्रममा को को भै के कसरी के कुन तरिकावाट वारदात घटाएको हो त्यो कुराको पुष्टी मिसिल कागज प्रमाणवाट देखिनु फौजदारी न्यायको रोहमा महत्वपूर्ण पक्ष रहने । § फौज्दारी न्याय प्रशासनमा सरकारी पक्षको कर्तब्य वारदातको वारेमा वयान गराउनु, म्याद थप्नु, अभियोग पत्र दायर गर्नु र वहस पैरवी गर्नुका मात्र सिमित रहने हुदैन, अभियोग दावी लिइएका व्यक्तिहरुको उक्त अपराधमा के कुन तरिकाले सँलग्न रहेको थियो निजको भूमिका घटनामा के कस्तो थियो, उक्त कुरा पुष्टि हुने दशी प्रमाण के कस्ता छन् ? सो को यथार्थ विवरण मिसिलवाट देखिनु पर्ने । § शंका रहित तवरवाट प्रतिवादीहरु उपरको अभियोग समर्थन प्रमाणवाट पुष्टी हुन नआएको स्थितिमा केवल अनुमान र प्रहरीमा भएकै वयानको आधारमा दोषी कायम गर्नु न्यायोचित एवं कानूनी राज्यको मान्य सिद्धान्त वमोजिम भएको मान्न नमिल्ने हुँदा प्रत्यर्थी प्रतिवादीहरुलाई अभियोग दावीवाट सफाइ दिने गरी भएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेकै देखिदा सदर हुने । § प्र. वैजनाथ महतो खुल्वटको अभियोग दावी प्रमाणित गर्ने प्रमाणको रुपमा जाहेरी, पानी पटाउन गएका मिश्री ठाकुर एवं वच्चा राउत कुर्मीको कागज, मृतककी श्रीमती आइत वरियाको वयान कागज लगायत अधिकार प्राप्त अधिकारी समक्षको सह–अभियुक्तहरुको पोल वाहेक स्वतन्त्र रुपले निजको वारदातमा सँलग्नता थियो भन्ने ठोस वस्तुनिष्ठ आधार प्रमाण मिसिलवाट देखिन आएन । जाहेरी दरखास्त, प्रहरी समक्षको वयान, पीडित पक्षको कागजले त्यतिवेला प्रमाणको रुप धारण गर्छ जुन वेला अन्य स्वतन्त्र रुपवाट घटनाको स्वरुपलाई चित्रण गर्ने प्रमाण मौजुद रहन्छ । अभियोग दावीलाई पुष्ट्याई गर्ने माथि उल्लेखित जाहेरी दरखास्त, प्रहरी समक्षको वयान कदापी हुन नसक्ने । § ज्यान डाका जस्तो संगिन अपराधमा केवल शंका र अनुमानको भरमा कसूरदार ठहर्‍याउनु मिल्ने नहुँदा पुनरावेदन अदालत हेटौडाले निज वैजनाथ महतोलाई कैद बर्ष तीन गरेको रायसँग सहमत हुन नसकिदा सो उल्टी भई निजले अयिभोग दावीवाट सफाइ पाउने । (प्र.नं. ४१ र ४२) पुनरावेदक प्रत्यर्थी श्री ५ को सरकारका तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री लोकजंग साह प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताद्वय श्री लोकभक्ता राणा र श्री शंभु थापा अवलम्वित नजिरः फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत हेटौडाको मिति २०५५।१२।१ को फैसला उपर न्याय प्रशासन ऐन, ०४८ को दफा ९(१)(ग) अन्