निर्णय नं. १५९० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५९० - उत्प्रेषण भाग: २४ साल: २०३९ महिना: पौस अंक: ९ फैसला मिति :२०३९/०७/२५ २३३८ निर्णय नं. १५९० ने.का.प. २०३९ अङ्क ९ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रि.नं. १६३७ आदेश भएको मिति : २०३९।७।२५।५ मा निवेदक : जि मोरङ्ग विराटनगर नगर पञ्चायत वार्ड नं.१४ बस्ने धर्मराज विष्ट विरुद्ध विपक्षी : जि.का.भूमिसुधार मोरङ्ग, वि.न.पं.,विराटनगर, जि.मोरङ्ग कदमा गा.पं. वार्ड नं.२ बस्ने शेख महमहीद मियाँसमेत विषय : उत्प्रेषण (१) जग्गा दर्ता तिरोको लगत कसिएको छ छैन, सम्बन्धित कार्यालय नबुझी फिल्डबुकमा लेखिएको आधारमा जग्गाको क्षेत्रफल र किसिमलाई कायम मानी कूत बाली बुझाएको भनी गरेको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ : २. जिल्ला मोरङ्ग प्रगन्ना बरियाती मौजेदार बैरियाको साविक नापि बमोजिम रैति नं.३३१ को अब्वल दरको पोत रु.३३४।१८ लागेको ज.वि.६–११–१ जग्गा हाल नापी हुँदा जि.मोरङ्ग कदमाहा गा.पं.वार्ड नं.२ (ख) मा परेको उक्त जग्गा मध्ये ३–५–० जग्गाको ०३३ सालको कूत नबुझाएकोले कूत दिलाई भराई मोहीबाट निष्कासन गरी पाउँ भनी विपक्षी कार्यालयमा निवदन दिँदा उक्त जग्गा हाल नापीमा ज.वि.२–१७–१७ हुन आएको र जग्गाको किसिम अब्बल नभई दोयम हुनाले सो अनुसार हुन आउने कूत धान ३३।५।१० मध्ये धान मन २४ को प्रचलित बजार भाउ रु.५६। प्रति मनले हुन आउने रु.१२६०।–कदमाहा गा.पं.. मा धरौटी राखेको भन्ने महमद्दिन मियाँको प्रतिउत्तर परेकोमा भू.सु.शाखाबाट उक्त प्रतिउत्तरलाई आधार मानी नापीको फिल्डबुक हेरी ज.वि.२१–१७–१७ र किसिम दोयम भएकोले निवेदन खारेज हुने भनी विपक्षी कार्यालयबाट भएको निर्णय जग्गा नापजाँच ऐन, २०१९ को दफा ८ (३) र दफा १० (३) को विपरीत भएको छ । किनभने उक्त ऐनले तोकेको म्यादभित्र हक पुग्ने व्यक्तिले दिएको निवेदन खारेज गर्न नहुनेमा खारेज गरिएको छ । जग्गाको क्षेत्रफल वा किसिम सम्बन्धी कुनै प्रकारका उजुरी सुन्ने वा निर्णय गर्न नपाउने ने.का.प.०२२ निर्णय नं. २२१ मा तोकिएको अधिकारीले मात्र ऐनको अधिकार प्रयोग गर्न सक्ने गरी भएको प्रतिपदित सिद्धान्तको समेत विपरीत भएको विपक्षी भू.सु.का.को निर्णय वदरभागी छ । त्यस्तो त्रुटिपूर्ण निर्णयबाट मेरो संवैधानिक तथा कानूनी हक हनन् भएकोले उत्प्रेषणको आदेशद्वारा विपक्षी कार्यालयको ०३५।१।५।३ को निर्णय बदर गरी हनन् भएको हक संरक्षण गरी पाउँ भन्ने रिट निवेदन भएकोमा सबूत प्रमाणको मूल्यांकन गरी अधिकारक्षेत्र भित्र रही भू.प्र.का.बाट निर्णय भएको देखिएकोले रिट निवेदन खारेज हुने ठर्हछ भनी लिखितजवाफ नै नमगाई मिति ०३५।२।१२।५ मा यस अदालतबाट निर्णय भएपछि प्रस्तुत मुद्दा सम्वत् ०३४ सालको रि.नं.१०६५ निवेदक घरनीकुमार चौधरी विरुद्ध जि.का. भू.प्र.शाखा, सुनसरी समेतसँग रुलिंग बाझिएकोले फुलबेञ्चमा पेश गर्ने आदेश पाउँ भन्ने रिट निवेदकको पुनः निवेदन परी आदेश निमित्त सम्माननीय प्र.न्या.को सिंगलबेञ्चमा पेश हुँदा प्रस्तुत मुद्दा उक्त रि.नं.१०६५ को निवेदन घरनीकुमार चौधरी विरुद्ध जि.का.भू.प्र.शाखा सुनसरी समेतसँग रुलिंग बाझिएको देखिएन भन्ने मिति ०३६।५।२५।२ मा आदे