निर्णय नं. ७२८७ - निर्णय वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२८७ - निर्णय वदर भाग: ४५ साल: २०६० महिना: पौस अंक: ९ फैसला मिति :२०६०/०३/२६ २५४५ निर्णय न.७२८७ ने.का.प.२०६० अङ्क ९.१० संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५५ सालको दे.पु.नं. ..४७२५ फैसला मितिः २०६०।३।२६।५ मुद्दाः– निर्णय वदर । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४ कुलेश्वर वस्ने सानु महर्जन विरुद्ध विपक्षी वादीः ऐ. वडा नं. १२ टेकु वस्ने याक भिसा भन्ने सूर्यभक्ति श्रेष्ठ § वादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्न गुठीमा पठाउने यस अदालतको मिति २०५१।६।३ को फैसला कायम रहेको अवस्थामा गुठीले मोही नामसारी तर्फ निर्णय गरेको कुराका सम्वन्धमा प्रस्तुत मुद्दामा विचार गर्नुपर्ने स्थिति नहुने । § गुठी संस्थान ऐन, २०३३ दफा ३९(२) को उपदफा (१) वमोजिम प्रशासकले वा प्रशासकको काम गर्ने प्रशासकीय प्रमुखले गरेको निर्णयमा चित्त नवुझ्ने व्यक्तिले सो निर्णय उपर ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन दिन सक्नेछ भन्ने कानूनी व्यवस्था रहेको देखिएको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा ३९ को अधिकारक्षेत्र भित्र रही सो भित्रको विषयमा निर्णय गरेको खण्डमा मात्र पुनरावेदन अदालतमा पुनरावेदन लाग्ने कुरा ऐ. को उपदफा २ ले प्रष्टरुपमा तोकेको हुँदा प्रस्तुत मोही नामसारी र कित्ताकाटको विषय उक्त दफा ३९ को विषयवस्तु भित्र पर्ने नदेखिने । § न्याय प्रशासन ऐन, २०४८ को दफा ८ अनुसार पुनरावेदन लाग्ने हो कि त भन्नलाई पनि गुठी तहसिल कार्यालयको सो निर्णय उपर पनुरावेदन अदालतमा पुनरावेदन लाग्न सक्ने अवस्था देखिदैन भनी यस अदालतवाट सिद्धान्त प्रतिपादन भएको देखिएको परिप्रेक्ष्यमा पुनरावेदन अदातलले प्रस्तुत मुद्दामा पुनरावेदकिय क्षेत्राधिकार ग्रहण गरेको मिलेको नदेखिने । § मुलुकी ऐन अदालती वन्दोवस्तको ३५ नं. ले पनि आफूले हेर्न हुने मुद्दा वाहेक अरु मुद्दा हेरे छिनेको भए वदर हुने देखिदा उल्लेखित कानून र प्रतिपादित सिद्धान्त समेतका आधारमा आफू कहाँ पुनरावेदन नै नलाग्ने विषयमा वादी सूर्यभक्तिको पुनरावेदन ग्रहण गरी गुठी संस्थान काठमाडौं गुठी तहसिल कार्यालयको निर्णय वदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसला मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. १३ र १४) पुनरावेदक प्रतिवादी तर्फवाटःविद्वान अधिवक्ता श्री हिरा रेग्मी विपक्षी वादी तर्फवाटःविद्वान अधिवक्ता श्री धनबहादुर वस्नेत अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको मिति २०५५।१।४ को फैसाल उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अनुसार प्रतिवादीको तर्फवाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र फैसला यसप्रकार छ २. श्री पचली भैरव गुठीमा दरिएको नापीका वखत का.न.पा.वडा नं. २(क) हाल वडा नं. १२ परेको कि.नं. १२ को ०(११(३ क्षे.फ. जग्गा का.न.पा. वडा नं. १४ वस्ने सानु महर्जन पुनरावेदक भई पुनरावेदन अदालत पाटनले मिति २०४९ पौष २ मा प्रतिवादीले वनाएको घरले चर्चेको जग्गा वाहेक अरु जग्गाको मोही नामसारी हुने नहुने तर्फ कानून वमोजिम निर्णय गर्नु भनी गुठी संस्थानलाई लेखी पठाउने गरी गरेको फैसलामा चित्त नवुझी सो निर्णय वदर गरी पाउं भनी श्री सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा मिति २०५१ साल आश्विन ३ गते श्री सर्वोच्च अदालतले २०४९ साल पौष २ मा पुनरावेदन अदालत पाटनले गरेको फैसला सद