निर्णय नं. १६०६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६०६ - उत्प्रेषण भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/११/११ २४७२ निर्णय नं. १६०६ ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेसरी बास्तोला सम्वत् २०३८ सालको रिट निवेदन नं. १६१७ आदेश भएको मिति : २०३९।११।११।४ मा निवेदक : जिल्ला सप्तरी बकधुवा गा.पं. बडा नं.५ बस्ने सुतिहार विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने सुनर शर्मा बडही, भूमिसुधार कार्यालय सप्तरी मुद्दा : उत्प्रेषण (१) नेपाली नागरिक नै नभएको अवस्थामा मोहीको प्रमाणपत्र पाउने ठहर्छ भन्ने भू.सु.का.को निर्णय त्रुटिपूर्ण हुने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णलालदेव र विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय उल्लिखित मुद्दा :  आदेश न्या.बब्बरप्रसाद सिंह १. यसमा संविधानको धारा ७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकारको रहेछ : २. मेरो नाउँमा नम्बरी दर्ता भएको जि.सप्तरी बकधुवा गा.पं..वार्ड नं.२ (क) कि.नं.२३७ को ०–१३–६ जग्गामा आफूलाई मोही देखाई ज.ध.को कुरामा लागी मोही नलेखाए तापनि २ नं.अनुसूची लिएको हुनाले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी विपक्षी नं.१ ले विपक्षी नं.२ समक्ष निवेदन दिएकोले मैले यो जग्गा कान्छीमैया राणाबाट राजीनामा गराई लिएको यस जग्गामा कहिले पनि मोही नभएको हुनाले मोहीको प्रमाणपत्र पाउने होइन भनी प्रतिउत्तरपत्र फिराएको थिएँ । विपक्षी नं.२ ले उक्त जग्गामा सरजमिन बुझ्दा बगंैचा र बाँस भएको भनी सरजमिन भई आएको देखिँदा देखिँदै पनि गोपकुमारीको नाउँ उल्लेख भएको तथाकथित प्रमाणको आधार लिई मोही कायम हुने भनी विपक्षी नं.२ ले निर्णय गर्नु भई मोहीको प्रमाणपत्र समेत दिनुभयो । उक्त भू.सु.का.सप्तरीको निर्णय हेर्दा सर्वप्रथम भू.सं.ऐन, २०२१ को दफा २५ (५) (क) मा गैरनेपाली नागरिकलाई मोहियानी हक प्राप्त हुने छैन भनी ऐनको प्रावधान भएको देखिन्छ । ऐन लागू हुँदा विपक्षी नेपाली नागरिक हुनुहुन्थ्यो । हाल २०३८ साल फाल्गुण महिनामा लिएको अंगिकृत नेपाली नागरिकताबाट २०२२ सालमा नेपाली नागरिकलाई मात्र प्राप्त हुन सक्ने होइन, त्यसैले जतिबेला मोही नै हुन सक्दैनथ्यो त्यतिबेला यदि कुनै प्रमाण लिएकै रहेछ भने त्यसको आधारमा मोही कायम हुन सक्दैन । ऐनको दफा २५ (१) अन्तर्गत १ नं.अनुसूची भराई ऐन नियम ६ अन्तर्गत २ नं.अनुसूची प्रकाशित भई नियम ९ (२) अन्तर्गत ४ नं.जो.अ.नि.लिएको तथा नियम ६ अन्तर्गत प्रकाशित भएको २ नं.अनुसूची माथि नियम ७ (१) अन्तर्गत म्याद भित्र ज.ध.को उजुरी नपरी नियम ९ (२) अन्तर्गत लिएको ४ नं.जो.अ.नि.नियम ९ (३) अन्तर्गत निर्विवाद हुनु पर्दछ । तर, प्रस्तुत विवादमा प्रतिरक्षीले कुनै निर्विवाद भई सकेको ४ नं.जो.अ.नि.लिएको र प्रमाण स्वरुप पेश गरेको छैन । प्रतिरक्षीले पेश गरेको २ नं. अनुसूचिमा गोपकुमारी क्षेत्रिनी नाउँको ०–१२–० जग्गा उल्लेख भएकोमा उक्त जग्गाको कुनै चारकिल्ला कि.नं.नै छैन । यसरी ०–१२–० जग्गाको कुनै जग्गा नभएको देखिँदा पनि १ नं.फारामलाई प्रमाणमा लिई फैसला गरेको अ.बं.१८५, १८९ नं.र प्रमाण ऐन, २०२१ को दफा ५४ को प्रतिबन्धात्मक वाक्यांश समेतको त्रुटि भएकोले मेरो कानूनी हक र संविधानको धारा १०(१), ११(१), ११(२)(ङ), १५ द्वारा प्रदत्त हकमा आघात भएकोले संविधानको धारा १६।१७ अन्तर्गत उत्प्रेषण लगायतको जुन चाहिने उपयु