निर्णय नं. ७२९७ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२९७ - उत्प्रेषण समेत भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/११/२६ ३२६१ निर्णय नं.७२९७ ने.का.प.२०६० अङ्क ११.१२ संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली सम्वत् २०५९ सालको रिट नं......२९९३ आदेश मितिः २०६०।११।२६।३ विषय : उत्प्रेषण समेत । निवदेकः ललितपुर उपमहानगरपालिका वडा नं.११ नेउट टोल बस्ने योगेन्द्रराज जोशी विरुद्ध विपक्षीः श्री ५ को सरकार, सामान्य प्रशासन मन्त्रालय हरिहर भवन समेत § समान प्रकृतिको कानूनी व्यवस्थाको सम्वन्धमा यस अदालतवाट प्रतिपादित सिद्धान्त त्यस्तै प्रकृतिको अर्को कानूनी व्यवस्थाको सम्वन्धमा लागू हुन नसक्ने वस्तुनिष्ठ आधार र कारण विद्यमान नरहेको अवस्थामा यस अदालतको बृहत पूर्ण इजलासवाट प्रतिपादित सिद्धान्तसंग असहमत हुनुपर्ने अवस्था नदेखिने । § शैक्षिक योग्यताको प्रमाण पत्रवाट निवेदकको उमेर १५ अप्रिल १९४५ तद्अनुसार वि.सं.२००२।१।१ भन्ने देखिइरहेको र महालेखा परीक्षकका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२(३) को कानूनी व्यवस्था तथा यस अदालत बृहत पूर्ण इजलासवाट प्रतिपादीत सिद्धान्त समेतको आधारमा नोकरी प्रवेश गर्नु अघि नै प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएसम्म सो प्रमाणपत्रमा उल्लेखित जन्म मितिले नै मान्यता पाउने देखिएको हुँदा निवेदकको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेखित जन्ममितिलाई मान्यता दिएको मिति २०५२।४।३१ को विपक्षी निजामती किताबखानाको निर्णय सामान्य प्रशासन मन्त्रालयको मिति २०५७।१२।१० को निर्देशनको आधारमा रद्द गरी सिटरोलमा लेखिएको उमेरको आधारमा जन्ममिति कायम गरिएको विपक्षी निजामती कितावखानाको मिति २०५८।८।५ को निर्णय तथा सोही मितिको पत्र तथा सो निर्णयको आधारमा रिट निवेदकलाई मिति २०५९।१०।१४ देखि अनिवार्य अवकाश दिनु भनी लेखिएको मिति २०५९।४।९ को पत्र समेतका काम कारवाही उत्प्रेषणको आदेशद्वारा बदर हुने । § निवेदकले हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको आधारमा उमेर गणना गर्दा मिति २०६०।१।१ मा निजको उमेर ५८ वर्ष पूरा भएको देखिएको र सोही मितिवाट निजले अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा सो मिति सम्म निजको सेवा अवधि मानी नियमानुसार निजले पाउने तलव भत्ता तथा सुबिधा समेत दिनु दिलाउनु भनी विपक्षीहरुको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. १० र ११) निवेदकतर्फवाटः विपक्षीतर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रवहादुर थापा अवलम्वित नजिरः आदेश प्र.न्या.गोविन्दबहादुर श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ : २. निवेदकले श्री ५ को सरकार ललितपुर नगर हुलाकमा मिति २०१९।१०।१४ देखि २०२०।९।१६ सम्म बहिदार पदमा रही सेवा गरेको र मिति २०२३।७।२३ मा महालेखापरीक्षकको विभागमा लेखापरीक्षक निरीक्षक खरिदार पदमा नियुक्ति पाई हाल लेखापरीक्षण सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको नायबलेखा परीक्षक पदमा कार्यरत छु । महालेखा परीक्षकको विभागका कर्मचारीहरु सम्वन्धी नियमावली, २०५० को नियम ९२ अनुसार अन्ठाउन्न वर्ष उमेर नपुगेसम्म सेवामा बहाल रहन पाउने व्यवस्था छ । सो नियम अनुसार सेवामा प्रवेश गर्दा पेश गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्मदिन वा वर्षवाट र त्यस्तो अभिलेख नभएमा सेवामा प्रवेश गर्दा वैयक्तिक नोकरी विवरणमा लेखिदिएको जन्म मि