निर्णय नं. ७२८६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२८६ - कर्तव्य ज्यान भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/१०/२३ ४०६९ निर्णय न.७२८६ ने..का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्वत् २०५८ सालको फौ.पु.नं. २९७१ सम्वत २०५९ सालको साधक नं. ४२० नि.नं ६९६५,७४१३ फैसला मितिः २०६०।१०।२३।६ मुद्दाः– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः पाल्पा जिल्ला वराङदी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा नख्खुमा थुनामा वस्ने कमलप्रसाद वस्याल विरुद्ध विपक्षी वादीः छवि नेपालको जाहेरीले श्री ५ को सरकार वादीः छवि नेपालको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः पाल्पा जिल्ला वराङदी गा.वि.स. वडा नं. ९ घर भै कारागार शाखा नख्खु ललितपुरमा थुनामा वस्ने कमलप्रसाद वस्याल समेत § वियरको वोतल जम्मा गर्ने हेतु प्रतिवादी एवं मृतक रहेको वारदात स्थलमा पुगेका र खानपान गरेको देख्ने विष्णु शरण जंगमले प्रतिवादी कमलप्रसाद वस्याललाई सनाखत गरेको, यस स्थितिमा वियर र रक्सी खाएको आसपासमा रहेको मृतकको लास प्रतिवादी कमलप्रसाद वस्यालको प्रहरीमा भएको साविती वाहेकको अन्य कारणवाट परेको भन्न मान्न सकिने अवस्था देखिन नआएको अवस्थामा कमलप्रसाद वस्यालको प्रहरीको साविती अन्यथा भन्न नसकिने । § मुख्य मार्ने मतलवमा पसेका र मार्न वचन दिने केशव नेपाल, मार्ने कार्यमा हात हाल्ने, मार्ने कृष्ण भन्ने ओलाङ जेलिङ राना नै देखिन आएवाट निजहरुका हकमा पुनरावेदन अदालत पाटनले गरेको इन्साफ मुनासिव देखिंदा साधक सदर हुने । § प्रतिवादी पुनरावेदक कमलप्रसाद वस्याल उपर ज्यान सम्वन्धीको १३(३) नं. को अभियोग भएतापनि निजले मार्न निमित्त लाठा ढुंगा र साधारण हातहतियारले कुटी हानी रोपी घोची वा अरु यस्तै ज्यान मार्ने कार्य गरेको मिसिलवाट देखिन आउदैन । ज्यान सम्वन्धिको १३(३) को दावीमा सो अवस्था विद्यमान हुन जरुरी हुन्छ । ज्यान सम्वन्धीको १३(३) को अवस्था विद्यमान नभएको अवस्थामा दावीकै भरमा १३(३) आकर्सित हुन नसक्ने । § प्रतिवालीले ज्यान मार्नको निमित्त वचन दिने र मार्नलाई संयोग पारि दिन निमित्त वारदातमा गै मर्ने मानिसको जिउमा हातहाली पक्रि दिने कार्य पनि गरेको देखिन नआएको अवस्थामा ज्यान सम्वन्धिको १३(४) आकर्षित हुन सक्ने पनि देखिन नआउने। § प्रतिवादी कमलप्रसाद वस्याल ज्यान मार्ने कार्यमा मुख्यभै षडयन्त्र गर्ने व्यक्ति नदेखिएतापनि मार्ने कार्यको निमित्त वारदात स्थलमा पुर्याई रक्सी खुवाउने कार्यमा सहयोगीको रुपमा देखिन आउने । § ज्यान मार्ने कार्यमा षडयन्त्र गर्ने व्यक्ति एक वा एक भन्दा वढी रहन सक्दछन, षडयन्त्र भित्र रहेका व्यक्ति षडयन्त्रको कार्य सम्पन्न हुनु पुर्व षडयन्त्रको योजनावाट वाहिरीन सक्ने सम्भावना पनि रहन सक्ने हुँदा षडयन्त्रको कार्यवाट वाहीरिएका षडयन्त्रको परिणाम हासिल गर्ने कुनै कार्यमा कृयाशिल नरहेका व्यक्तिको निमित्त ज्यान सम्वन्धीको १६ नं. आकर्षित हुने नदेखिने। § षडयन्त्रको समूह भित्रका भिन्न भिन्न व्यक्तिको भिन्न भिन्न जिम्मेवारी हुनसक्ने हुंदा त्यस्तो षडयन्त्र भित्र पसी लक्षीत परिणाम हासिल गर्न सहयोग पुर्याउने वा क्रियाशील हुने व्यक्तिका सम्वन्धमा ज्यान सम्वन्धिको १६ नं. आकर्षित नहुने भन्न सकिने अवस्था देखिदैन र ज्यान सम्वन्धी महलको व्यवस्था हेर्दा ज्यान मार्ने कार्यमा क्रियाशील रहेको व्यक्तिहरुका सम्वन्धमा ज्यान मार्ने कार्यमा संलग्न रहेका व्यक्तिले गरेको कार्य अनुसारको सजायको व्य