निर्णय नं. १५९९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५९९ - उत्प्रेषणको आदेश वा अन्य आज्ञा आदेश वा पूर्जि जारी गरी पाऊँ । भाग: २४ साल: २०३९ महिना: माघ अंक: १० फैसला मिति :२०३९/०९/११ २७९७ निर्णय नं. १५९९ ने.का.प. २०३९ अङ्क १० डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०३९ सालको रिट नं. ७२१ आदेश भएको मिति : २०३९।९।११।१ मा निवेदिका : का.जि.का.न.पं.वडा नं.११ थापाथली प्रसुती गृह बस्ने डा.दिव्यश्री मल्ल विरुद्ध विपक्षी : बागमती अञ्चल अदालत काठमाडौं नगर पञ्चायत कार्यालय धर्मपथ सचिव का.न.पं.वडा नं.१५ वडा समिति विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ (१) एउटा निश्चित पूर्वावस्थाको विद्यमानतामा प्रयोग गर्न सकिने अधिकारलाई हक बेहक समेतको प्रश्न समावेश भएको सो भन्दा एकदमै भिन्नै कुरामा प्रयोग गरेकोलाई अधिकार नाघी निर्णय गरेको भन्नु पर्ने हुन्छ । (प्रकरण नं. १३) निवेदिका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी र विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्साल र विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर आदेश न्या.धनेन्द्रबहादुर सिंह १. विपक्षी नगर पञ्चायतको मिति ०३७।७।१३ को निर्णय र मिति ०३९।१।६ को विपक्षी बाग्मती अञ्चल अदालतको निर्णय र तत्सम्बन्धी सम्पूर्ण कारवाही बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर यस प्रकार छ : २. का.न.पं.वडा नं.१५ अन्तर्गत किमडोल गाउँमा छाउनीको पिपलको बोटदेखि बहादुर तामाङको घर पछाडि भई बारुदखाना जाने ७ फिट चौडाको गोरेटो बाटोमा जवरजस्ती पर्खाल लगाएकोमा सार्वजनिक बाटो मिच्न नहुने हुँदा उक्त लगाएको पर्खाल हटाउनको लागि का.न.पं.वडा नं.१५ को वडा समितिबाट म्याद आउँदा वडा समितिमा ०३६।४।२१ मा बयान गरियो । का.न.पं.स्यानीटेशन फाँटबाट म्याद जारी हुँदा बेरीतसँग तामेल गरी का.न.पं.बैठकबाट कुनै म्याद सूचना समेत नदिई म निवेदिकाले लगाएको पर्खाल न.पं.ऐनको दफा ५३ बमोजिम भत्काउने ठर्हछ भनी फैसला गरिएछ । उक्त तथ्यको उद्घाटन विवक्षीहरुले मैले बाग्मती अञ्चल अदालतमा प्रस्तुत गरेको निषेधाज्ञाको निवेदनको लिखितजावाफमा गरेपछि थाहा पाएको म्याद भित्रै बा.अं.अ.समक्ष का.न.पं.को उक्त फैसला उपर पुनरावेदन गरेको थिएँ । पुनरावेदकको नाउँको म्याद ०३६।११।८।३ मा तामेल भएको र सो म्याद अनुसार निजले प्रतिउत्तर फिराउनु पर्नेमा प्रतिउत्तर नफिराई मुद्दामा एकतर्फी फैसला भएको देखिने हुँदा एकतर्फीं फैसलाउपर त्यसरी म्यादमा हाजिर नहुने पुनरावेदकले पुनरावेदन दायर गर्न सक्ने देखिँदैन । कानून बमोजिम दायर हुन नआएको प्रस्तुत पुनरावेदनपत्र निर्णय गरी रहन नपर्ने हुँदा पुनरावेदन खारेज हुने ठर्हछ भनी बाग्मती अञ्चल अदालतबाट निर्णय भएको रहेछ । ३. मैले आफ्नो घर कम्पाउण्ड घेरी रहेको साविक सिमाना भत्की त्यही जग्गामा नै मर्मत गरेको । पर्खालको सम्बन्धमा कुनै नक्सा पास वा स्वीकृती लिई रहनु पर्ने कानूनी बाध्यता छैन। तथापि मैले काठमाडौं उपत्यका नगर विकास समितिको स्वीकृत बमोजिम पर्खाल लगाएको थिएँ। कुनै एकाको सम्पत्तिलाई मेरो भनी ठहर गर्न न.पं.ऐनको दफा ५३ ले नगर पञ्चायतलाई अधिकार दिएको होइन । प्रस्तुत मुद्दामा नगर पञ्चायत आफैं वादी आफैं न्यायाधीश भएको छ नगरपञ्चायतलाई आफैं बादी आफैं न्यायाधीश हुने अधिकार