निर्णय नं. ६१२३ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६१२३ - उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ । भाग: ३८ साल: २०५३ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/११/०३ ५६०४ नि.नं. ६१२३ ने.का.प.२०५३ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ २०५२ सालको रि.पु.इ.नं. ६५ आदेश मितिः- २०५२।११।३।५ विषय: उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ। निवेदकः- का.जि.का.न.पा. वडा नं. ३० बस्ने आशानारायण महर्जन विरुद्ध विपक्षीः- काठमाडौं जिल्ला अदालत । का.जि.का.न.पा. वडा नं. २० बस्ने नानीचा प्रजापती भन्ने नानीमाया महर्जन । म्याद तामेल गर्ने कर्मचारीले सम्बन्धित व्यक्तिलाई चिने जहाँसुकै फेला पारे पनि बुझाउन सक्ने व्यवस्था अनुसार म्याद तामेल गरिएकोमा सो को सम्पूर्ण जिम्मेवारी सम्बन्धित तामेलदारमा हुन जाने र घर डेरा पत्ता लगाई तामेल गरेकोमा सम्बन्धित गा.वि.स. वा नगरपालिकाको प्रतिनिधि र स्थानीय भलादमी समेतमा जिम्मेवारी सर्न जाने अवस्था हुने हुँदा म्याद तामेल गर्ने कर्मचारीले म्याद तामेल गरेको प्रतिवेदन गर्दा समेत कुन प्रकारबाट तामेल गरेको हो सो उल्लेख गर्नु पर्ने । (प्र.नं.११) निवेदकको नाउँमा तामेल भएको म्याद प्रतिबाट निवेदकको नाउँको म्याद तामेलदार आफैंले निवेदकलाई चिनी बुझाएको नदेखिई निजको घर डेरा पत्ता लगाई तामेल गरेको देखिन आएको र यसरी तामेल गरिएकोमा माथि उल्लेख गरिए झैं नगरपालिकाको प्रतिनिधि समेत रोहवरमा राख्नु पर्नेमा सो अनुसार राखेको देखिन नआएकोले निवेदकको नाउँमा काठमाडौं जिल्ला अदालतबाट मिति २०४७।३।१ मा तामेल भएको म्यादलाई रीतपूर्वकको मान्न नमिल्ने । (प्र.नं. १२) म्याद तामेली रीतपूर्वक भए नभएको आफैंले जाँच्न पर्ने व्यवस्था अ.बं. ११० नं. को देहाय (५) ले गरेको देखिएको, सो अनुसार म्याद तामेली रीतपुर्वक भए नभएको जाँच्नु पर्ने कर्तव्य पालना गरेको देखिएन । तसर्थ म्याद तामेल भै आएपछि म्याद तामेली रीतपूर्वकको भए नभएको जाँच गर्नु पर्ने कर्तव्य पालना गर्ने तर्फ यसै आदेशद्वारा काठमाडौं जिल्ला अदालतलाई निर्देशनसम्म जारी गरी दिएको छ । (प्र.नं.१३) आंशिक दावा स्वतन्त्र (Independent) र पृथकीय (Seperable) भएमा सो अंशलाई अलग गरी बदर गराउन मिल्ने हुन्छ । तर अपृथकीय (Inseperable) रुपले एकिभुत भएर रहेको निर्णय फैसला कि सम्पूर्ण रुपले सदर गर्नु पर्ने हुन्छ कि सम्पूर्ण रुपले बदर गर्नु पर्ने हुन्छ । (प्र.नं. १४) लिखत बदर भएपछि लिखत हुनु अघिको पूर्व अवस्थामा फर्कन गई पूर्ववत निवेदकको मोही हक यथावत कायम रहने अवस्था देखिने । (प्र.नं. १४) निवेदक मुख्य प्रतिवादी भएको वा कुनै प्रतिवादै नपरेको भन्ने अवस्था नभएको एक पक्षको मात्र भनाई सुनी एकतर्फी फैसला भएको अवस्था समेत देखिदैन । पुनरावेदन अदालतबाट भएको फैसला बदर गरी पाउँ भन्ने रिट निवेदनमा दावी पनि नभएको यस्तो अवस्थामा रिट जारी भए पनि निवेदकले सार्थक उपचार प्राप्त गर्न सक्ने अवस्था देखिन नआएकोले रिट निवेदन खारेज हुने ठहराएको हदसम्म संयुक्त इजलासको मिति २०५१।१०।२३ को आदेश मिलेकै देखिदा सदर हुने। (प्र.नं. १५) निवेदक तर्फबाटः- विद्वान अधिवक्ता श्री मुक्तिनारायण प्रधान विपक्षीतर्फबाटः- विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेव प्रसाद ढुंगाना अबलम्बित नजीरः- × आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः- यस अदालत संयुक्त इजलासको मिति २०५१।१०।२३ को आदेश अनुसार सर्वोच्च अदालत