निर्णय नं. ७२९५ - उत्प्रेषण समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२९५ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/०५/३१ ८३११ निर्णय नं. ७२९५ ने.का.प.२०६० अङ्क ११.१२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५७ सालको रिट नं. ..२७६६ आदेश मितिः २०६०।५।३१।४ विषय :— उत्प्रेषण समेत । निवेदकः बांके जिल्ला नेपालगंज औद्योगिक क्षेत्रमा स्थापित श्री टण्डन टेक्सटाइल प्रा. लि. कोतर्फवाट अधिकार प्राप्त गरी आफ्नो हकमा समेत ऐ का प्रवर्धक तथा संचालक बांके जिल्ला नेपालगंज नगरपालिका वडा नं. १७ नाकाटोल बस्ने कृष्णगोपाल टण्डन समेत विरुद्ध विपक्षीः नेपाल राष्ट्र बैंक, काठमाडौं समेत § कर्जा नियन्त्रण गर्ने नेपाल राष्ट्र बैंकको अधिकार अ्रन्तर्गत बैंक तथा वित्तीय संस्थावाट लिएको कर्जा सो लिंदाको शर्त अनुसार नतिर्ने वा निर्दिष्ट समयावधि भित्र चुक्ता नगर्ने व्यक्ति वा संस्थालाई कालो सूचीमा राख्ने गरी जारी गरिएको नेपाल राष्ट्र बैंकको परिपत्रलाई स्वभाविक रुपमा लिइनु पर्ने देखिन आउनुका साथै ऋणीले ऋण नतिरेको वा भाखा नघाएको कारण र औचित्य समेत विचार गरी वित्तीय संस्थाहरुलाई ऋण लिंदाको शर्त वा भाखा नघाउने ऋणीको नाम कालो सूचीमा राख्न नेपाल राष्ट्र बैंकद्वारा परिपत्र गर्न कानूनले स्पष्टतः बन्देज लगाएको समेत नपाइने । § कुनै पनि वित्तिय संस्थाले धीतो लिंदानै सावधानीका साथ लिनुपर्छ । आफ्नो कर्मचारी वा प्रवन्धकको गफलतले गर्दा धीतो लिने कार्यमा कैफियत हुन गएको स्थितिमा त्यस्को लागि जिम्मेवार व्यक्ति उपर कारवाही समेत समयमा नै चलाउन सक्नु पर्छ । आफूले गर्नुपर्ने काम कारवाई नगरि लामो समयसम्म निष्क्रिय प्रायः रही त्यसपछि एका एक सो उद्योग तथा सो उद्योगका प्रवद्र्धक तथा संचालकहरुलाई कालो सूचीमा राख्ने कार्यको लागी पर्याप्त कारण वा आधार स्पष्ट नहुंदा औचित्यपूर्ण मान्न नसकिदा त्यस सम्वन्धी विपक्षी निगमको मिति २०५६।१०।५ को पत्र समेतका सम्पूर्ण काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. १३ र १४) निवेदकतर्फवाटःविद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षीतर्फवाटः विद्वान अधिवक्ताहरु श्री प्रेमप्रसाद पाण्डे, श्री थानेश्वर आचार्य, श्री भरतराज उप्रेती, श्री शरण शंकर पौडेल र श्री अच्युत भण्डारी अवलम्वित नजिरः आदेश प्र.न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ :— २. टेरिटावल क्लथ उत्पादन गरी स्वदेशी तथा विदेशी बजारमा बिक्रि गर्ने उद्देश्यले प्राइभेट कम्पनीको रुपमा निवेदक उद्योग दर्ता भएको हो । नेपाल औद्योगिक विकास निगमको मिति २०४२।४।१४ को निर्णय अनुसार रु.३६,००,०००।–ऋण उपलब्ध गराउने भएको र यस उद्योगको मेशिनरी तथा यन्त्र उपकरण समेत धितो राखी मिति २०४२।४।१६ मा र मिति २०४२।१०।१३ मा दृष्टिबन्धकी तमसुक गरिदिएको थिएँ । उद्योगवाट उत्पादित टेरिटावल क्लोथको माग स्वदेशी बजारमा शुन्य प्रायः भएकोले प्रारम्भमा ठुलो शंकट परेको र भारततर्फ निकाशी गर्ने प्रयाश गर्दा समय लाग्ने भएकोले मिति २०४९।१।१४ मा ऋणको म्याद पाँच बर्ष थप गर्न स्वीकृति भए अनुसार मिति २०४९।४।१ मा जग्गा तथा भवन समेत धितो राखी सम्पूर्ण रकम १० समान अर्द्धवार्षिक किस्तामा बुझाउने गरी तमसुक समेत गरी दिएको थिएं । जसअनुसार २०५४ जेष्ठसम्ममा सम्पूर्ण रकम बुझाइसक्नु पर्ने थियो । सो समय भन्दा पहिले नै उद्योगीले श