निर्णय नं. ७२९८ - निर्णय वदर समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७२९८ - निर्णय वदर समेत भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/११/०८ ३८०३ निर्णय नं.७२९८ ने.का.प.२०६० अङ्क ११.१२ संयुक्त इजलास का.मु.सम्माननीय प्रधानन्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री रामनगीना सिंह सम्बत् २०५७ सालको दे.पु.नं ...६२२१ फैसला मितिः २०६०।११।८।६ मुद्दा :– निर्णय वदर समेत । पुनरावेदक वादी : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ७ गोलमढी बस्ने न्हुच्छे भक्त सायजु विरुद्ध प्रत्यर्थी प्रतिवादीः गुठी संस्थान केन्द्रिय कार्यालय काठमाडौं समेत § प्रस्तुत मुद्दामा पुनरावेदन अदालत पाटनवाट फैसला हुंदा यी पुनरावेदक स्वयं अदालतमा उपस्थित रही अदालतवाट भएको फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा हाजिर हुन गएको अवस्था रहेको देखिएकोले निजलाई पुनरावेदन अदालत पाटनवाट पुनरावेदनको म्याद दिइएको कार्यलाई कानूनसम्मत मान्न नमिल्ने । § पुनरावेदक स्वयंले पुनरावेदन अदालत पाटनवाट भएको फैसला लिखित रुपमा स्वीकार गरी सो फैसला अनुसार शुरु भक्तपुर जिल्ला अदालतमा तारेखमा रही पूर्पक्ष गरिरहेको अभिलेखवाट देखिइरहेको हुंदा पुनरावेदन अदालतवाट भएको फैसला सोही मितिबाट नै यी पुनरावेदकलाई जानकारी भएको मान्नु पर्ने । § यी पुनरावेदकले पुनरावेदन अदालत पाटनवाट फैसला भएको लामो समय पछि मिति २०५५।१२।२६ मा पुनरावेदनको म्याद पाउं भनी पुनरावेदन अदालत पाटनमा निवेदन गरी उक्त अदालतवाट यी पुनरावेदकलाई पुनरावेदनको म्याद दिनु भनी भएको आदेश अनुसार मिति २०५६।८।२१।३ मा पुनरावेदनको म्याद पाएको भनी मिति २०५६।९।१९ मा यस अदालतमा दर्ता गर्न ल्याएको पुनरावेदन पत्र कानून वमोजिमको म्याद भित्र दर्ता हुन आएको मान्न नमिल्ने । (प्र.नं. १३ र १४) पुनरावेदक वादीतर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री तिर्थराज वसौला प्रत्यर्थी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला का.मु.प्र.न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत पाटनवाट मिति २०५५।३।२५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा तथा ठहर निम्नानुसार छ :– २. हिटीचोक सदावर्त गुठी लगतमा दर्ता भएको सर्भे नापी हुंदा भक्तपुर न.पा.वडा नं. २ (क) कि.नं. ४२ को १–२–० ऐ.ऐ.कि.नं. ४५ को ०–१–१ ऐ.ऐ.वडा नं. २(घ) कि.नं. १०९ को २–६–२ समेतका जग्गाको दर्तावाला मोही रत्नवीर कर्माचार्य समेत र जोत मोही कि.नं. १०९ मा पिता न्हुच्छेवहादुर सायजु र अन्य कित्ताहरुमा म फिरादी न्हुच्छे भक्त सायजु कायम भएकोमा पिता २०४८ सालमा परलोक हुनु भएपछि निजको हक खाने एकमात्र छोरा म भएकोले उक्त कि.नं. १०९ को जग्गा समेत मेरो हक हुन आई मैले नै जोत भोग गरी आएको जग्गाहो । बिपक्षी चन्द्रवीर कर्माचार्य समेतले गुठी तहसील तथा.खर्च कार्यालयमा उक्त जग्गाहरु ३ खण्डको २ खण्ड दर्ता फोडी पाउं भनी २०३४।५।२४ मा गुठी संस्थान ऐन, २०३३ को दफा २६(३) वमोजिम निवेदन गरेकोले मैले ३ खण्डको २ खण्ड जग्गा छुट्याउन मेरो मन्जुर छैन भनी वयान गरेको थिए । बिपक्षले २०३८।१२।१० देखि तारेख गुजारी बसेकोमा पाँच बर्ष पछि पुनः जग्गा छुट्याउने सम्बन्धमा मेरो नाउंमा म्याद तामेल भएकोले जग्गा छुट्याई दिन मन्जुर छैन । बिपक्षले तारेख गुजारी वसेकोमा हाल कारवाही गर्न मिल्दैन । बिपक्षीलाई क्षतिपूर्ती वुझाई जोतपोत मेरा नाउंमा दर्ता गरी पाउं भनी लिखित जवाफ दिएको थिएं । मिति २०५०।३।२९ मा गुठी संस्थान ऐन