निर्णय नं. ७२९९ - उत्प्रेषण लगायत प्रतिषेध समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७२९९ - उत्प्रेषण लगायत प्रतिषेध समेत भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/०३/१० २९०९ निर्णय नं.७२९९ ने.का.प.२०६० अङ्क ११.१२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी सम्व्त २०५६ सालको रिट नं..३९०९, ३९१० आदेश मितिः २०६०।३।१०।३ विषयः उत्प्रेषण लगायत प्रतिषेध समेत । निवेदकः सप्तरी जिल्ला रुपनगर गा.वि.स. वार्ड नं. ५ घर भै हाल विशेष प्रहरी विभागमा कार्यरत राजाराम पोखरेल विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं ववहरमहल समेत निवेदकः दोलखा जिल्ला डाडाखर्क गा.वि.स. वार्ड नं. ९ घर भई हाल विशेष प्रहरी विभागमा प्रहरी सहायक निरिक्षक पदमा कार्यरत सुवर्ण लामा विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं ववहरमहल समेत § नेपाल अधिराज्यको संविधान तथा अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनको संवैधानिक तथा कानूनी प्रावधान अनुसार नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुचित कार्य गर्नेलाई विभागीय कारवाही गर्न साथै अनुचित तरिकाले उत्तिर्ण गराइएको हकमा नियुक्ति बदर गर्न तथा अनुत्तिर्ण गराइएका तर उत्तिर्ण हुनुपर्ने परीक्षार्थीलाई नियुक्ति दिनेतर्फ आवश्यक कदम उठाउन अख्तियारवाला समक्ष सुझाउ पठाउने भन्ने समेतको निर्णय भएकोमा आयोगले क्षेत्राधिकार नाघेर निर्णय गरेको छ भन्न सक्ने अवस्था नरहने। § आयोगको उल्लेखित निर्णय आफैले निवेदकको नियुक्ति बदर गरेको र त्यसको सटृा अन्य अरु कसैलाई नियुक्ति दिए दिलाएको अवस्था नभई आफूलाई प्राप्त संवैधानिक र कानूनी अधिकारको प्रयोग गरी उल्लेखित निर्णय भएको हुंदा सो निर्णयलाई अन्यथा भन्न सक्ने अवस्था नदेखिने । § अनुचित कार्यको परिणती पनि अनुचित भइ गैरकानूनी हुने हुँदा गैरकानूनी कार्यको आधारमा कसैको हक सिर्जना समेत नहुने हुंदा आयोगले गैरकानूनी तरिकावाट भएको नियुक्ति बदर गर्न गराउन सिफारिश नै गर्न सक्दैन भन्नु गैरकानूनी कार्यलाई प्रश्रय दिनुको साथै कानूनी राज्यको समेत प्रतिकूल हुन जाने । § नेपाल अधिराज्यको संविधान र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन वमोजिम गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटी नदेखिई सिफारिशसम्म गरेको र सो सिफारिश अनुसार कारवाई हुन वांकी हुंदा Immature अवस्थामा परेको प्रस्तुत रिट निवेदनवाट कुनै कारवाही गरिरहन नपर्ने । (प्र.नं. १२ र १३) निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री राधेश्याम अधिकारी र श्री भिमार्जुन आचार्य विपक्षीतर्फवाटःविद्वान सह न्यायाधिवक्ता श्री राजनारायण पाठक, विद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद उप्रेती र श्री वलराम के.सी. अवलम्वित नजिरः नेपाल कानून पत्रिका २०५७, नि नं.६९१३, पृष्ठ ४९५ आदेश न्या.हरिप्रसाद शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिति २०५६।१०।१८ को निर्णय बदर समेतको मागदाबी लिइ छुट्टा छुट्टै रुपमा पर्न आएको प्रस्तुत रिट निवेदकहरुको निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ । २. मिति २०५५।२।१३ मा गोरखापत्रमा प्रकाशित विज्ञापन नं. १।०५४।५५ अनुसार श्री ५ को सरकार, विशेष प्रहरी विभागको प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगितामा दर्खास्त आव्हान भएकोमा सो पदमा निवेदकहरुले दर्खास्त दिई परीक्षामा सफल भई मिति २०५५।९।५ को पत्रले विशेष प्रहरी विभागमा प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाइ सेवा गर्दै आएको विभागमा प्रत्यर्थी अख्तियार दुरुपयोग अनुसन्धान आ