निर्णय नं. १६०१ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६०१ - अंश भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/१०/०७ २७५९ निर्णय नं. १६०१ ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको देवानी पुनरावेदन नं. ४४४ फैसला भएको मिति : २०३९।१०।७।६ मा पुनरावेदक/प्रतिवादी : जि.सुनसरी मघेली गा.पं.वा.नं.९ बस्ने दरवारी साहुतेलीसमेत विरुद्ध विपक्षी/वादी : ऐ.ऐ.बस्ने वनवारी साहुतेली मुद्दा : अंश (१) अलग अलग भई अंश लिई मानो छुट्टि बेगल भई बसेकोले मुलुकी ऐन अंशबण्डाको १८ तथा ३० नं.ले व्यवस्था गरे अनुसार प्रतिवादीबाट वादीलाई अंशमा दावा गर्ने हक पुग्न र प्रतिवादीबाट अंश दिलाई दिनुपर्छ भन्न न्यायोचित नदेखिने । (प्रकरण नं. ११) फैसला न्या.वासुदेव शर्मा १. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्रतिवादीका निवेदनबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुने आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ : २. बाबु गोपालीका २ छोरामा जेठा म र कान्छा अन्याय दरवारी साहु भएको, बाबु गोपाली भारत जिल्ला लहसा थाना वीरपुर परमानन्द गा.पं.अन्तर्गतमा जग्गा अर्जी सोही ठाउँमा घर बनाई बसेका अवस्था, नेपाल सरहद आई ९९ सालदेखि हामीले बनिया पेशबाट काम गरी २००० साल फाल्गुणदेखि तेल पेलाउने काम गर्दै रही यसै जिल्ला मघेली पञ्चायतमा घर–घडेरी गरी ठाउँ–ठाउँमा जग्गा आर्जन गर्दै जानु भएको, म पनि बाबुसँग आई यसै ठाउँमा काम गर्दै भएका सम्पत्तिबाट जग्गा खरीद गरी दर्ता गराउँदा अन्याय भाइ सगोलकै हुँदा निजको नाउँमा दर्ता गराएको, भारततर्फ बाबुका नाउँमा ३ विगाह जग्गा भएको अन्यायका नाउँमा पनि २।। कठ्ठा र मेरा नाउँमा पनि सोही बमोजिम दर्ता भई रहेको, २००७ साल चैत्रमा बाबु गोपाली स्वर्गे हुनु भई दाजुभाईका परिवार मिल्न नसकी बेग्लै रहँदा भारततर्फको आयस्ता यता र यहाँको भारततर्फ समेत लाने गरेको र भारततर्फ बसेको अवस्था श्री ५ को सरकारले नागरिक टोली खटाएको रहेछ। मेरो छोराहरु समेतको जन्म नेपालमै भएको भाइले टोलीलाई छली अर्को पञ्चायतबाट भएको यी प्रमाणपत्र लिई भारत घरमा नै मलाई तिम्रो छोराको नागरिक प्रमाणपत्र लिएनन्, अब नेपालको सम्पत्ति तिमीले अंश पाउँदैनौ भनी मेरा र निजका चौपाया जग्गा जमीन गैर जमीन निजकै जिम्मा रहेकोमा धमाधम एकलौटी विपक्षीले बेच्ने गरेको थाहा भई मघेली गा.पं.कार्यालयमा आई फाँट दिलाई पाउँ भनी निवेदन दर्ता गरेको कुरा विपक्षीले थाहा पाई, अन्यायका नाउँका दर्ता जग्गा छोरा जहानका नाउँमा नामसारी दर्ता समेत गराएको र अंश लाग्ने जग्गा देउ भन्दा यहाँको अंश पाउँदैनौ भनेकाले विपक्षी र म अंश छुट्टिएको कागज पास नभएकोले फिराद परेका दिनलाई मानो छुट्टिएको मिति कायम गरी अंशबण्डाका ३५ नं.२ नं.बमोजिम फिराद गर्न आएको छु । अंशबण्डाको २० नं.बमोजिम तायदाती फाँट लिई २ भागको १ भाग अंश छुट्याई दिलाई चलन चलाई पाउँ, भन्ने समेत मिति ०३४।७।२२ को बनवारी साहुतेलीको फिरादपत्र । ३. वादी दावा झुठ्ठा हो । यी वादी हाम्रो देश नेपालका नागरिक होइनन् । विदेश भारत, मौजा प्रमानन्द थाना, वीरपुर जिल्ला, सहर्सा थाना नं.१९५ नौ.जि.नं.५६६२ मा घरबास गरी पुर्खौलीदेखि बसोबास गरी आएका भारतीय नागरिक भएकोले मुलुकी ऐन अदलका महलको २ नं.ले यस नेपाल सरहदको भित्रको अचल सम्पत्ति लिन समेत नपाउने हुँदा निजले हामी उपर अंशमा दावा गरी अंश लिन पाउने होइन । विपक्षीका नाउँमा उक्त प्रमानन्द वीरपुरको जग्गा दर्ताको खाता नं.९४ मा समेत जमीन