निर्णय नं. १५९६ - अपुताली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५९६ - अपुताली भाग: २४ साल: २०३९ महिना: माघ अंक: १० फैसला मिति :२०३९/१०/०६ २३६२ निर्णय नं. १५९६ ने.का.प. २०३९ अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. २६२ फैसला भएको मिति : २०३९।१०।६।५ मा पुनरावेदक : भ.पु.जि.बोडे नछु टोल बस्ने जगतनरसिंह अकल विरुद्ध विपक्षी : का.प.जि.वनेपा भोलाखा टोल बस्ने लाटीपुतली श्रेष्ठ मुद्दा : अपुताली (१) छोरा पाएको कारणले सो छोरा पाउने सम्बन्धको विषयमा पनि वादीलाई अघि नै थाहा थियो भनी अनुमान गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. म.क्षे.अ.को इन्साफमा चित्त बुझेन भनी पुनरावेदक वादी जगतनरसिंको पर्न आएको पुनरावेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा यस प्रकार छ : २. मेरा बाबु आमाको छोरा नभई म एउटै छोरी भएको, बाबु आमा परलोक भएको र म विवाह नभई बसेकीलाई कान्छा वाबुले निकाले भनी पुतलीले मेरा उपर उजुर गरेकीमा दाजु मरेपछि भाउजु भतिजी यो वादीसँग आई बसेकी हुँदा अपुताली मेरो हक भन्ने मेरो जिकिर भएकोमा सुरु र अञ्चल अदालतबाट म भिन्न भई सकेकोले सँगबस्ने छोरीकै हक हुन्छ भनी छिनियो र यहि बीचमा भतिजी लाटी पुतली पुड्केसँग पोइल गइछन् भन्ने थाहा हुन आयो र पोइल गएकी छोरीले अपुताली खानपाउने होइन भनी भनी सर्वोच्च अदालतमा पुनरावेदन गरेकोमा इन्साफ अञ्चल अदालतकै मनासिव छ, पोइल गएका कुरामा नालेस परेको बखत ठहरे बमोजिम हुन्छ भनी फैसला भएको । निज प्र.पुतलीका बाबुको अंशको खेत भिनाजु नाताको विपक्षी तेजकृष्णलाई कमाउन दिई राखेको सो, जग्गा र स्वबासी घर समेतमा आधा मेरो हुने ऐन रहेछ छुट्याई देउ भनी भतिजी र उसको लोग्ने जग्गा कमाउने तेजकृष्ण समेतलाई एकैठाउँमा भेला गराई भन्दा जग्गा त परै रहोस घरबाट पनि उठाउँछौं भनी जवाफ गरेको र पुतली पुड्केसँग पोइल गई भन्ने ०२३ सालमा छोरा पाएको ०२३ साल श्रावण २ गतेको गोरखापत्रबाट थाहा भएको र अपुतालीमा दावा गर्ने म्याद ३ बर्ष भित्रै नालेस गर्न आएको छु । दाजु धिर्जनरसिंहको अपुतालीमा छोरी पुतली र भाइ म दुई जनाले आधी आधी व्यहोर्न पाउनेमा जम्मै आफैले मात्र खान लागेकोले विपक्षीहरुलाई सजाय गरी दाजुका हकको बोडे नछुटोलको पूर्व धर्मनारानको घर, दक्षिण पोखरी, पश्चिम नन्दकुमार र खेत उत्तर बाटो, यति ४ किल्ला भित्रको २ नाले ३१/२ कबले झिंगटी छाना भएको घर पुरानो भई भत्के बिग्रेको मोल रु.४०००।–मा २०००।–पर्ने घर आधा र गुठि अधिनस्थ भत्केश्वर गुठीको वार्ड नं.१ वार्ड नं.६ निरवाराही मौजाबाट ३१०–३१३–३३१ कित्ता गराई नपाएको छ भन्ने बुझिएको दर्तापूर्जा भई नसकेकोले हालको नाप ठहर भन्न नसके तापनि उक्त ५ पाई ।।। जग्गामा ३ भाग लागेकोमा धिर्जमानको १।।६। मध्येबाट आधि मोल रु.२०००।–जाने खेत ।।।६।। विपक्षीले दावा खिचोला गर्न नपाउने गराई पाउँ भन्ने समेत व्यहोराको जगतनरसिंहको फिराद । ३. मेरा बाबुको म एक छोरी बाहेक अरु सन्तान नभएको र बाबु आमा दुवै परलोक भएको काजकृया माहिला बाबु हर्षनरसिंहबाट भएको र मलाई पनि निजै हर्षनारायणले नै पालनपोषण गर्दै आउनु भएको । उहाँ पनि ०२५ सालमा परलोक भई फिराद दावी बमोजिम पोइल गई छोरा पाएको भए तापनि लोग्नेले मलाई घरमा लान नसक्ने भएकोले माहिला बाबुको छोरा हेमबहादुरका आश्रयमा बसी आएको छु । आजसम्म पालनपोषण गरी आएको छ, आमा बाबुले मलाई दिनु भएको बकसपत्रबाट मेरो हक भएको घर जग्गा जमीन मध्ये बोडे नछुटोलको घर रु.९०००।–मा तुलसी साहूलाई र