निर्णय नं. ७२९६ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२९६ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/०३/२४ २७०६ निर्णय नं. ७२९६ ने.का.प.२०६० अङ्क ११.१२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५६ सालको रिट न. ..३१२६ आदेश मितिः २०६०।३।२४।३ विषय : उत्प्रेषण समेत । निवेदकः धनुषा जिल्ला झोझी कटैया गा. वि. स. वडा न. ८ वस्ने राज किशोर यादव समेत विरुद्ध विपक्षीः पुनरावेदन अदालत जनकपुर समेत § प्रस्तुत रिट निवेदनसंग सम्वन्धित कामकारवाहीमा विपक्षी प्रतिवादीका नाममा मिति २०५४।१०।२३ मा जारी भएको म्यादमा जिल्ला अदालत नियमावली र मुलुकी ऐन दण्ड सजायको ४२ नं. अनुसार खुलाउनु पर्ने सम्पत्ति र सोको मूल्य जस्ता कुराहरु खुलाई विगो भर्नु पर्नेको नाममा म्याद जारी गरिएको देखिन नआउँदा नियममा भएको व्यवस्था अनुसार वाध्यात्मक रुपमा सूचनामा उल्लेख गर्नुपर्ने कुराहरु उल्लेख नगरी टाँस गरिएको सूचनालाई कानून बमोजिमको सूचना मान्न नमिल्ने । § विपक्षी फुलियादेवीको एकासगोलको छोरा विपक्षी श्री नारायण यादवले लिलाम डांक बढावढ सम्वन्धी कामकारवाही बदर गरी विगो समेत दाखिल गराई जग्गा फुकुवा गराई पाउँ भनी अ. बं. ६१ नं. को कानूनी व्यवस्था अनुसार धनुषा जिल्ला अदालतमा निवेदन दिएको देखिएकोले त्यसलाई अन्यथा भन्न नमिल्ने । § एकासगोलकी आमाकोतर्फवाट दाखिल गरेको विगो धरौटीमा आम्दानी वाँधी डाँक सकार गर्नेका नाउमा म्याद जारी गर्ने आदेश जिल्ला अदालतवाट भैसकेको अवस्थामा त्यसलाई पुनः इन्कार गर्नु न्यायोचित देखिन नआउने । § कानून विपरीत टाँस गरिएको सूचनामा हाजिर भई विगो दाखिल नगरेको भनी विवादित जग्गा लिलाम गरी तयार गरिएको मिति २०५६।३।१३ को डांक बढावढ मूचुल्का तथा सोही मितिको डांक सकार गर्ने व्यक्तिको नाममा दाखिल खारेज गरिदिनु भनी भएको आदेश तथा डांक मुचुल्कालाई कानूनसम्मत ठहर गरेको धनुषा जिल्ला अदालतको मिति २०५६।३।३२ को आदेश बदर गरी ऋणीको एकासगोलको छोरा श्री नारायण यादववाट दाखिल हुन आएको रकम लिलाम सकार गर्ने व्यक्ति रिट निवेदक राजकिशोर यादवलाई फिर्ता दिई जग्गा फुकुवा गरीदिनु भनी भएको पुनरावेदन अदालत, जनकपुरको आदेशवाट निवेदकको दावी वमोजिम रिट निवेदकको सम्पत्ति सम्वन्धी अधिकार कानून विपरीत अपहरण गरिएको मान्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. ११) निवेदकतर्फवाटः विद्वान अधिवक्ता श्री मदनकुमार डंगोल विपक्षीतर्फवाटः विद्वान अधिवक्ता श्री टिप्पणी निरौला अवलम्वित नजिरः आदेश न्या.खिलराज रेग्मीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहारा तथा आदेश यसप्रकार छ २. वादी अवध ठाकुर वडही प्रतिवादी फुलिया देवी यादवनी भएको लेनदेन मुद्दामा धनुषा जिल्ला अदालतवाट मिति २०५४।९।७ मा भएको फैसला अनुसार भरी पाउने ठहरेको साँवा व्याज भरी पाउन निवेदन परेकोमा प्रतिवादीले वीगो दाखिल नगरी म्यादै गुजारी वसेकोले मिति २०५६।३।१३ मा निवेदनमा उल्लेखित धनुषा जिल्ला, झोझि कटैया गा. वि. स. वडा नं. ८ (क) कि. नंं ४६१ को ०—०—१२, कि.नं. ४७७ को ०—०—१४, कि.नं. ५०४ को ०—०—३ र कि . नं. ५६९ को ०—०—१२ जग्गा डांक लिलाम हुँदा मैले रु.१८,८००।— मा डांक सकार गरेको थिएँ । उक्त डाँक लिलाम बदर गरी पाउँ भनी विपक्षी फुलियादेवीको हकमा श्री नारायण यादवले धनुषा जिल्ला अदालतमा दण्डसजायको ६१ नं. बमोजिम निवेदन गरेकोमा उक्त अदालतवाट मिति २०५६।३।३२ मा निवेदक मुद्दाको पक्ष विपक्ष नदेखिएको र