निर्णय नं. १५८९ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५८९ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०२/०६ २५७२ निर्णय नं. १५८९ ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३७ सालको रिट नम्बर १४४७ आदेश भएको मिति : २०३९।२।६ मा पुनरावेदक : जि.धनुषा जनकपुर नगर पञ्चायत वडा नं.१४ बस्ने बुलन यादव विरुद्ध विपक्षी : जि.ध.जनकपुर नगरपञ्चायत वडा नं.१४ बस्ने मुनीलाल कुर्मिसमेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) अ.बं.२०८ नं.बमोजिमको दरपिठमा उजुर परी अ.बं.१७ नं.बमोजिम कैफियत तलब समेत गरी अधिकार प्राप्त पुनरावेदन सुन्ने अदालतले दिएको आदेशलाई कानूनी त्रुटि गरेको भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.गजेन्द्रकेशरी बास्तोला १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी उल्लिखित दुवै आदेशहरु बदर गरी मेरो आधारित हकहरु संरक्षण तथा प्रचलन गराई पाउँ भन्ने रिट निवेदन मिति २०३७।११।२६।२ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यसप्रकार छन् : विपक्षी मध्येका मुनिलाल कुर्मिले मलाई रु.५०००।–मा निजको नाउँ दर्ताको जि.ध.सोही मुजलिया गाउँ पञ्चायत वडा नं. १ कि.नं.१२८ को ०–४–१५ धुर जग्गा मिति २०३४।९।२२ मा घरसारमा राजीनामा गरी दिनु भएको थियो । सो राजीनामाको लिखत पारित गरी नदिनु भएकोले लिखत पारित गरी गाउँ भनी मेरो फिरादपत्र ध.जि.अ.मा पर्यो । यसै बीच विपक्षी शिवजी यादवले प्र.मुनिलालबाट दोहोरो पारी सोही जग्गा राजीनामा गराई लिएको विदित हुन आएकोले दुवैजना विपक्षी माथि दर्ता बदर र लेखक तथा अन्तर साक्षी समेत उपर जालसाजी मुद्दा ध.जि.अ.मा दायर गरें । उक्त मुद्दाहरुमा प्र.हरुको नाउँमा इतलायनामा तथा समाव्हान जारी भई जाँदा अ.बं.११० नं.को रीत पुर्याई निजहरुको नाउँमा तामेल हुनुको साथै स्थानीय नगर पञ्चायत समेतलाई सो म्यादहरु बझाईयो । प्र.हरुले प्रतिउत्तरपत्र फिराउने म्याद गुजारी बस्नु भयो । मेरो दावी अनुसार दोहोरो लिखतलाई बदर हुने ठहराई सो लिखतको आधारमा भएको दर्तालाई बदर गरी मेरो लिखत पारित हुने ठहरी मिति २०३६।२।२७।१ मा ध.जि.अ.बाट फैसला भयो । सो फैसला अनुसार मैले लिखत पारित गराई जग्गा दर्ता समेत गराई सकेको छु । विपक्षीहरु पाँचौ दरपिठको विरुद्वमा पाँच थान आवेदनपत्र अ.बं १७ नं.अन्तर्गत जनकपुर अञ्चल अदालतमा दिनु भयो । ज.अ.अ.ले २०३६ साल फाल्गुण महिना बेगतेको आदेशको सम्बन्धी म्यादहरुको प्रतिलिपि आई पुग्दा अ.बं.११० नं.को त्रुटि विद्यमान नभएको देखेपछि का.मु.अ.न्या.श्री टेकबहादुर रायमाझीले प्रचलित नेपाल कानूनको व्यवस्था विपरीत वारेसनामा दिने प्र.मुनिलाल कुर्मि तामेलीमा सही गर्ने बडा अध्यक्ष लगायतका व्यक्तिहरु समेतलार्ई गैरकानूनी किसिमले ७ दिने म्याद काटी ज.अ.अ.मा झिकाई बयान गराई सो बयानको आधारमा र गैरकानूनी तर्कहरुको आधारमा ध.जि.अ.को दरपीठ गर्ने आदेशलाई बदर गरी प्रतिउत्तर दर्ता गरी इन्साफ गर्नु भनी न्यायीक इतिहासमा पहिलो पटक अदालतबाट पाँचवटा अलग अलग दिइएको आवेदनहरुमा एउटै फैसला सरहको आदेश मिति २०३७।३।३२ मा दिइयो। सो आदेशको विरुद्धमा म.क्षे.अ.मा अ.बं.१७ अन्तर्गत निवेदनपत्र दिँदा कैफियत तलब गरियो । कैफियत प्रतिवेदनबाट मेरो निवेदनपत्रमा लिइएका जिकिरहरु मध्ये कुनै