निर्णय नं. १६०८ - ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६०८ - । भाग: २४ साल: २०३९ महिना: फागुन अंक: ११ फैसला मिति :२०३९/११/०१ २५४४ निर्णय नं. १६०८ ने.का.प. २०३९ अङ्क ११ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको रिट निवेदन नं. ११३२ आदेश भएको मिति : २०३९।११।१ मा निवेदक : जिल्ला सिराहा मझोरा गा.पं..वडा नं.२ बस्ने सुभाकलाल यादव विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने वेचन खत्वे, भू.सु.कार्यालय, सिराहा, भूमिसुधार अधिकारी (१) मूल दावी नै संशोधन गरी सो संशोधित दावीको आधारमा भू.सु.का.सिराहाले मोहियानी हकको प्रमाणपत्र दिने ठहराएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १०) विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधर आदेश न्या.त्रिलोकप्रताप राणा १. विपक्ष कार्यालयको ०३७।९।८ को निर्णय बदर गरी हक प्रचलन गरी पाउँ भनी संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन दर्ता हुन आएको रहेछ । २. मुद्दाको संक्षिप्त तथ्य तथा निवेदन जिकिर यस प्रकार छ : विपक्षीको नाउँको मझौरा गा.पं.वडा नं.६ कि.नं.१३१ को ०–४–९ को जग्गा मैले मोहीमा कमाई आएको, मोहियानी हकको प्रमाणपत्र प्राप्त नभएकोले जोताहा अस्थाइ निस्सा साथै राखी निवेदन गरेको छु । उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने निवेदन । उल्लिखित जग्गा हरिनारायणका नाउँमा दर्ता भएको कुनै पनि जग्गा निजले मोहीमा कमाई आएको छैन । हरिनारायणले नै कमाएको छ । निवेदक मोही भएको भए नापीको समयमा मोहीको हैसियतले सही गर्नु पर्नेमा सो समेत नगरेकोले निज मोही होइन भन्ने समेत प्रतिउत्तर बयान । मझौरा गा.पं.वार्ड नं.२ बस्ने सुभक यादवको नाउँमा दर्ता भएको गा.पं.मझौरा वडा नं.५ कि.नं.१४२ को ०–१०–९ जग्गा मध्ये दक्षिण तर्फबाट ०–४–९ जग्गाको मोही प्रमाणपत्र पाउँ भनी दावी गर्नु पर्नेमा ०३७।२।२२ मा दिएको निवेदनमा निरअक्षरी भएकाले जग्गाधनीको नाम कित्ता समेत फरक परेकोले पुनः भूल सुधारको निवेदन दिएको छु र निवेदकले दावी गरेको जग्गा सुभकलाल यादवका नाउँमा दर्ता कायम छ । दाखिल गरेको जग्गा कहिले पनि मोहीमा कमाई आएको छैन । जग्गाधनी आफैंले कमाई आएको छ । वादी दावी झुठ्ठा हो भन्ने व्यहोराको समेत प्रतिउत्तर बयान भएकोमा प्रतिवादी सुभकलाल यादवको जग्गा वादीले प्राप्त गरेको जोताहा अस्थाई निस्साको आधारमा शुभकलालको दर्ता भएको मझौरा गा.पं.वाड नं.५ कि.न.१४९ को ०–१०–९ मध्ये दक्षिणतर्फबाट ०–४–९ जग्गाको वादी बेचन खत्वेको नाउँमा मोही हकको प्रमाणपत्र बनाई दिने ठहर्छ भन्ने समेत भूमिसुधार कार्यालय सिराहा ०३७।९।८ को निर्णय । ३. फिरादपत्र वा सो सरहको उजुरी निवेदन संशोधन गर्न पाउने कानूनी व्यवस्था कुनै पनि नेपाल कानूनमा विद्यमान छैन । जुनबेला जे मन लाग्यो त्यही दावी गर्दै उजुर गरेमा निर्णय यकिन हुन सक्तैन । साथै, भूमिसुधार ऐन नियम बमोजिमको प्रकृया अनुसार मोही कायम भएको पनि देखिँदैन । तसर्थ, उक्त त्रुटिपूर्ण निर्णय संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत यस अदालतमा ०३८।४।२५ मा पर्न आएको रिट निवेदन जिकिर । ४. विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि पेश गर्नु भन्ने समेत ०३८।४।२७ को सिंगलबेञ्चको आदेश । ५. मैले साविकदेखि नै जग्गा कमाई आएको हुनाले लगत भरी मेरो नाउँबाट २ नं.अनुसूची प्रकाशन भई राखेको छ । सोलाई विपक्षीले मानी चुप लागी बसेका छन् । मोही सम्बन्धमा सर्वोच्च अदालतको नजीरले पनि २ नं.अनुसूचीलाई मुख्य आधार म