निर्णय नं. १६०२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६०२ - उत्प्रेषणको आदेश जारी गरि पाऊँ । भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/१०/१० २६६१ निर्णय नं. १६०२ ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट नम्बर १६०२ आदेश भएको मिति : २०३९।१०।१०।२ मा निवेदक : जिल्ला काभे्रपलान्चोक गा.पं.जनगाल उग्रतारा वडा नं.१ को हाल साँगा गा.पं.वडा नं.६ बस्ने वीरबहादुर खड्का विरुद्ध विपक्षी : जिल्ला कार्यालय भूमिसुधार शाखा काभ्रेपलान्चोक धुलिखेल, जिल्ला काभ्रेपलान्चोक गा.पं.जनगाल उग्रतारा वडा नं.१ को हाल साँगा गा.पं.वडा नं.६ बस्ने पृथ्वीबहादुर खत्री क्षेत्री विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) तजबिजी अधिकार भए तापनि न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजबिजी अधिकार प्रयोग गर्दा न्यायिक तरीकाले गर्नु पर्ने । (प्रकरण नं. १०) (२) न्यायिक निर्णय गर्ने अधिकारीले सबूत प्रमाणको मूल्यांकन गरी आधार देखाई कुनै निश्चित ठहरमा पुग्नु पर्ने । (प्रकरण नं. १०) (३) तर्कसंगत आधार नै नदेखाई कुनै निश्चित निष्कर्षमा पुगिन्छ भने त्यस्तो निर्णयलाई न्यायिक तरीकाले निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपाली उल्लिखित मुद्दा : आदेश न्या.बासुदेव शर्मा १. विपक्षी कार्यालयको मिति २०३८।११।१४।५ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्दै नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति २०३८।१२।१० मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धि संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारका रहेछन् २. संक्षिप्त तथ्य : ६७७ नं.ढपेली खेतमाटो मुरी ।२१।२ को कित्ता १ माटो मुरी ।।१६।२ को ऐ.खेत कित्ता १ समेत २ कित्ता जग्गा विपक्षीले ०२१ सालदेखि कमाई आएको । उक्त दुवै कित्ता नापी हुँदा कि.नं.३२८ मेरो नाउँमा दर्ता हुन गएको । मोही विपक्षीको नाउँ जनिएको उक्त जग्गाको ०३२ सालको बाली उब्जनी मुरी ४५ को अधिया २२।१० दिए जिन्सी र नदिए प्रचलित भाउले रु.२०२५। विपक्षीबाट भराई मोहीलाई जग्गाबाट निष्कासन गरी पाउँ भन्ने समेत निवेदकको उजुरी परेकोमा जग्गा मैले मोही भई ०१८ सालदेखि कमाई आएको जग्गामा बढिमा २०।२२ मुरी धान आउने र अधिया कूत लिने दिने गरी आएको ०३२ सालको कूत मिति ०३२।७।२० का दिन खलैबाट प्रमाणका साक्षीका रोहवरमा लगी सक्नु भएको रसिद दिने गर्नु भएको छैन । दावी झुठ्ठा भएकोले फुर्सत गराई पाउँ भन्ने समेत विपक्षी पृथ्वीबहादुरको प्रतिउत्तर परेकोमा कर्मचारी खटाई गराएको मुचुल्काहरुमा उक्त जग्गमा बढिमा २६ मु.१२ पाथी ४ माना र घटिमा १९ मुरी र १ पाथी देखिएकोले बढी देखिएको २६ मुरी १२ पाथी ४ मानाको आधि १३ मुरी ६ पाथी २ माना भू.सं.ऐन, २०२१ को दफा २९ (३) अनुसार मोहीबाट बाली भराई दिने ठर्हछ । जग्गाबाट निष्कासन सम्बन्धमा भू.सं.ऐन, २०२१ को दफा २९ (१) मा मोहीलाई निष्कासन गर्ने आदेश दिन सक्नेछ भन्ने व्यवस्था भएको निष्कासन नै गर्नुपर्छ भन्ने व्यवस्था नभएको हुँदा एकपटक मोहीलाई भूल सच्चाउने मौका दिन उपयुक्त हुने हुनाले मोही जग्गाबाट निष्कासन नहुने ठर्हछ भन्ने समेत गरी मिति २०३८।११।१४।५ मा निर्णय भएको रहेछ । सो निर्णय बदर गराई माग्न प्रस्तुत रिट निवेदन दर्ता हुन आएको देखिन्छ । ३. संक्षिप्त जिकिर : निवेदकको कि.नं.३२८ को जग्गाको बाली भराई जग्गाबाट निष्कासन गरी पाउँ भनी दिएको निवेदनमा बाली बुझी लिएको देखिन्छ भन्ने समेत विपक्षी