निर्णय नं. १६०४ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६०४ - लिखत बदर भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/०४/२२ २४४१ निर्णय नं. १६०४ ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला सम्वत् २०३८ सालको दे.पु.नं. ३५९ फैसला भएको मिति : २०३९।४।२२ मा पुनरावेदक/प्रतिवादी : बा.अं.ल.जि.ल.पु.न.पं. बडा नं.१४ स्वठटोल बस्ने उपेन्द्रगोपाल श्रेष्ठ विरुद्ध विपक्षी/वादी : बा.अं.ल.जि.जावलाखेल वा.नं.४ कोमलनाथको पत्नी हिरण्यकुमारी रिसाल मुद्दा : लिखत बदर (१) घर र घरको साँधको मकैबारी घरबारीकै परिभाषा भित्र पर्ने । (प्रकरण नं. ११) पुनरावेदक प्र.तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर र विद्वान अधिवक्ता श्री रामगोपाल श्रेष्ठ विपक्षी वादी तर्फबाट : विद्वान व.अ.श्री शम्भुप्रसाद ज्ञवाली र विद्वान व.अ.श्री मुकुन्द रेग्मी उल्लिखित मुद्दा : फैसला न्या.हेरम्बराज १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ : २. फिरादीका पति डि.कोमलनाथले विन्ति चढाएको व्यहोरा जाहेर हुँदा मोहीयानीमा कूत तिर्ने गरी जुन मोहीको जग्गा उकास हुन आएको छ, उसै जग्गाको साँध सिमाना खोली बहाली पुर्जी समेत गरी दिनु भन्ने हामीलाई हुकुम बक्सेको हुनाले सिउचा मोहीले कमाएको जग्गा रोपनी ५।।२ उकास हुन आएकोले उपरोक्त लेखिएको जग्गा आवाद गुलजार गरी घर बनाई, लागे तिरो भरो चलाई बस्नु भनी श्री ३ बुबाज्यूबाट हुकुम बक्सेकोबाट सो मुताविक बहाली पुर्जी गरी दिएका छौं । उक्त लेखिए बमोजिम काम गर्नु भनी १९९२।१२।१८।५ मा ले.ज.अ.नारायण शम्सेर ज.ब.रा.बाट दरखास्त भई जग्गा पाई घर बनाई बसोबास भोगचलन गरी पछि १९९५।८।३०।५ मा ले.ज.नारायण शम्शेर ज.ब.रा बाट दरखास्त भई पूर्जी पाएको हुँदा आवश्यक परे जति घर गोठ बनाई चलन गरी आएका थियौं, त्यसपछि अन्यायी माधवबहादुरको बाबु मोहनबहादुरले उक्त जग्गा मैले बक्स पाएको हुँदा तपाईले दाखिल गर्नु पर्ने कूत तिरो मलाई दिनोस भनी भनेकोले साविक बमोजिम कूत तिरो निज मोहनबहादुरलाई बुझाउँदै आएका थियौं । त्यता भू.सु.२०२१ र जग्गाको नापजाँच ऐन, २०१९ अनुसार जग्गावालामा मोहनबहादुर मोहीमा फिरादीका पति कोमलनाथ कायम भई ल.पु.न.पं.वा.नं.४ (झ) कि.नं.५५ बाट दर्ता नापी रोपनी ४।११।० पाको अब्बल ठहर भएको पुर्व उत्तर मोहनबहादुरको जग्गा, पश्चिम मुल बाटो, दक्षिण मुल सडक, यति ४ किल्ला भित्रको उक्त जग्गा निज मोहनबहादुरले आफ्नो छोरा प्रतिवादी माधवबहादुरलाई हालैदेखि पाउने गरी ०२७।२।२७ मा बकसपत्र पास गरी दिएको हुँदा साविक बमोजिम बुझाई आएको तिरो फिरादीका पतिले र फिरादीका पति २०२८ सालमा परलोक भएपछि फिरादीले कानून बमोजिम प्रतिवादी माधवबहादुरलाई बुझाउँदै धरौटी राख्दै आएको छु । यसै बीच प्रतिवादी माधबबहादुरले मेरो मन्जुरी बेगर पराल छाना झिकी टायल छाना हालेको भत्काउन लगाई पाउँ भन्ने समेतको म उपर उजुर दिएकोमा मेरो प्रतिवादी परी ०३२।६।२३ मा फैसला हुँदा निजलाई २।५० जरिवाना समेत गर्ने गरी न.पं..बाट ठहर भएको छ, यस्तो स्थितिमा घर गोठहरु भएको मोहीको घर बारीको जग्गा प्रतिवादीमध्येका माधवबहादुर दिने र उपेन्द्रगोपाल लिने गरी लिखतको कैफियत महलमा तपाई उपेन्द्र श्रेष्ठलाई घर बनाउनको निमित्त मलाई कामकाज गरी दिनु भएकोले सो दिए बापत हालैदेखिको बकसपत्र लेखी दियाँ भन्ने व्यहोरा हाली मा.पो.का.ललितपुरमा ०३५।३।२३ मा ह