निर्णय नं. ७३०१ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७३०१ - जालसाजी भाग: ४५ साल: २०६० महिना: फागुन अंक: ११ फैसला मिति :२०६०/०५/१५ ५३८१ निर्णय न.७३०१ ने.का.प.२०६० अङ्क ११.१२ संयूक्त इजलास माननीय न्यायाधीश श्री भैरबप्रसाद लम्साल माननीय न्यायाधीश श्री खिलराज रेग्मी सम्वत् २०५५ सालको फौ.पू.नं. १९९९ फैसला मितिः २०६०।५।१५।२ मुद्धा: जालसाजी । पूनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ७ चावहिल वस्ने सूर्यवहादूर डङ्गोल समेत विरुद्ध विपक्षी वादीः ऐ. ऐ. वस्ने भक्त वहादूर डङ्गोलको मू.स. गर्ने देवकी सिंह § न्याय प्रशासन ऐन, २०४८ ले कुनै पनि मुद्दामा पुनरावेदन अदालतवाट फैसला भएकोमा सो फैसला अन्तिम हुने व्यवस्था गरेको देखिदैन । कित यस अदालतमा पुनरावेदन लाग्छ या मुद्दा दोहर्याई हेर्न निवेदन लाग्ने व्यवस्था देखिन्छ । त्यसैले प्रस्तुत मुद्दामा पुनरावेदन अदालतले गरेको फैसला उपर ऐ ऐनको दफा १२(१) आकर्षित भै मुद्दा दोहोर्याई पाउं भनी यस अदालतमा निवेदन दिन सक्ने नै देखिन आउंछ । तसर्थ प्रस्तुत मुद्दामा दोहोर्याई पाउं भनी यस अदालतमा निवेदननै लाग्न सक्दैन भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताहरुको वहससंग सहमत हुन नसकिने। § अदालत व्यवस्थापन तथा न्याय प्रशासन सम्वन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०५८ को २०५९।५।२७ मा भएको संशोधनको द्रष्टव्यमा मुलुकी ऐन, किर्ते कागजको महलको १८ नं. मा जुनसुकै कुरा लेखिएको भएतापनि तत्काल प्रचलित कानून वमोजिम दर्ता भई यो ऐन प्रारम्भ हुंदाका बखत कुनै अदालतमा विचाराधीन रहेका मुद्दा सोही नम्वर वमोजिम कायम भएको हदम्याद भित्र दर्ता भएको मानिनेछ भन्ने प्रावधान रहेको देखियो । सो द्रष्टव्य अनुसार प्रस्तुत मुद्दा दर्ता हुंदा किर्ते कागजको १८ नं. मा किर्ते वा जालसाजी गर्यो भन्ने कुरामा सो काम भए गरेको मितिले दुई वर्ष भित्र नालिस नदिए लाग्न सक्दैन भन्ने प्रावधान कायम रहेको देखिन्छ । संशोधित किर्ते कागजको १८ नं. को द्रष्टव्यको प्रावधानले प्रस्तुत मुद्दामा हदम्याद सम्वन्धी कुरामा प्रस्तुत मुद्दा दर्ता हुंदाको वा साविकको किर्ते कागजको १८ नं. नै लागु हुने कुरालाई इंगित गरेको मान्नुपर्ने । § प्रस्तुत मुद्दामा साविकको किर्ते कागजको १८ नं. मा भएको प्रावधान अनुसार किर्ते वा जालसाजी क्रिया भयो भनेको मिति अर्थात किर्ते वा जालसाजी क्रिया भए गरेको मितिले २ बर्ष भित्र नै फिराद गर्नुपर्ने अवस्था देखिन आउने । § कानूनी व्यवस्था एवं यस अदालतवाट प्रतिपादित सिद्धान्त समेतवाट मिति २०२६।१।२६ को पारीत लिखत, २०२६।११।४ मा भएको निर्णय एवं २०२६।११।११ को चलानी पूर्जि समेतवाट फिरादीको हकमा आघात परेको भनी मिति २०४१।६।९ मा तत्कालीन किर्ते कागजको १८ नं. ले वर्णित हदम्याद नघाई परेको प्रस्तुत मुद्दाको फिरादवाट अदालतले इन्साफ गर्न नमिल्ने । (प्र.नं. १९ र २०) पूनरावेदक प्रतिवादीतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मूकून्द रेग्मी र विद्वान अधिवक्ता श्री नरहरि आचार्य विपक्षी वादीतर्फबाट:विद्वान अविधक्ताहरु श्री हरिहर दाहाल र श्री उमेश खकूरेल अवलम्वित नजिरः फैसला न्या.खिलराज रेग्मीः पूनरावेदन अदालत पाटनको मिति २०५२।३।५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) अन्तर्गत मुद्धा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तूत मुद्धाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी मध्येको सूर्यवहादुर डङ्गोलले का.जि. चावहिल गा.पं वडा नं. ५ बाट नापी भएको कि.नं. १७ को क्षेत्रफल ०(५(० को जग्गामा विपक्षी