निर्णय नं. १६१० - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६१० - लिखत बदर भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३९/१२/०४ २३७८ निर्णय नं. १६१० ने.का.प. २०३९ अङ्क १२ फुलबेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०३८ सालको दे.फु.नं. ३१ फैसला भएको मिति : २०३९।१२।४।६ मा निवेदक/वादी : भक्तपुर जिल्ला बालकुमारी गा.पं..वडा नं.१ बस्ने तेजकृष्ण गोजा श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ.बस्ने जीतलाल श्रेष्ठ मुद्दा : लिखत बदर (१) विवादका जग्गाहरु बण्डा नहुँदै दिने लिने गरी लिखत पारित भएको देखिएकोले बदर हुने । (प्रकरण नं. १०) निवेदक/वादीतर्फबाट : विपक्षी/प्रतिवादीतर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३६।१०।६ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा लिखत बदर मुद्दाको मिसिल झिकी फुलबेञ्च बाट दोहराई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसूफका बिशेष जाहेरी बिभाग मार्फत बक्स भईआएको हुकुम प्रमांगी बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ : २. भाजुमुनिको छोरा न्हुछे र भानीमा न्हुछेको छोरा बीरमान सिंह भन्ने जितनारायण, निजको छोरा नीरमान सिंह भन्ने जितमान सिं, निजको छोरा विपक्षी मध्येको जितलाल र कान्छा भानीको छोरा हंसराज, निजको छोरा हंसकुमार, निजको छोरा म तेजकृष्ण हुँ । अंशबण्डा नभएको र अंश नदिएकोले जितलालका नाउँमा अंश मुद्दामा यस अदालतमा नालेस परेको दायरै छ । अंशबण्डा भई नसकी निज जितलाल र मेरो हकको भ.पु.जि.ठिमी बालकुमारी गा.पं.वडा नं.२ कि.नं.२०५ को रोपनी ।ऽ।। को १ ऐ.पं.ऐन वडा कि.नं.२०६ को रोपनी ३।। को १ ऐ.पं.ऐ.वडा कि.नं.२०८ को रोपनी ।८। को १ समेत जम्मा रोपनी १ऽ।।। विपक्षी जितलालको नाउँमा दर्ता रहेको नाताले रु.५०००।–मा जितलाल दिने विपक्षी पंचनारायणले लिने गरी २०३०।११।१५।३ मा भ.भु.मु.प्र.का.मार्फत रजिष्ट्रेशन पारित गराएछन् । सो कुरा थाहा थिएन, पछि गाउँ घरमा सो कुराको चर्चा चलि भु.पु.भु.प्र.का.मा गई ०३१।४।६।१ मा नक्कल गराई लिई हेराउँदा थाहा र निश्चय भयो । म समेतको बराबर हक भएको जग्गा विपक्षीहरुले परस्पर राजीनामा गरी दिनु लिनु गरेकोले लेनदेन व्यवहारको १० नं.बमोजिम सोही ऐनको म्याद भित्र नालेस गरेको छु । मेरो हक आधि लिनु दिनु गरी राजीनामा पास गरेको बदर गरी पाउँ भन्ने समेत फिराद । ३. वादीले प्रतिवादी मध्येका म जितलालको नाउँमा दिएको अंश मुद्दाको फिराद यसै अ.मा दायर छ । वादीले देखाएको पुर्खा र मेरा पुर्खा बेग्ला बेग्लै भएको र मेरो बाबु बाजे पुस्तावारमा भए नभएका व्यक्ति बुझाई आफुलाई हामीहरुका हकवाला तथा अंशियार समेत भनी झुठ्ठा विवरण पेश गरिएको छ । अंश मुद्दाको प्रतिवादीमा मैले देखाएको पुर्खाबाट उक्त मुद्दा इन्साफ पाउने छु । वादी म जितलालको अंशियार नभएकोले मेरो श्रीसम्पत्ति निजको कुनै हक दावी लाग्ने होइन । अंश नभई एकघर सँग बसेका सदस्य नहुँदा वादीलाई लेनदेन व्यवहारको १० नं.अन्तर्गत सो राजीनामामा मञ्जुरी लिनु पर्ने पनि देखिन्न । बिक्री भएको जग्गा विपक्षीलाई फिर्ता हुनु नपर्ने र लिखत बदर पनि हुन नसक्ने सिद्ध छ । आफ्नो हक पुगेको सम्पत्ति बिक्री गरेको र हक पुग्ने व्यक्तिबाट राजीनामा समेत पारित गराई लिई म पंचनारायणको हक भई सकेको जग्गा हुँदा हक नपुग्ने व्यक्तिबाट भएको दावी फिराद लाग्न सक्दैन