निर्णय नं. १६११ - अंश अपुताली
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १६११ - अंश अपुताली भाग: २४ साल: २०३९ महिना: चैत्र अंक: १२ फैसला मिति :२०३९/१२/०१ २३४९ निर्णय नं. १६११ ने.का.प. २०३९ अङ्क १२ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालका दे.पु.नं. ३०४ फैसला भएको मिति : २०३९।१२।१।३ मा पुनरावेदक वादी : भोजपुर सिद्देश्वर गा.पं. वडा नं.६ मोहरिया, कोहाल गुप्तेश्वर गा.पं.वडा नं.१ वांगदह बस्ने शान्ति प्रधान विरुद्ध विपक्षी प्रतिवादी : ऐ.ऐ.सिद्देश्वर गा.पं.वडा नं.६ बस्ने बिष्णुप्रसाद प्रधान मुद्दा : अंश अपुताली (१) अंशमा दावी गर्न पाउने उमेर पुगेपछि अंश नदिए ऐन बमोजिम उजुर गर्न पाउने भनी फिराद दावी खारेज गर्ने गरी गरेको फैसला परिवर्तन गर्नुपर्ने अवस्था नहुँदा वादी दावी खारेज हुने । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल उल्लिखित मुद्दा : आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. प्रस्तुत मुद्दामा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ (५) (ख) अुनसार पुनरावेदनको अनुमति प्राप्त भई पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसारको छ : २. बाजे हर्कमानको ३ छोरामा मेरा बाबु लक्ष्मीप्रसाद जेठा, माहिला कृष्ण्प्रसाद, कान्छा बिष्णुप्रसाद सबै सगोलमा रहेको बखत बाबु लक्ष्मीप्रसाद २०१८।४।१० गते मरेको, आमा ०२० सालमा पोइला गएको, बाबुतर्फ छोरी एक म मात्र जन्म भएको, माइला बाबुकृष्णप्रसाद ०९ सालमा मरी निजको स्वास्नी केही जायजन्म नभई पोइल गएको, मेरा बाबु र कान्छा बाबु विपक्षीको अंशबण्डाको १ नं.ले २ अंश लाग्ने, बाबुको अंश भाग अपुतालीको २ नं.ले म छोरीले पाउने हुँदा बाबुको अंश दिनुहोस् भनी ०३६।११।२ गते विपक्षीलाई भन्दा दिन्न भनेकोले फिराद गर्न आएको छु । तायदाती लिई दुई अंश कायम गरी मेरा बाबु लक्ष्मीप्रसादको १ अंश भाग छुट्याई अपुतालीको २ नं.बमोजिम दिलाई पाउँ भन्ने समेत शान्ती प्रधानको फिरादपत्र । ३. बाबु हर्कमान र विवाह नभएकी फुपु शिवकुमारीको पनि अंश नभएकाले हर्कमानको भागबाट अंश पाउने मेरी आमा रामकुमारी, वादी म समेत ३ अंशियार छौं । वादी पोइल गएकी आमाको घर गई बसेकी छन् । अंश माग्न आएको होइन । वादीका बाबु अंश लिई भिन्न बसेको भएमात्र अपुताली वादीले पाउने हो । सो नभई सगोलै भएबाट वादीको उमेर नपुगेको हुँदा अंशबण्डा १६ नं.अ.बं.८२ नं.ले खारेज गरी पाउँ भन्ने समेत विष्णुप्रसादको प्रतिउत्तर । ४. अंशबण्डाको १६ नं.ले ३५ बर्ष पुगेपछि अंशमा दावी गर्न पाउने वादीको हक सुरक्षित देखिएकोले बाबुको अंश छुट्याई बाबुको अंश अपुताली दिलाई पाउँ भन्ने वादी दावी खारेज हुने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतको ०३७।२।८।४ को फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी शान्ति प्रधानको पूर्वाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन । ६. सुरु भोजपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३७।८।२२ को फैसला । ७. सो फैसलामा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेकोमा अपुतालीको २ नं.को त्रुटि हुँदा पुनरावेदनको अनुमति दिईएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजनबेञ्चको ०३८।७।२७।५ को आदेश । ८. पुनरावेदिका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले पुनरावेदिकाको बाबुु मरेपछि बाबुको अपुताली छोरीले पाउने अपुतालीक