निर्णय नं. १६०० - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६०० - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/११/०५ २३७० निर्णय नं. १६०० ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३८ सालको रिट नं. १६५३ आदेश भएको मिति : २०३९।११।५।५ मा निवेदक : जि.महोत्तरी सिसवा कटैया गा.पं.वडा नं.१ मौजा सिसवा कटैया बस्ने लालपरिदेवी भूमिहार्नी, ऐ.ऐ. बस्ने भनसरीयादेवी भूमिहार्नी विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय महोत्तरीका भूमिसुधार अधिकारी जि.महोत्तरी सिसवा कटैया गा.पं.वर्डा नं.१ बस्ने रामबृक्ष राउत भूमिहार विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) सुरु भूमिसुधार कार्यालयमा लिन नसकेको जिकिरलाई रिट क्षेत्रमा आएर विचार गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य आदेश प्र.न्या.नयनबहादुर खत्री १. नेपालको संविधानको धारा ७१ बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदकको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. हामी निवेदकहरु मध्ये म लालपरीदेवीका नाउँमा दर्ता रहेको जि.महोत्तरी सिसवा कटैया गा.पं.वडा नं.३ कि.नं.३, ५, १६, ३५३, ३७५ समेतको जम्मा ०–११–७–१/२ धुर तथा म मनसरियादेवीका नाउँमा दर्ताको ऐ.कि.नं.३४२, ३४४, ३४६ तथा वडा नं.६ को कि.नं.९६ वडा नं.८ को कि.नं.२३, २४, वडा नं.७ को कि.नं.२५३ को समेत जम्मा १–४–६–१/२ जग्गामा मोही भएकोले मोहियानी हकको प्रमाणपत्रपाउँ भनी प्रतिपक्षीले भू.सु.अधिकारीज्यू समक्ष निवेदन दिएकोमा हामीले म्याद भित्रै निज उक्त जग्गामा मोही नभई हामी आफैंले जोत भोग गरी आएको व्यहोराको प्रतिउत्तर दाखिल गरेकोमा विपक्षी अधिकारीज्यूले प्रतिपक्षीलाई मोहियानी हकको प्रमाणपत्र दिने ठहर्‍याई ०३८।१।८।२ मा निर्णय गर्नुभयो । ३. भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (१) मा ऐन लागू हुँदाका अवस्थामा मोहीको हैसियतले कुनै जग्गा जोती रहेका व्यक्तिले नियमावलीको नियम ३ (२) अन्तर्गत ४ नं.जोताहा अस्थायी निस्सा पाएको र नियम ७ (१) अन्तर्गत जग्गाधनीको उजुर नपरी ऐ.नियम ९ (२) अन्तर्गत पाएको ४ नं.जो.अ.नि.नियम ९ (३) अन्तर्गत मोहीयानी हकको प्रमाणपत्र सरह हुन गएको हुनुपर्छ । तर, हाम्रो जग्गा भएको सम्बन्धित वडामा प्रतिपक्षीले दावी गरे बमोजिमको जग्गाको हकमा २ नं. अनुसूची कहिले पनि प्रकाशित भएको छैन । हामीले आ–आफ्नो जग्गा आ–आफंैले जोती आएको हुनाले प्रतिपक्षीलाई कबुलियत गराई जग्गा जोत्न समेत दिएको छैन । उल्लिखित जग्गा हामीले आ–आफै जोती आएको हुनाले हामीले ऐन लागू हुँदा १ नं.मोही लगत भराई २ नं.अनुसूची प्रकाशित भई ४ नं.जोताहा अस्थायी निस्सा समेत पाएका छौं । हाम्रो जग्गामा हामी स्वयंले ४ नं.जो.अ.नि.पाएको र २ नं.अनुसूची लगायतका कागजातहरु श्री अधिकारीज्यूको कार्यालयमा विद्यमान छँदा छँदै त्यसलाई प्रमाण नलगाई प्रतिपक्षीको प्रकाशित नै नभएको २ नं.अनुसूचिलाई प्रमाण लगाई निर्णय गरेको उक्त भू.सु.का.को निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ (१) नियमावलीको नियम ३(२), ६, ७(१), ९(२), ९(३) को विपरीत भई नेपालको संविधानको धारा १०(१), ११(१), ११(२)(ङ) तथा धारा १५ द्वारा प्रदत्त तथा प्रत्याभूत मौलिक संवैधानिक हकहरु समेतमा आघात परेकोले धारा ७१ बमोजिम उत्प्रेषण लगायत जो चाहिने आज्ञा