निर्णय नं. १५८८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५८८ - अंश भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०९/१८ २५४४ निर्णय नं. १५८८ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको दे.फू.नं. २००।२०१ फैसला भएको मिति : २०३९।९।१८।१ मा पुनरावेदक/वादी : ल.पु.जि सैंभुभैसेपाटी गा.पं.वार्ड नं.४ बस्ने मानकुमारी थापा, ऐ.ऐ. बस्ने अम्बरबहादुर थापा विरुद्ध पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने वद्रीबहादुर थापा, ऐ.ऐ.बस्ने पदमबहादुर थापा मुद्दा : अंश (१) अंश भई सकेको भन्न केही अचल सम्पत्ति संयुक्त रुपमा दर्ता भई रहेको देखिन आएकोले वादीले दावी गरे बमोजिम अचल सम्पत्तिको हक हिस्सा पाउने । (प्रकरण नं. ८) वादी पुनरावेदकतर्फबाट : विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रतिवादी विपक्षीतर्फबाट : विद्वान व.अ.श्री कृष्णप्रसाद भण्डारी र विद्वान व.अ.श्री सर्वज्ञरत्न तुलाधर फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. हामीहरुका बाजे तथा ससुरा मानबहादुरका छोराहरुमा जेठा हामीहरुका पिता तथा पति कृष्णबहादुर, माहिला, म मानकुमारीको देवर म अम्बरबहादुरका काका पदमबहादुर १ वद्रीबहादुर १ थिए । हामीहरुका पति तथा पिता कृष्णबहादुर २०२० सालमा र बाजे ससुरा ०२५ सालमा बजै सासु ०३१ सालमा परलोक हुनु भयो । निज सासु ससुरा तथा छोराहरु ३ जना समेतको चल सम्पत्ति जति भाग शान्ति बण्डा गरी ००५ साल चैत्र २५ गते आफ्नु भागबण्डा बुझी लिई सकेको बाँकी अचल सम्पत्ति घरजग्गा सासु ससुराको जिवनभर बण्डा नगर्ने गरी सगोलमै राखी मानु छुट्टिई बेगल बसी आएका थियौं । विपक्षीहरुसँग रीत पूर्वकको अंशबण्डा गरी दिनुहोस् भनी बराबर भन्दा विपक्षीहरुले मात्र खाने नियत गरे, विवाह खर्च पर सार्नु पर्ने केही नभएको हुँदा घर जग्गाको ३ बण्डा गरी हामी फिरादीहरुको १ भाग छुट्याई अंश दिलाई पाउँ भन्ने समेत व्यहोराको वादी दावी । २. वादीको दावी लेखाई झुठ्ठा हो । ००५।१२।२५ गते जग्गा जमीन घर समेत बण्डा गरी विपक्षीहरु आफ्नो आफ्नो भागको घर जग्गामा बसी भोग चलन गरी आएका छन् । बाबु आमालाई कसैले हेरविचार गरेको छैन, बाचुञ्जेल हेरविचार पालन–पोषण र स्वर्गे भएपछि दागबत्ति काज–कृया समेत मैले नै गरेको । बाबु आमा क्रमशः ०२५ र ०३१ सालमा स्वर्गवास भए पछि उहाँहरुको भागको घर जग्गा मलाई दिई जानु भएको, विपक्षी अम्बरबहादुर पदमबहादुरले आमाले आफ्नु सम्पत्ति जसलाई दिए पनि उजूर गर्ने छैन भनी ०२६।१०।१८ गते छोडपत्र गरी दिनु भएको थियो । यसरी बण्डापत्र भैसकेकोमा सो कुरालाई दवाई झुठ्ठा उजूर गरेकोले अंशबण्डाका ३० नं.ले नालेस खारेज गरी झुठ्ठा वादी दावीबाट मुक्त हुन पाउँ भन्ने समेत व्यहोराको प्र.वद्रीबहादुरको प्रतिउत्तरपत्र । ३. वादी दावी अनुसार मानु छुट्टिएको मिति ००५ साल चैत्र २५ गते सत्य हो । ००५।१२।२५ मा मानु छुट्टिँदा चल सम्पत्ति प्राप्त गरेको अचल कमसल खालेको केही रैकर पाएको हुँ । सो लिखत पछि जेठा दाई कृष्णबहादुर भिन्न हुनु भयो । म चाँही बद्रीबहादुर आमा बाबुसँगै बसी भाइ बहिनीको विवाह समेत मैले नै गरी ०११ सालमा म पनि अलग भएको सो अवस्थाको बण्डापत्र भएको छैन । मलाई उक्त ००५ सालमा छुट्याएको अचल सम्पत्ति मध्ये अर्काको विर्ता रोपनी ३।८।२ र रैकर ५–१५–० मात्र पाएको थिएँ, अरु घर जग्गा केही पाएको छैन । मानो छुटिएपछि घर म आफैंले बनाई बसें । साविक रसिद १३९० को डाँडा बारी खेतको हाल सैंभु भैंसेपाटी गा.पं.बडा नं.४ (क) कि.नं. १, १३, १४, १५ को खेत जम्मा रोपनी ४–७