निर्णय नं. १६०९ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६०९ - अंश भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३९/१२/०४ २७८४ निर्णय नं. १६०९ ने.का.प. २०३९ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ३० फैसला भएको मिति : २०३९।१२।४।६ मा निवेदक : जिल्ला भक्तपुर बालकुमारी गा.पं..वडा नं.१ बस्ने तेजकृष्ण गोजा श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने जीतलाल श्रेष्ठ मुद्दा : अंश (१) प्रतिवादीका पुर्खा बाजेले बकस दिएको जग्गा मैले भोग गरी आएको छु भनी लेखिदिएकोबाट खुदै प्रतिवादीको पेटबोलीबाट बुझिएका (लक्ष्मीनारायणको–संयोजक) भनाइबाट वादी अंशियार रहेछ भन्ने देखिने । (प्रकरण नं. २०) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।१०।६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतबाट ०३६।१०।६ मा छिनिएको अंश मुद्दाको मिसिल झिकी फुलबेञ्चबाट दोहराई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसूफका बिशेष जाहेरी बिभाग मार्फत बक्स भई आएको हुुकूम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. मुल पुर्खा भाजुमनीको छोरा जेठा न्हुछे कान्छा भानीमा न्हुछेको छोरा वीरमान सिंह भन्ने जितनारायण, निजको छोरा निरमान सिं भन्ने जितमान सिं निजको छोरा विपक्षी जितलाल हुन । कान्छा भानीको छोरा हंसराज, निजको छोरा हंसकुमारको निजको छोरा म तेजकृष्ण हुँ । भाजुमती र निजका सन्तानमा बिमान सिंह भन्ने जतनारायण र हंशराज सम्म सँगसगोलै रही निज परलोक भएपछि परिनिर्मान सिं भन्ने जितमान सिंह र हंसकुमार समेत सँगसगोलमै रहनु भएको। सगोलमै निरमान सिं भन्ने जितमान सिंह २०१० सालमा परलोक हुनु भएको त्यस्को ३ वर्षपछि ०१३ साल जेष्ठ महिनामा बाबु हंसकुमार परलोक हुनु भई ४५ दिनको काम सकेपछि २०१३ साल श्रावणदेखि विपक्षी र म परसरमा चित्त नमिली मानो छुट्टिई अलग बसेका छौं । त्यसरी मानो छुट्टिँदा चल अचल सम्पत्ति सबै विपक्षी जिम्मा थियो । सगोल अवस्थामा रहँदै धेरै जसो जग्गा विपक्षीतर्फ अर्थात निज र निजका बाबु बाजेका नाउँमा दर्ता भई रहेको थोरै जग्गा सम्म मेरो बाबु बाजेका नाउँमा दर्ता रहेको थियो । मर्नेहरुका नाउँमा जग्गा राखी छाड्न नहुने भई केही जग्गा ०१५ सालमा मेरो नाउँमा नाउँसारी गरेको हुँ । नाउँसारी गरेको जग्गाको रसिदको प्रतिलिपि यसैसाथ दाखिल गरेको छु । अरु जग्गा विपक्षी दाजुले आफ्नै नाउँमा नाउँसारी गर्नु भएको छ । उल्लेख गरेबमोजिम पुर्खाका पालाको चल अचल सम्पत्तिमा आधी अंश मलाई दिनोस् भनी विपक्षीलाई बारम्बार भन्दा आलटाल गर्दै आखिर दिन्न भनी जवाफ दिनु भएकोले ०१३ साल श्रावण १५ मानो छुट्टिएको हुँदा त्यसको अघिल्लो दिन श्रावण १४ गते सम्मको पुर्खाका पालाका चल अचल समेतको श्रीसम्पत्तिको तायदाती फाँटवारी लिई दुई भाग गरी एक भाग मलाई दिलाई पाउँ भन्ने समेत फिराद । ३. वादीले देखाउनु भएको पूर्खा भाजुमणी मेरो पुर्खा होइन । मेरो पूर्खामा जिज्यू बाजेमा जेठा महन्त सिंह, माहिला बेखान सिंह हुन । महन्त सिंहका दुई छोरा थिए । जेठा बाजे जितनारायण र माहिला हरिनारायण हुन् । हरिनारायण अपुतो र आफैँ काल गतिले धेरै अघि परलोक भए । बाज