निर्णय नं. ९१११ - नकबजनी चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१११ - नकबजनी चोरी भाग: ५६ साल: २०७१ महिना: बैशाख अंक: १ फैसला मिति :२०७०/०५/१८ ५७२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल माननीय न्यायाधीश प्रा.डा. श्री भरतबहादुर कार्की फैसला मिति M २०७०।५।१८।३ संवत् २०६८–CR–१०८० मुद्दा M नकबजनी चोरी पुनरावेदक/वादी M जसमाया वि.क.को जाहेरीले नेपाल सरकार विरूद्ध विपक्षी/प्रतिवादी M स्याङ्जा जिल्ला, पुतलीबजार न.पा. वडा नं. ३ बस्ने शम्भे नेपाली मुलुकी ऐन, अदालती बन्दोवस्तको महलको २९ नं. को देहाय २ मा स्पष्टसँग चोरीको महलको सजाय हुने मुद्दा अपराध भएको ईलाकाको अड्डाबाट हेर्नुपर्दछ भनी व्यवस्था भएको अवस्थामा अधिकारक्षेत्रको प्रश्न मुद्दाको पक्षको सहमतिले वा कुनै पक्षले घटाउन बढाउन वा परिवर्तन गर्न नसक्ने । इलाकाको अड्डाबाट हेर्न पर्ने भनी मुद्दा नै किटान गरी तोकेका मुद्दाहरूमा कानूनको मनसायविपरीत काठमाडौंको इलाकामा घटेको वारदातलाई जाहेरी दिँदा सो तथ्य नै लुकाई स्याङ्जा जिल्लाको ईलाकामा घटेको बनाई जानी जानी अन्यत्र अड्डामा मुद्दा दर्ता गर्न पीडित पक्षको भूमिका समेत मुद्दा उठानको क्रममा स्वभाविक नदेखिएकोले अड्डाको गल्तीले अर्को ईलाकामा मुद्दा दर्ता भएको भन्न पनि नमिल्ने । (प्रकरण नं.२) पुनरावेदक/वादीका तर्फबाट M सहन्यायाधिवक्ता श्री महेश थापा विपक्षी/प्रतिवादीका तर्फबाट M अवलम्बित नजीर M सम्बद्ध कानून M मुलुकी ऐन, अदालती वन्दोवस्तको महलको २९ को देहाय २, ७ शुरू फैसला गर्ने M– मा.न्या.श्री माधवेन्द्रराज रेग्मी पुनरावेदन फैसला गर्ने M– मा.मुख्य न्या.श्री ज्ञानेन्द्रबहादुर कार्की मा.न्या.श्री किशोर सिलवाल फैसला न्या.गिरीशचन्द्र लाल M न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट र ठहर यस प्रकार छ M– मिति २०६५।११।२९ गते रातको समयमा निदाई रहेको अवस्थामा एक्कासी केही चीज वस्तु ठोकिए जस्तो लागी उठी हेर्दा जिल्ला स्याङ्जा, पुतलीबजार नगरपालिका वडा नं. ३ बस्ने शभ्मे नेपालीले घर कोठाको लेडिज व्यागभित्र रहेको नगद रू.२६,५००।– टेबुलमाथि राखेको नोकिया मोवाईल सेट थान १ चोरी गरी भागेको र हार गुहार गरी पछि लाग्दासमेत भेट्न नसकेकाले निजलाई खोजतलास पक्राउ गरी कानूनबमोजिम कारवाही गरी चोरी भएको सामान दिलाई भराई पाऊँ भन्नेसमेत व्यहोराको जसमाया वि.क.को जाहेरी दरखास्त । खोजतलासको क्रममा पक्राउ परेका प्रतिवादीलाई खानतलासी लिँदा निजको साथबाट नोकिया मोवाईल सेट थान १२ फेला परेको, पक्राउ गरी बरामद गरिएको भन्नेसमेत व्यहोराको बरामदी मुचुल्का कागज । जिल्ला स्याङ्जा, खिलुङ्गा देउराली गा.वि.स. वडा नं. ९ घर कोठास्थित मिति २०६५।११।२९ गते राति प्रतिवादी शम्भे नेपालीले जाहेरवाला जसमाया वि.क.को कोठामा राखिएको नगद तथा नोकिया मोवाईल सेट थान १ चोरी गरी भागेको भन्ने घटनास्थल चार किल्ला विवरण कागज । प्रतिवादी शम्भे नेपालीको खोजतलास गर्दा फेला परेकोले पक्राउ गरी दसीको मोवाईल सेट थान १ सहित बरामद गरी दाखिला गराइएको भन्नेसमेत व्यहोराको प्र.ज.रवि पौडेलको प्रतिवेदन । मिति २०६५।११।२९ गते म घुमफिर गर्दै जाँदा स्याङ्जा, खिलुङ्गादेउराली गा.वि.स. वडा नं. ९ स्थित जाहेरवाला जसमाया वि.क.को घरमा पुगेको थिएँ । जाहेरवालाको घरमा पुगेपछि त्यस घरमा केटा मान्छे कोही नभएको जाहेरवालाको नाति नातिना पनि सानै देखेकोले र जाहेरवालाको घरमा निकै धनमाल होला भन्ने विचारले