निर्णय नं. ४४४९ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४४९ - उत्प्रेषण भाग: ३४ साल: २०४९ महिना: बैशाख अंक: १ फैसला मिति :२०४८/१०/२८ २९१५ निर्णय नं. ४४४९ ने.का.प. २०४९ (क) अङ्क १ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत् २०४६ सालको रि.फु.इ. नम्बर ६८ आदेश भएको मिति : २०४८।१०।२८।३ मा रिटनिवेदक: जि.दाङ मानपुर गा.वि.स. वा.नं. ४ बस्ने घनश्याम बस्नेतसमेत विरुद्ध प्रत्यर्थी : उच्चस्तरीय समिति दाङ, तुल्सीपुरसमेत विषय : उत्प्रेषण (१) पहिले परेको निवेदनमा कारवाही हुँदा खारेज भइसकेको साविक कार्यविधि नै अवलम्बन गर्नु पर्छ भन्न मिल्ने देखिएन, कार्यविधि कानुनले हक अधिकारको सृजना गर्ने नभई कार्यविधि सम्म व्यवस्थित गर्ने भएकोले पहिले परी रहेको निवेदनमा पनि पछि संशोधित कार्यविधि अनुसार कारवाही गर्न मिल्ने । (प्रकरण नं. ९) (२) निवेदन वा उजूरी जुनसुकै बखत परेको भए पनि त्यसमा कार्यवाही हुँदाको अवस्थामा विद्यमान कार्यविधि सम्बन्धि कानूनको प्रकृया नै अपनाउनु पर्ने । (प्रकरण नं. ९) आदेश प्र.न्या.विश्वनाथ उपाध्याय १. नेपालको संविधान अन्तर्गत दर्ता भई निर्णयार्थ यस सर्वोच्च अदालत संयुक्तइजलास समक्ष पेश हुँदा यस्तै विषय समावेश भएको अर्को रिटनिवेदनमा संयुक्तइजलासबाट प्रतिपादित रुलिङसंग सहमत नभएकोले सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(ख) बमोजिम यस पूर्णइजलास समक्ष पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. हामी निवेदकहरुले प्रत्यर्थी महेन्द्रकुमार शर्मा र प्रत्यर्थी शुभाषकुमार शर्माबाट मिति २०४१।६।२६ गतेमा खरिद गरी लिएको दाङ जिल्ला मानपुर गा.पं. वडा नं. ४(ग) कि.नं. ५५४, ५५६, ५६२, ५६७, ५७१, ५७३, ५७५, ५७९, ५८८, ५९२, ५९५, ५९९, ६५९, ६६५, ६७४, ६७५, ६९१, ७०२, ७१४, ७१६, ७२९, ७३५, ७४८, ७५५, ७६९, १, २२, २५, ३०, ३६, ४३, १०३, १०६, ११६, २६१, २७०, २७४, २८६, २८९, २९६, ३११, ३१२, ३१५, ३१६, ३२६, ३२९, ३३२, ५२८, ५३९, ५४१, ५४७, तथा ४० गरी जम्मा ७–१०–१७ विगहा र शभाषकुमार शर्माबाट ऐ.ऐ. को कि.नं. १२२, १२६, १३५, १३७, १४३, १४८, १५७, १६१, १७०, १७९, १८१, १९१, २१३, २२८, २३६, २४१, २४५, २५५, ३४१, ३४४, ३५१, ३६५, ३६६, ३६८, ३७०, ३७२, ३७४, ३९१, ६२०, ६२५, ६४५, ६५१, ६५६, ६७३, ६९७, ७११, ७२६, ७३७, ७४१, ७४४, ७५८ र ७६७ गरी जम्मा ७–७–१९ विगहा जग्गाहरु खरिद गरी आफैं जोत कमोद गरी आएकोमा २०४४ आश्विनमा प्रत्यर्थी मध्ये विजलाल चौधरी आई यो जग्गा छाडी दिनुहोस म मोही हुँ फैसला गराई राखेको छु भनी फैसला देखाएकोले मिति २०४४।७।२५ गतेमा उक्त नक्कल सारी थाहा पाई विपक्षीसंग बारम्बार गई भन्दा केही नभएकोले प्रस्तुत रिटनिवेदन गरेका छौं । ३. विपक्षी विजलाल चौधरीले ठाकुरप्रसाद उपाध्यायलाई विपक्षी बनाई मोही कायमलाई मिति २०३५।१।२२ मा उजुरी दिई मिति २०३७।१२।२ मा बयान गरेका रहेछन् जसमा कुनै पनि जग्गा किटान गरिएको थिएन । तत्पश्चात कित्ता चेक हुने काम भएछ र थुप्रै जग्गा र जग्गाधीहरुको कुरा विवादमा आएको रहेछ । हाम्रो दाताहरुले निज विजलाल मोही नभएको कुरा बयान गरेका रहेछन । मैले जग्गा खरिद गरेपछि मलाई थाहा खबर केही गरेनन् प्रत्यर्थी समितिबाट मिति २०४१।१०।२४ गतेमा फैसला हुँदा विजलाललाई सरजमीनका आधारमा मोही कायम गर्ने निर्णय गरेको निर्णय त्रुटिपूर्ण छ । प्रस्तुत विवाद मिति २०३५।१।२