निर्णय नं. १५९८ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५९८ - जग्गा खिचोला भाग: २४ साल: २०३९ महिना: माघ अंक: १० फैसला मिति :२०३९/१०/२० ३०८३ निर्णय नं. १५९८ ने.का.प. २०३९ अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३६ सालको देवानी विविध नं. ५६ सम्वत् २०३७ सालको देवानी पुनरावेदन नं. २८१ सम्वत् २०३८ सालको देवानी विविध नं. १६५ फैसला भएको मिति : २०३९।१०।२०।५ मा निवेदक/प्रतिवादी : जिल्ला चितवन भरतपुर गा.पं.वार्ड नं.११ बस्ने रामबहादुर गुरुङ्ग विरुद्ध विपक्षी/वादी : जि.चितवन बसन्तपुर बस्ने बोधकुमारी घिमिरे समेत, चितवन जिल्ला भरतपुर गा.पं.वार्ड नं.३ नौरंगे बस्ने शनिल्चरा दराई पुनरावेदक/प्रतिवादी : ऐ.ऐ.बस्ने ठूला छन्दु दराई विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.वडा नं.४ वसन्तपुर बस्ने बाघकुमारी घिमिरे समेत निवेदक/वादी : ऐ.ऐ.का.न.पं.वार्ड नं.१२ बसन्तपुर बस्ने चेतकुमारी थापा समेत विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.गोद्राङ्ग बस्ने मोहनबहादुर थापा समेत मुद्दा : जग्गा खिचोला (१) जग्गामा खिचोला मुद्दा गरी खिचोला गरेको ठहराउन नसकी डिसमिस फैसला भैसकेको कुरामा अब फेरि सोही जग्गामा खिचोला मुद्दा दिई खिचोला कायम गराउन सक्ने अवस्था रहँदैन। (प्रकरण नं. २७) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा :  फैसला न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त बुझेन इन्साफ जाँच गरी पाउँ भनी चढाएको विन्तिपत्रमा इन्साफ जाँची कानून बमोजिम छिनी दिनु भन्ने हुकुम प्रमांगी बक्स भई आएको र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटि हुँदा अनुमती पाउँ भनी दिएको निवेदनमा अनुमति प्राप्त भई विविध र पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्न अनुसार छ : २. २०१९ सालमा राप्ती दुन विकासबाट जग्गा वितरण हुदाँ म चेतकुमारीको छोराका नाममा जग्गा विगाहा ३।७ मा बोधकुमारीको पतिका नाममा विगाहा ४।२ समेतको पूर्जी दिएकाले आवाद गरी ०२४ साल सम्म भोगचलन गरी आएको । मोहनबहादुर थापाले ०२५ सालको बर्षे बाली खाई दिएकाले नारायणी अञ्चलाधीशज्यूसँग कराउँदा बोर्ड गठन भई सरजमिन समेत गरी चेतकुमारी तर्फ ७ कठ्ठा बोधकुमारीतर्फ २ कठ्ठा बाहेक ७ विगाहा जवरजस्ती खाएकोमा बोर्डको ठहर अनुसार मोहनबहादुरतर्फबाट धान बुझाएको श्रेस्ता गाउँ पञ्चायतमा छ । ०२६ सालको बर्षे बाली खनजोत गर्न जाँदा हुल गरी गोरखबहादुरको १८ कठ्ठा जमीन जवरजस्ती कब्जा गर्नु भएको छ। त्यसकारण जग्गाको मोल २००००।–को कोर्टफी हाल लिनु पर्दैन । सदरको अदालतबाट ठाडै बुझी दिनु भन्ने प्रमांगी पाउँ । जग्गा म चेतकुमारीको छोरा श्यामबहादुरका नाउँमा छ तापनि निज रोगी हुनाले म बुढीयाले चल्नु परेको म बोधकुमारीको पति तप्तबहादुरका नाममा जग्गा छ तापनि पति पहाड घरमा सौतासँग बसेका हुनाले मैले नै सबकुछ गर्न परेको छ । नाती गोरखबहादुरको हकमा कोर्टफी राखी मुद्दा दायर गर्ने छन तापनि हाम्रै कारणबाट यती भएकोले ठाडै बुझी पाउने हामीलाई नै प्रतिनिधि गरेको हुनाले निजका हकमा समेत विन्ती चढाउन आएका छौं भन्ने चेतकुमारी १, बोधकुमारी १ समेतको निवेदनमा ऐनले उजुर लाग्ने कुरामा ठाडै बुझी कानूनबमोजिम गर्नु भन्ने हु.प्र.सहितको निवेदन रहेछ । ३. सो निवदेदनमा बक्स भएका हु.प्र.अनुसार बयान हुँदा मलाई वारेस दिने चेतकुमारी, बोधकुमारी, गोरखबहादुरको जग्गा हो । रा.दु.वि.बाट ०१९।५।४ मा पाएको जग्ग