निर्णय नं. ४४४८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४४८ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१२/११ २४२१ निर्णय नं. ४४४८ ने.का.प. २०४९ (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रि.पु.इ.नं. ४५ आदेश भएको मिति : २०४८।१२।११।३ मा निवेदक/प्रत्यर्थी: का.न.पं. वा.नं. ७ बस्ने चिरन्जिवीप्रसाद रिमाल विरुद्ध विपक्षी/रिट निवेदक: ऐ.ऐ. बस्ने ऋषिराम रिमाल विषय : उत्प्रेषण (१) मोहियानी हकको घर जग्गा एकपटक आफूले छोडपत्र गरी सकेपछि पुनः सोही घर जग्गाको मोहियानी हकमा रिट निवेदकले दावी गर्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था अनुसार पक्की घर सहितको मोहियानी हकको घर जग्गा मोहिले बेचविखन गर्न वा अन्य कुनै किसिमले हक हस्तान्तरण गर्न सक्ने । (प्रकरण नं. १३) निवेदक/प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षीतर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. श्री ५ महाराजाधिराज सरकारको हजूरमा मुद्दा दोहराई पाउँ भनी चढाएको विन्तिपत्रमा व्यहोरा साँचो भए पूर्णइजलासबाट दोहर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ । भनी मौसुफ सरकारका विशेष जाहेरी विभागबाट मिति २०४६।४।२३ मा तोक लागी आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ । २. चावेल गा.पं. वा.नं. ७(ख) कि.नं. ११६ कित्ताकाट भई कि.नं. ३७५ र ३७६ को जम्मा जग्गा रोपनी ०–७–३ को जोताहा मेरो पिताजी गणेशप्रसाद रिमाल हुनु भएको हुँदा उहाँ ०२५ सालमा परलोक हुनु भएकोले मेरो नाउँमा जोत नामसारी गरिपाउँ भन्ने मेरो उजुरी । ३. विपक्षी चिरन्जिवीले पनि साविक कि.नं. १११ र ११६ को जोताहा मेरो दाजु गणेशप्रसाद परलोक भई हकदार छोरा ऋषिरामले मलाई छोडपत्र गरी दिनु भएकोले मेरो नाउँमा जोत कायम गरिपाउँ भन्ने विपक्षी चिरंजिवीप्रसाद रिमालको उजुरी । ४. जग्गावाला बुझिएकोमा ऋषिरामलाई मोही पत्याई बयान समेत गरिदिएकोमा भू.सं. ऐन, २०२१ को दफा २६ को उपदफा (१) अनुसार हकदार छोरा छँदाछँदै भाइ चिरंजीवीप्रसाद रिमालका नाउँमा मोहियानी सर्ने व्यवस्था नभएको र नाउँसारी गरिपाउँ भन्ने छोरा ऋषिराम रिमालले पहिला नै छोडपत्र गरिदिइसकोले छोडपत्र गरी दिइसकेकोले छोडपत्र दिइसकेको कुरामा दावी पुग्न नसक्ने हुँदा यो मुद्दा खारेज हुने ठहर्छ भनी ०४०।२।१५ मा भू.सु.का. काठमाडौंबाट भएको निर्णय भूमिसम्बन्धी ऐनको दफा २६(१) तथा अ.बं. ८२ नं. र अ.बं. १८० नं. को प्रतिकूल हुनुको साथै प्रमाण ऐन, २०३१ को दफा ५४ को समेत विपरीत हुन गएको र संविधानको धारा १०(१), ११(२)(ङ)र धारा १५ ले प्रदत्त हकमा समेत आघात पुग्न गएकोले विपक्षी भू.सु.अ. ज्यूबाट भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गराई कानुन बमोजिम हक प्राप्त व्यक्तिको उजुरीमा कारवाही किनारा गर्नु भनी परमादेशको आदेश जारी गरी संवैधानिक तथा कानुनी हकको प्रचलन कायम गराई पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ । ५. विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि नियम बमोजिम पेश गर्नु भन्ने स.अ. सिंगलबेञ्चको आदेश । ६. रिट निवेदकको दावीका सम्बन्धमा पहिले नै छोडपत्र गरी दिइसकेकोले