निर्णय नं. १५९२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५९२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: माघ अंक: १० फैसला मिति :२०३९/१०/२१ २४२१ निर्णय नं. १५९२ ने.का.प. २०३९ अङ्क १० फुलबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला सम्वत् २०३९ सालको रि.फु.नं. ६० आदेश भएको मिति : २०३९।१०।२१।६ मा निवेदक : जि.महोत्तरी मनराकट्टी गा.पं.वार्ड नं.६ बस्ने अरुणकुमार सिंहराजपुत विरुद्ध विपक्षी : श्री महाप्रबन्धकज्यू, साझा प्रकाशन, (साझा संस्था लिमिटेड) केन्द्रिय कार्यालय ललितपुर समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) एक महिनाको तलब दिने गरी निवेदकलाई सेवाबाट अवकास दिने गरेको निर्णयमा कुनै त्रुटि नदेखिने । (प्रकरण नं. १५) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया उल्लिखित मुद्दा :  आदेश न्या.बासुदेव शर्मा १. सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (ख) अनुसार यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्नानुसार छ : २. म साझा प्रकाशनको सहायक द्वितीय पदमा भैरहवा उपशाखाको निमित्त ०३३।६।२२ का दिन नियुक्त भई ०३६।४।१ देखि सहायक प्रथम श्रेणीमा बढुवा समेत गरी विराटनगर क्षेत्रीय शाखामा सरुवा गरियो । विराटनगर क्षेत्रीय शाखाका प्रमुखले मलाई समय कुसमयमा आफ्नो निजी काममा नियमित तबरले घरेलु नोकर सरह काम लिन खोज्नु भएकाले मैले इन्कार गरेपछि मसँग चिढिई चाहिँदो नचाहिँदो रिपोर्टहरु पठाउन थाल्नु भयो । शाखा प्रमुखले लाए अ¥हाएको कार्यालय सम्बन्धी काममा अटेर गर्ने, संस्थालाई आवश्यक परेको बेलामा पनि बढी समय नदिने, कार्यालयको समयमा निषेधित अम्मल सेवन गर्ने, आफ्नो कार्यप्रति जिम्मेवारी बहन नगर्ने, आदी कार्यहरु तपाईबाट भई संस्थाका विभिन्न तहबाट बारम्बार सम्झाउँदा पनि उपरोक्त किसिमका अनुत्तरदायित्व पूर्ण कार्यहरु गर्न नछोडेको भनी आरोप लगाउँदै नियमावलीको परिच्छेद ८ को दफा ७ को उपदफा १।२।३ को आचरण नगर्नु भएकाले स्पष्टीकरण दिनुहोला भनी पत्र दिइयो । मैले रजिष्ट्री पत्रद्वारा स्पष्टीकरण पठाएँ, मेरो स्पष्टीकरणप्रति कुनै वास्ता नराखी कुनै कारण नदेखाई नियमावलीको परिच्छेद १७ को दफा ८ अनुसार मिति ०३७।८।२९ देखि एक महिनाको तलब दिई साझा प्रकाशनको सेवाबाट अवकास दिइयो । सोउपर केन्द्रियकार्यालय समक्ष अपील गर्दा अपिल नलाग्ने भनी जानकारी दिइयो । ३. पर्याप्त कारणहरु भन्नाले अभिलेखबाट प्रमाणित र त्यस्तो कामदारलाई संस्थाले समय समयमा दिएको चेतावनी सजाय तथा नसिहत समेत माथि आधारित हुनु पर्दछ । मलाई अवकाश दिनु पर्ने कुनै कारणहरु अवकास पत्रमा उल्लेख नभएकोले नियमावलीको परिच्छेद १७ को दफा ८ को प्रतिकूल छ । आचरण सम्बन्धी कुनै कुराको उल्लंघन गरेको कुरा प्रमाणित हुन आयो भने ऐ.परिच्छेद ७ को दफा १ अन्तर्गत सजाय गरिने हो न कि त्यसको आधारमा सेवाबाट अवकास दिने हो । मलाई मिति ०३७।७।१८ र ०३८।८।६ को पत्रहरुद्वारा सोधिएका स्पष्टीकरणमा सजायको प्रस्ताव नभएको हुनाले मैले सो सन्दर्भमा आफ्नो सफाई पेश नगर्दै मलाई आचरण सम्बन्धी कुरा उठाई अवकास दिईएकोले प्राकृतिक न्यायको सिद्धान्त विपरीत छ । महाप्रवन्धकज्यूको अवकास सम्बन्धी पत्र तथा केन्द्रिय कार्यालयको पुनरावेदन नलाग्ने निर्णयलाई बदर गरी मेरो सेवामा बहाल गर्नु भनी प्रतिरक्षीहरुको नाउँमा परमादेश समेत जारी गरी पाउँ भन्ने समेत रिट निवेदन ज